Sajhamanch Archive

रहस्य मै हराउँछन् अपराधका घटना

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज, by . Leave a Comment on रहस्य मै हराउँछन् अपराधका घटना.

भद्रपुर । झापा प्रहरी अपराध नियन्त्रणमा तल्लिन रहेको बताइरहँदा गम्भीर अपराधका घटना रहस्यमै हराउने गरेको पाइएको छ । सर्वाधिक जनसरोकार र चासोका विषय बनेका अधिकांश अपराधका घटना निस्कर्षमा नपुगी बीचमै हराउने गर्दा रहस्यमै हराउने प्रबृत्ति बढेको हो । ०७५ माघ ११ गते राती झापाको भद्रपुर ९ स्थित मनषा सिमेन्ट उद्योगका व्यवस्थापक भारतीय नागरिक कमल दुगडलाई […]

झापामा धान सुपरजोन सफल, बजारीकरणको समस्या

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, by . Leave a Comment on झापामा धान सुपरजोन सफल, बजारीकरणको समस्या.

भद्रपुर । झापामा धान सुपरजोन मार्फत कृषिमा आधुनिकीकरण गर्दै यान्त्रिकीकरणको सफल प्रयोग गरेपछि व्यवसायिक धान खेती शतप्रतिशत बढेको छ । तर अबैध रूपमा भारतबाट भित्रिने धानका कारण नेपाली किसानको उत्पादन झापाली धानले मूल्य नपाउँदा समस्यामाको चाङ थुपरिन पुगेको छ । नेपाली कृषि उपज सरकारले नकिन्ने र व्यापारीले भाउ नदिएपछि सुपरजोन क्षेत्रका किसानले फलाएको धानले मूल्य […]

मेची अञ्चल अस्पतालको उपचार सेवा विरामी मैत्री बन्न सकेन

Published: in राष्ट्रिय समाचार, स्वास्थ्य, by . Leave a Comment on मेची अञ्चल अस्पतालको उपचार सेवा विरामी मैत्री बन्न सकेन.

भद्रपुर । जिम्मेवारी बोधको अभावले मेची अञ्चल अस्पताको उपचार सेवा विरामी मैत्री बन्न नसक्दा निजी अस्पताल धाउने बाध्यता बढ्न थालेको छ । अस्पतालमा उपचार गर्न आउने बिरामीहरूले डाक्टर तथा कर्मचारीको विभिन्न बाहनाले सास्ती भोग्नु पर्ने अवस्थाले गर्दा सरकारी अस्पतालको अविश्वास बढी निजी अस्पताल धाउनु पर्ने बाध्यता बढेको हो । अस्पतालमा जिम्मेवारी लिएका अधिकांश डाक्टरहरू दिउँसो […]

झापाका दुई कर्मचारी अख्तियारको नियन्त्रणमा

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, by . Leave a Comment on झापाका दुई कर्मचारी अख्तियारको नियन्त्रणमा.

भद्रपुर । सीप विकास कार्यालय भद्रपुरबाट ३५ हजार घुस रकमसहित दुईजना कर्मचारी आज पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रीय कार्यालय इटहरीको टोलीले सेवाग्राहीबाट लिएको ३५ हजार घुस रकमसहित कार्यालय प्रमुख सुमेन्द्र मण्डल र नायब सुब्बा राजकुमार धिमाललाई कार्यकक्षबाटै पक्राउ गरेको हो । अख्तियारबाट खटिएका प्रहरी निरीक्षक राजन कार्कीको टोलीले कार्यालय प्रमुख मण्डल […]

कचनकवल नागरिकता काण्डः लिन खोज्ने जेल गए, बाबु बन्ने धरौटीमा छुटे

Published: (Updated: ) in मुख्य समाचार, राजनीति, समाज, स्थानीय तह, by . Leave a Comment on कचनकवल नागरिकता काण्डः लिन खोज्ने जेल गए, बाबु बन्ने धरौटीमा छुटे.

