दाङ, दाङमा भारतीय जन्ती सबार जिप पल्टिँदा २२ जना घाइते भएका छन्। घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय दाङका अनुसार घाइते सबैको लमहीमा उपचार भइरहेको छ। भारतको उत्तर प्रदेशको शङ्करपुरबाट दाङको राजपुर खरदरियामा बेहुली लिन आउँदै गरेको जीप शुक्रबार राति गढवा गाउँपालिका–५ चिसापानीमा दुर्घटनामा परेको हो।
ओखलढुंगा, ओखलढुंगामा जीप दुर्घटना हुँदा तीनजनाको घटनास्थलमै मृत्यु भएको छ । सिद्धिचरण नगरपालिका-३ नारायणस्थानमा आइतबार बिहान बोलेरो जीप दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको हो । मानेभन्ज्याङ गाउँपालिका-१ मोलीदेखि ओखलढुंगा सदरमुकामतर्फ आइरहेको को १ ज ३५६९ नम्बरको ६ जना यात्रु सवार बोलेरो जीपमा बाटो माथिबाट ढुंगा खसेर लागेको हो । जीपमा सवारमध्ये सिद्धिचरण नगरपालिका-१ तलुवाका १० […]
तनहूँ, तनहूँको बन्दीपुर गाउँपालिका–६ धरमपानी हटिया भएको दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या ६ पुगेको छ । बन्दीपुर अस्पतालका अनुसार ज्यान गुमाउनेमा ९ महिने बालिका आरुबी थापा, २४ वर्षीय रोशन गुरुङ, ४२ वर्षीया सुशीलादेवी न्यौपाने, ५३ वर्षीय हरिबहादुर न्यौपाने, ७६ वर्षीया भीममाया गुरुङ र ४३ वर्षीय सुकबहादुर गुरुङ रहेका छन् । वीममाया र सुकबहादुरको अस्पताल ल्याउँदै गर्दा […]