Sajhamanch Archive

स्थानीय सरकारसँग समन्वय नहुँदा लक्ष्यअनुसार खोप लगाउन सकिएन

Published: (Updated: ) in प्रदेश तह, मुख्य समाचार, राष्ट्रिय समाचार, स्वास्थ्य, by . Leave a Comment on स्थानीय सरकारसँग समन्वय नहुँदा लक्ष्यअनुसार खोप लगाउन सकिएन.

काठमाडौं, सरकारले गत सोमबार पाँच लाख ६८ हजार ३१९ जनालाई कोरोनाविरुद्धको खोप लगाउँदा प्रधानमन्त्री शेरबहादुर देउवाले बढी खोप लगाएकोमा बधाई दिएका थिए । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सोही दिन उत्साहित हुँदै सूचना निकाली १५ दिनसम्म हरेक दिन पाँच लाख जनालाई कोरोनाविरुद्धको खोप लगाउने लक्ष्य सार्वजनिक गरेको थियो । सरकारले पुसभित्र ६६ प्रतिशत जनसङ्ख्यालाई खोप लगाउनलाई उक्त […]

पुस ४ देखि सत्र लाख बालबालिकालाई खोप

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, स्वास्थ्य, by . Leave a Comment on पुस ४ देखि सत्र लाख बालबालिकालाई खोप.

काठमाडौँ, बालबालिकालाई लक्षित गरी यही पुस ४ देखि कोरोनाविरुद्धको खोप अभियान सुरु हुँदैछ । पहिलो चरणमा ५७ जिल्लाका १७ लाख बालबालिकालाई लक्षित गरी खोप अभियान सुुरु गर्न लागिएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले त्यसका लागि सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको छ । नेपालमा १२ देखि १८ वर्ष उमेर समूहका ३४ लाख बालबालिकालाई खोप लगाउने सरकारको लक्ष्य […]

२४ घण्टामा ३ लाख बढीले लगाए कोरोनाविरुद्धको खोप

Published: in प्रदेश तह, राष्ट्रिय समाचार, स्वास्थ्य, by . Leave a Comment on २४ घण्टामा ३ लाख बढीले लगाए कोरोनाविरुद्धको खोप.

काठमाडौं, पछिल्लो २४ घण्टमा तीन लाख बढीलाई कोरोनाविरुद्धको खोप लगाएका छन् । स्वास्थ्य तथा जनासङ्ख्या मन्त्रालयले २४ घण्टामा तीन लाख ३७ हजार १७२ जनाले कोरोनाविरुद्धको खोप लगाएको जनाएको छ । यद्यपी, सरकारले दैनिक दुई लाख जनालाई कोरोनाविरुद्धको खोप लगाउने लक्ष्य लिएको छ । त्यस्तै बुधबार दुई लाख ८३ हजार १३२ जानाले खोप लगाएका थिए भने […]