Sajhamanch Archive

शर्मा र सिटौलाको उम्मेदवारीले झापा काँग्रेसमा उत्साह

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on शर्मा र सिटौलाको उम्मेदवारीले झापा काँग्रेसमा उत्साह.

झापा । नेपाली काँग्रेसको राजनीतिमा झापाबाट प्रभाव जमाइरहेका महामन्त्री विश्वप्रकाश शर्मा र पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाले प्रत्यक्ष निर्वाचनका लागि झापाबाट उम्मेदवारी दिने निश्चित भएपछि कार्यकर्ताहरू उत्साहित भएका छन् । काँग्रेस महामन्त्री शर्माले झापा क्षेत्र नम्वर १ बाट तथा पूर्व महामन्त्री सिटौलाले क्षेत्र नम्बर ३ बाट उम्मेदवारी दिने निश्चित भएपछि काँग्रेस कार्यकर्तामा उत्साह बढेको हो । […]

बोयर बाख्रामार्फत समृद्धि जोड्दै हल्दिबारीका खेमराज

Published: in अर्थतन्त्र, लोकप्रिय, समाज, by . Leave a Comment on बोयर बाख्रामार्फत समृद्धि जोड्दै हल्दिबारीका खेमराज.

भद्रपुर । नेपाली समाजले कृषि र पशुपालन व्यवसायलाई उन्नत कार्यका रूपमा हेर्दैन । यी दुई व्यवसाय नै देशका समृद्धि हुन् भन्ने नबुझ्ने हाम्रो समाजमा कृषि र पशुपालनको माध्यमबाट समृद्धिको यात्रा तय गर्न सकिन्छ भन्ने हिम्मत कमैले लिएका हुन्छन् । शरीरमा बल र मस्तिकमा बुद्धि पसेपछि अधिकांश नेपाली युवा सुनौलो भविष्यको खोजीका लागि परदेशको माटोमा दौडन्छन् […]

भद्रपुरस्थित मेची घाटमा छठपूजाको तयारी भव्य

Published: in प्रदेश तह, मुख्य समाचार, समाज, by . Leave a Comment on भद्रपुरस्थित मेची घाटमा छठपूजाको तयारी भव्य.

भद्रपुर । प्रदेश १ को सर्वाधिक सहभागिता रहने छठपूजा स्थल भद्रपुरस्थित मेची नदीमा यो वर्ष भव्यरूपमा छठपूजा गरिने तयारी भएको छ । मिथिलाञ्चलबासीको महत्वपूर्ण पर्व मानिए पनि भद्रपुरको मेची किनारमा हिमाली, पहाडी, मारवाडी, बंगाली लगायत सम्पूर्ण जातजातिको साझा प्रतिनिधित्व हुनेगरी समावेशीरूपमा छठपूजा गरिने भएको हो । नेपाल–भारतको सिमावर्ती क्षेत्रमा पर्ने झापाको भद्रपुरस्थित मेची नदीमा छठपूजाका लागि […]

दक्षिणी झापाका पालिका समितिमा सिटौला निकट कार्यकर्ता बीच नै प्रतिष्पर्धा !

Published: in मुख्य समाचार, राजनीति, स्थानीय तह, by . Leave a Comment on दक्षिणी झापाका पालिका समितिमा सिटौला निकट कार्यकर्ता बीच नै प्रतिष्पर्धा !.

भद्रपुर । नेपाली कांग्रेसको १४औं महाधिवेशनका लागि भद्रपुर कांग्रेसको नेतृत्व गर्न नेता कृष्णप्रसाद सिटौला निकटका ८ जनाले सभापतिको दावेदारी प्रस्तुत गरेपछि भद्रपुर नगर समितिको निर्वाचन रोचक मोडमा हुने देखिएको छ । नगर समितिको नेतृत्वका लागि जिल्ला सदस्य तोया गड्तौला, उपसभापति ज्ञानबहादुर चौहान, सचिव राम कँडेल, महिला नेतृ शर्मिला अधिकारी अग्रसर भएका छन् । उनीहरु जस्तै […]

स्रोत अभावमा हाम्रो बाह्रदशी अपाङ्गता अभियानको निर्माणाधिन भवन जीर्ण बन्दै

Published: in मुख्य समाचार, समाज, स्थानीय तह, by . Leave a Comment on स्रोत अभावमा हाम्रो बाह्रदशी अपाङ्गता अभियानको निर्माणाधिन भवन जीर्ण बन्दै.

बाह्रदशी । एक दशक अघि निर्माण थालनी भएर आधा काम पछि अलपत्र परेको बाह्रदशी ६ स्थित हाम्रो बाह्रदशी अपाङ्गता अभियानको सामुदायिक भवन आर्थिक स्रोतको अभावले निर्माण अलपत्र बन्दा जीर्ण बन्दै गएको अवस्थामा पाइएको छ । २०६८ सालबाट निर्माण थालिएको सो भवन आवश्यक रकम जुटाउन नसकेपछि आधा काममा अलपत्र परेको हो । बाह्रदशी गाउँपालिका क्षेत्रका ५०० […]

राजवंशी विकास समाज कचनकवलको भवन निर्माण अधुरै, लेखा कार्यालयबाट १ करोड निकासा हुँदा ठेकदारले पाए ४३ लाख, ५७ लाख गायव !

