झापाका १५ वटै पालिकामा स्थानीय तह निर्वाचन २०७९ बाट निर्वाचित जनप्रतिनिधिहरुको टुंगो लाग्यो । सबै ८ वटै नगरपालिकामा प्रमुख–उपप्रमुख र ७ वटै गाउँपालिकामा अध्यक्ष–उपाध्यक्ष सहित १३१ वडामा जनप्रतिनिधिहरु बहाल भएका छन् । सबै नवनिर्वाचित जनप्रतिनिधिहरुलाई मनैबाट हार्दिक बधाई ज्ञापन गर्दछु । आदरणीय पालिकाका नवनिर्वाचित जनप्रतिनिधिज्यूहरु, हाम्रो जिल्लाका स्थानीय सरकारहरु, तपाईंको पालिकामा अतिआवश्यक साधन दमकल छ […]
झापा । पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले नेपालमा धेरै भ्रष्टाचार भयो भन्नेमा आफू सहमत नभएको जिकिर गरेका छन् । भ्रष्टाचार मुलुकको पहिलो समस्या नभएर हाम्रो सोच र व्यवहार रुपान्तरित भएमा यसको मात्रा स्वतहः घट्ने उनले सुनाए । ६५औं राष्ट्रिय सहकारी दिवसको अवसरमा झापा जिल्ला सहकारी संघले आयोजना गरेको दुई दिवसीय ‘झापा को–अपरेटिभ सम्मेलन–२०७८’मा आफ्नो कार्यपत्र प्रस्तुत […]
झापा । नेकपा एमालेको १०औं महाधिवेशनका लागि भोलि कात्तिक २७ गते प्रतिनिधि चयनको तालिका छ । जसका लागि हरेक संघीय निर्वाचन क्षेत्रलाई आधार बनाएर पार्टी सदस्य संख्याको अनुपातमा महाधिवेशन प्रतिनिधि छनौट गरिँदैछ । महिलाको सहभागिता ३३ प्रतिशतलाई अनिवार्य गरेर सबै निर्वाचन क्षेत्रबाट लचकताका साथ सहमतीय प्रयास भइरहेको र धेरै ठाउँमा सर्वसम्मत हुने नेकपा एमालेका केन्द्रीय […]
झापा । घटना असारतिरको हो । झापाको शिवसताक्षीमा बसोबास गर्ने मौरीपालक किसानका ३०० घारभन्दा बढी मौरी पहिचान गर्न नसकिएको रोग लागेर मरेका थिए । बजार भाउ अनुसार प्रतिघार १५ हजार रुपैयाँमा किनबेच हुने मौरीगोला नष्ट हुँदा किसानलाई ४५ लाख रुपैयाँभन्दा बढी क्षति पुगेको प्रष्ट छ । अप्रत्याशित यति ठूलो क्षति भएको बारेमा तीनै तहका सरकार […]
पछिल्लो समय नेपालमा व्यक्तिका निजी जीवनमा आधारित विषयहरु सामाजिक सञ्जाल विशेषगरी युट्युवमा प्रवाह गर्ने कार्यले तीब्रता पाएको छ । युट्युवमा प्रेम जीवन, विछोड, आत्महत्या अनि यौनसँग जोडिएका सामग्रीहरु बग्रेल्ती पोष्ट गरेको पाइन्छ । ‘पत्रकार’को परिचय दिँदै समाजका विभिन्न पक्षसँग पुगेर तिनका निजी जीवनका अनेकन पाटोहरु खोतलेर युट्युवमा भिडियो अपलोड गर्दा सयौंको घर परिवारमा बिखण्डन आइरहेकोमा […]
बिर्तामोडका पुराना बासिन्दा ‘हाजिराबाजे’ भनेर चिनिने स्वर्गीय दिलनाथ घिमिरेकी पत्नी केशरदेवी घिमिरेको २०७८ भदौ २६ राति १२ः२० बजे निधन भएको छ । बुवाको नामबाट परिचित घिमिरे परिवारका सबैजसो सदस्यले सामाजिक क्षेत्रमा विभिन्न जिम्मेवारी सम्हालेपछि सिङ्गो परिवार सुपरिचित बनेको हो । त्यही परिवारको एउटा ‘दिप’ घरको मूल अभिभावक आमा केशरदेवीको गएको शनिबार राति निधन भएपछि उक्त परिवारसहित […]
झापा । वित्तीय कारोबार गर्ने संस्थाहरुको मूल्याङ्कनको मापक ‘अर्ब क्लब’मा झापाका नौवटा सहकारी संस्थाहरु परेको पाइएको छ । बैंकमा जस्तै वित्तीय कारोबारका लागि सहकारीमा अहिले धेरैको आकर्षण बढेको कारण यिनीहरुको कारोबारमा ग्रोथ भइरहेको हो । कारोबारमा सहजता, छिटो छरितो सेवा, सदस्य केन्द्रित लगानी लगायत विविध कारणले सहकारीहरुमा कारोबार बढ्दै गइरहेको पाइन्छ । यही विशेषताका कारण […]
मुलुक संघीय संरचनामा रुपान्तरित भएपछि सातवटा प्रदेशमा विभाजन गरी जनतालाई सेवा प्रवाह गरिँदैछ । संविधानसभाबाट बनाइएको संविधान कार्यान्वयन गर्दै मुलुकमा तीन तहको सरकार क्रियाशील छन्– स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकार । यी तीन मध्ये प्रदेश सरकारको मुख्य काम माथि र तलका दुईवटा तहको सरकारको काममा समन्वय स्थापित गर्ने रहेको छ । यही समन्वयकारी […]
डेढवर्ष अघि चीनको बुहानबाट पहिचान गरिएको कोरोना भाइरसको संक्रमण विश्वभर फैलिएर महामारीको रुप लिएको छ । कोभिड–१९ नाम दिइएको यो भाइरसले अहिले पूरै विश्वलाई आक्रान्त पनि बनाएको छ । हरेक मानिस कोभिड संक्रमणको उत्तिकै जोखिममा छन् । अझ हामीजस्तो ‘फ्रन्टलाइनर’ जोखिमको उच्च सूचीमा रहेका छौं । यस सम्बन्धी पूर्ण सचेत भएर सावधानी अपनाउँदा अपनाउँदै आफू […]
झापा । कोभिड–१९ को दोस्रो लहर चलिरहँदा झापाका स्थानीय तहहरुले नागरिकको जिउज्यान बचाउन आफ्ना आफ्नै तरिकाले काम गरेका छन् । कोरोना संक्रमितहरुको संंख्या दिनदिनै बढ्न थालेपछि गतवर्ष स्थापित आइसोलेशन सेन्टरहरु पुनः प्रयोगमा ल्याउनेदेखि प्राणवायु अक्सिजन सिलिण्डरको जोहो गर्नेसम्मको अभ्यास गरेको पाइन्छ । कतिपय पालिका तथा वडाका जनप्रतिनिधिहरुले विपन्नको चुल्हो बले नबलेको पनि खाजीनीति गरी खाद्यान्न […]