काभ्रे, नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले मुलुकको विकास र आमनागरिकको जीवनस्तर सुधारका लागि पाँच वर्ष काँग्रेसले नेतृत्व लिनुपर्ने बताएका छन् । नेपाली काँग्रेस बनेपा नगर समितिद्वारा बुधबार आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले मुलुकको अवस्था परिवर्तन गर्न काँग्रेस आवश्यक रहेको बताए । महामन्त्री थापाले वैदेशिक रोजगारीका लागि ठूलो सङ्ख्यामा नेपाली विदेशिएको बताउँदै त्यसको अन्त्य […]
चितवन, नेपाली कांँग्रेसका महामन्त्री गगनकुमार थापाले सरकारले ल्याएको प्रस्तावका विपक्षमा मतदान गर्नेसँग सरकारमासँगै बस्न नसकिने बताएका छन् । मंगलबार पत्रकारसँग कुराकानी गर्दै उनले सरकारमा सहभागी भइ सरकारकै प्रस्तावका विपक्षमा मतदान गर्नु अनैतिक र अव्यवहारिक भएको जिकिर गरे । सरकारमा बसेर सरकारको प्रस्तावको विरुद्धमा मतदान गरिसकेपछि हामी यो विषयका सन्दर्भमा फरक ठाउँमा मतदान गर्छौ’, उनले भने, […]
काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले निर्वाचनबारे कुनै पनि निर्णय गर्दा स्थानीय तह रिक्त हुन पुग्छ भने त्यो असंवैधानिक हुने बताएका छन्। स्थानीय तहको निर्वाचनभन्दा पहिले प्रतिनिधिसभाको निर्वाचन गर्ने चर्चा चलिरहँदा महामन्त्री थापाको यस्तो टिप्पणी आएको हो। थापाले बिहीबार दिउँसो ट्विट गर्दै भनेका छन्, ‘हामीले बनाएको संविधानले स्थानीय तहमा जनप्रतिनिधिको रिक्तताको कल्पना नै गरेको छैन। […]
गोरखा, नेपाली कांँग्रेसका महामन्त्री गगनकुमार थापाले अब पार्टीका कार्यकर्ताले रुखमा मात्रै भोट हाल्ने बताएका छन्। अघिल्लो निर्वाचनमा कांँग्रेसको समेत सहयोगमा तात्कालीन नयाँ शक्ति पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले चुनाव जितेको सन्दर्भमा थापाले यसो भनेका हुन्। कांँग्रेस गोरखाको नेतृत्व विकास प्रशिक्षण कार्यक्रममा बोल्दै महामन्त्री थापाले भट्टराईप्रति लक्षित गर्दै यसो भनेका हुन। केन्द्रमा बाबुराम अध्यक्ष रहेको जनता […]