Published: in प्रदेश तह, मुख्य समाचार, राष्ट्रिय समाचार, लोकप्रिय, समाज, by . Leave a Comment on राजवंशी विकास समाज कचनकवलको भवन निर्माण अधुरै, लेखा कार्यालयबाट १ करोड निकासा हुँदा ठेकदारले पाए ४३ लाख, ५७ लाख गायव !.

कचनकवल । प्रदेश १ सरकारबाट एक करोड रुपैयाँ भुक्तानी लिएर कचनकवल गाउँपालिकाले राजवंशी समाज विकास समितिको भवन निर्माणका लागि निर्माण कम्पनीलाई ४३ लाख रुपैयाँमात्र मात्र भुक्तानी दिएको रहस्योद्घाटन भएको छ । प्रदेश १ लेखा इकाई कार्यालय झापाको विवरण अनुसार गत आर्थिक वर्षमा गाउँपालिकाले भवन निर्माण वापत तीन किस्ता गरी असार मसान्तसम्ममा एक करोड रकम निकासा […]

मेची अभियानद्वारा बेसाहारा बिरामीको उपचार सेवा सुरु

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, स्वास्थ्य, by . Leave a Comment on मेची अभियानद्वारा बेसाहारा बिरामीको उपचार सेवा सुरु.

भद्रपुर । झापाको भद्रपुर १० का ४६ वर्षीय रामलाल राजवंशी दुई वर्षयता मुटु रोगबाट पीडित छन् । सामान्य मजदुरी गरेर परिवार धान्नु पर्ने जिम्मेवारी भएका उनी रोगले थलिएर ओछ्यान परेका छन् । श्रीमतीले जनमन गरेर ल्याएको ज्यालाले दुई छोरासहित परिवार जसोतसो चलिरहेको छ । तर रकम अभावले पहिल्लो पटक २०७७ माघयता स्वास्थ्य उपचारका लागि विशेषज्ञ […]

भद्रपुर कोरोना अस्पतालका विरामीको चित्कारः खाना नपाइ मर्ने भइयो

Published: in मुख्य समाचार, समाज, स्वास्थ्य, by . Leave a Comment on भद्रपुर कोरोना अस्पतालका विरामीको चित्कारः खाना नपाइ मर्ने भइयो.

भद्रपुर । भद्रपुरस्थित कोरोना विशेष अस्पतालमा उपचाररत बिरामीहरूले आवश्यकता अनुसार समयमा खाना खान नपाएको गुनासो गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमा गुनासो समेटिएको भिडियो राख्दै बिरामीहरुले रोगबाटभन्दा भोकबाट मर्ने अवस्था आएकोले ज्यान बचाइदिन अपील गरेका हुन् । रोगसित लड्न अतिआवश्यक र पोषिलो खानपानमा व्यवस्थापकीय कामजोरीले समयमा पाउन नसकिएको भिडियोमा गुनासो छ । अस्पतालमा उपचाररत बिरामीले […]

आज रातिदेखि जेठ ७ गतेसम्म झापामा कडा प्रकृतिको निषेधाज्ञा ! कसले के गर्न पाउँछ, के पाउँदैन ? (आदेशसहित)

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, स्वास्थ्य, by . Leave a Comment on आज रातिदेखि जेठ ७ गतेसम्म झापामा कडा प्रकृतिको निषेधाज्ञा ! कसले के गर्न पाउँछ, के पाउँदैन ? (आदेशसहित).

भद्रपुर । कोभिड–१९ (कोरोना भाइरस) संक्रमणका विरामीको संख्या उच्च गतिमा बढिरहेको ठहर गर्दै झापामा आज राति १२ बजेपछि एक हप्ताका लागि पूर्ण निषेधाज्ञा थप गरिएको छ । दोस्रो लहर अन्र्तगत झापाभित्र समुदायस्तरमा कोरोना संक्रमण तीब्र गतिमा फैलिने क्रम नरोकिएपछि नियन्त्रणको प्रयास स्वरूप जिल्ला प्रशासन कार्यालय झापाले निषेधाज्ञाको अवधि बढाएको हो । जेठ १ गतेबाट लागू […]

कोरोना पीडितको गुनासोः पहुँच नपु-याई अस्पतालमा भर्ना हुन समेत पाइदैन

Published: (Updated: ) in मुख्य समाचार, विविधा, विविधा, समाज, स्वास्थ्य, by . Leave a Comment on कोरोना पीडितको गुनासोः पहुँच नपु-याई अस्पतालमा भर्ना हुन समेत पाइदैन.

भद्रपुर । कोरोना संक्रमितका लागि उपचार गर्ने झापाको एक मात्र सरकारी स्वामित्वको अस्पताल मेचीमा सहजै विरामीले उपचार सेवाका लागि प्रवेश गर्न नसक्ने गरेको गुनासो आउन थालेको छ । कोरोना संक्रमण भए पनि सामान्य अवस्थामा विरामी अस्पताल जान चाँहदैनन् तर स्वास्थ्य जटिलता देखिएपछि बाँच्ने आशमा अस्पताल पुग्न चाहने विरामीले अस्पतालमा भर्ना हुन निकै ठूलो पहुँच लगाउनु […]