Sajhamanch Archive

एमाले अध्यक्ष ओली भेट्न बालकोट पुगे सरकारका प्रवक्ता कार्की

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on एमाले अध्यक्ष ओली भेट्न बालकोट पुगे सरकारका प्रवक्ता कार्की.

काठमाडौं। सत्ता गठबन्धनभित्र अमेरिकी सहयोग परियोजना (एमसीसी) संसद्बाट पारित गर्नेरनगर्ने विषयमा रस्साकस्सी चल्दैगर्दा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचनाप्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रमुख प्रतिपक्ष दलका नेता केपी ओलीसँग भेटघाट गरेका छन्। शनिबार बसेको गठबन्धनको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसीलाई आफू संसद्मा अघि बढाउने मनस्थितिमा रहेको जानकारी गराएका थिए। प्रधानमन्त्री देउवा गठबन्धन फुट्ने अवस्थामा आएपनि एमसीसी अघि […]

सत्ता गठबन्धन जोगिने गरी एमसीसीमा सहमति खोज्दै

Published: (Updated: ) in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on सत्ता गठबन्धन जोगिने गरी एमसीसीमा सहमति खोज्दै.

काठमाडौं– अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी)सँगको अनुदान सम्झौताको विषयलाई लिएर फेरि राजनीतिक रस्साकस्सी सुरु भएको छ। अमेरिकी अधिकारीहरुले फेब्रुअरी १ तारिख (माघ १८ गते)सम्म सम्झौता संसद्‌बाट पारित गराउन दबाब दिएका सत्तारुढ गठबन्धनकै नेताहरुले बताउँदै आएका छन्। शनिबार साँझ बसेको सत्तारुढ गठबन्धनको बैठकमा एमसीसी परियोजनाको विषयमा छलफल भएको थियो। उक्त बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले […]

एमसीसी पास गर्न गठबन्धनलाई पेलेरै जाने रणनीतिमा प्रधानमन्त्री देउवा, विवादमा लाभ खोज्दै ओली

Published: in मिडियाबाट साभार, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on एमसीसी पास गर्न गठबन्धनलाई पेलेरै जाने रणनीतिमा प्रधानमन्त्री देउवा, विवादमा लाभ खोज्दै ओली.

काठमाडौं- संसद्‌मा प्रतिनिधित्व गर्ने दलहरुबीच सहमति हुन नसक्दा मंगलबारको प्रतिनिधिसभा बैठकमा अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौता पेश भएन। आइतबार सत्ता गठबन्धन र सर्वदलीय बैठकमा एमसीसीका विषयमा सहमति हुन नसकेपछि मंगलबारको प्रतिनिधिसभाको दशौं अधिवेशनको दोस्रो बैठकमा एमसीसी टेबुल नभएको हो। एमालेको अवरोध र सत्ता साझेदारहरुकै विमतिका बीच सरकारले चाहेर पनि एमसीसी अघि बढाउन सकेको छैन। सन् […]

सत्ता गठबन्धनमा सहमति गरेर मात्रै एमसीसी संसदमा लाने

Published: (Updated: ) in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on सत्ता गठबन्धनमा सहमति गरेर मात्रै एमसीसी संसदमा लाने.

काठमाडौ, अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सत्तारुढ दलहरुबीच सहमति पछि मात्रै संसदमा लगिने भएको छ। आइतबार बसेको सर्वदलीय बैठकमा सत्ता गठबन्धनबीच समझदारी बनेपछि मात्र एमसीसी संसदमा टेबुल गरिने सहमति भएको बैठकमा सहभागी एक नेताले जानकारी दिए। यसअघि आजै बसेको सत्तारुढ पाँच दलको बैठकले पनि गठबन्धनका दलबीच सहमति भएपछि मात्रै एमसीसी संसदमा पेश गर्ने समझदारी […]

माओवादीको राष्ट्रिय सम्मेलन अगाडि एमसीसी संसदमा नलगिने

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on माओवादीको राष्ट्रिय सम्मेलन अगाडि एमसीसी संसदमा नलगिने.

काठमाडौ, सत्ता साझेदार नेकपा माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन अगाडि अमेरिकी आर्थिक सहयोग परियोजना, मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) अघि नबढ्ने भएको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय सम्मेलनअघि एमसीसी अघि नबढाउने सहमति जनाएको माओवादी केन्द्रका एक नेताले दाबी गरेका छन्। माओवादीको राष्ट्रिय सम्मेलन पुस ११ देखि १३ सम्म काठमाडौंमा हुँदैछ। प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल […]

गठबन्धन जोगाउने कि एमसीसी पास गर्ने ? समस्यामा माओवादी–एकीकृत समाजवादी

Published: in अर्थतन्त्र, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on गठबन्धन जोगाउने कि एमसीसी पास गर्ने ? समस्यामा माओवादी–एकीकृत समाजवादी.

काठमाडौ, अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) कम्प्याक्ट सम्झौता अनुमोदन गर्ने–नगर्ने विषय सत्तारुढ माओवादी केन्द्र र एकीकृत समाजवादीका लागि निकै पेचिलो बन्न पुगेको छ। यी दुई दल संशोधन गरेरमात्र एमसीसी पारित गर्ने पक्षमा रहे पनि अमेरिका संशोधनका लागि तयार नभइदिँदा यो विषय उनीहरुका लागि पेचिलो बन्न पुगेको हो। यी दुई दलमा रहेका नेताहरुको विरोधका […]

साढे तीन महिनामा अनुमोदन नभए एमसीसी खारेज

Published: in अर्थतन्त्र, मुख्य समाचार, विश्व समाचार, by . Leave a Comment on साढे तीन महिनामा अनुमोदन नभए एमसीसी खारेज.

काठमाडौ, संयुक्त राज्य अमेरिकाले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) कम्प्याक्ट सम्झौता नेपालको संसदबाट अनुमोदनका लागि अझै साढे तीन महिना पर्खने भएको छ। यदि मार्च महिना (चैत १७ गते) भित्र पनि संसदले एमसीसी अनुमोदन नगरे ५० करोड अमेरिकी डलरको अनुदान सहयोग फिर्ता लैजानेबारे ठोस निर्णय लिने मनस्थितिमा अमेरिकाको स्टेट डिपार्टमेन्ट पुगेको परराष्ट्र मन्त्रालयका एक अधिकारीले बताए। ‘मार्चसम्म […]