भद्रपुर । नक्कली बावु बनेर वंशजको आधारमा भारतीयलाई नागरिकता दिलाउन प्रशासन कार्यालय आएको घटनामा पक्राउ परेका भारतीय नागरिक ३५ वर्षीय भूपाल गुरुङलाई झापा जिल्ला अदालतले पुर्पक्षका लागि झापा कारागार चलान गरेको छ । भारतीय नागरिकलाई जेठो छोरा भन्दै नागरिकता दिलाउन खोज्ने क्रममा पक्राउ परेका कचनकवल गाउँपालिका २ का बमबहादुर गुरुङ चाहिँ धरौटी बुझाएर तारिखमा छुटेका […]

झापालाई मदिरा नियन्त्रण घोषणा अभियान, कमाई खाने भाँडो बन्दै

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, by . Leave a Comment on झापालाई मदिरा नियन्त्रण घोषणा अभियान, कमाई खाने भाँडो बन्दै.

भद्रपुर । झापालाई मदिरा नियन्त्रित जिल्ला घोषणा अभियान कागजमा फष्टाए पनि व्यवहारमा प्रहरी प्रशासनका चंखे चतुरेलाई कमाइखाने गतिलो भाँडो बन्दै गएको छ । जिल्ला प्रशासन कार्यालय झापाको नेतृत्व तथा जिल्ला प्रहरी कार्यालय झापाको संयोजनमा १५ वटै स्थानीय तहका जनप्रतिनिधिले मदिराजन्य पदार्थ नियन्त्रित जिल्लाको रूपमा घोषणा गर्न गत वर्ष कात्तिक ७ गते झापाको कनकाइ नगरपालिकामा १२ […]

भद्रपुर नगर कार्यपालिकाको कार्यशैलीप्रति वडाध्यक्षहरु नै असन्तुष्ट

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, स्थानीय तह, by . Leave a Comment on भद्रपुर नगर कार्यपालिकाको कार्यशैलीप्रति वडाध्यक्षहरु नै असन्तुष्ट.

भद्रपुर । भद्रपुर नगरपालिकाको वार्षिक नीति तथा कार्यक्रम बनाउँदा नगर नेतृत्वले कार्यपालिका सदस्यका रूपमा रहने वडाध्यक्षलाई जानकारी नै नदिएको पाइएको छ । आर्थिक वर्ष २०७६।७७ का लागि वार्षिक योजना तर्जुमा सम्बन्धी मार्गदर्शन बनाउँदा नगरप्रमुख र प्रमुख प्रशासकीय अधिकृतले एकलौटी तरिकाले तयार गरेको पनि आरोप लागेको छ । नगरको सन्तुलित विकासमा झारा टार्ने काम मार्गदर्शनमार्फत गरिएको […]

नागरिकता काण्डले कचनकवल वडा नं. २ ठप्प

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, स्थानीय तह, by . Leave a Comment on नागरिकता काण्डले कचनकवल वडा नं. २ ठप्प.

कचनकवल । भारतीय नागरिकलाई नेपाली नागरिकता बनाउन कागजी प्रक्रिया मिलाइदिने जनप्रतिनिधि, कर्मचारीसहित स्थानीयको नाममा झापा जिल्ला अदालतले पक्राउ पूर्जी जारी गरे पनि राजनीतिक संरक्षणका कारण प्रहरीले आरोपीलाई पक्राउ गरी कारवाही गर्न सफलता पाएको छैन । भारतीय नागरिक ३५ वर्षीय भुपाल गुरुङलाई नागरिकता बनाउन आर्थिक प्रलोभवनमा परी सर्जिमिनमा बस्ने स्थानीय, जन्मदर्ता बनाई सिफारिस दिने जनप्रतिनिधि र […]

निर्माणाधिन विकासको आयोजना रोकिएको जनगुनासो, सांसद सरावगीद्वारा अनुगमन

Published: (Updated: ) in राष्ट्रिय समाचार, विविधा, by . Leave a Comment on निर्माणाधिन विकासको आयोजना रोकिएको जनगुनासो, सांसद सरावगीद्वारा अनुगमन.

भद्रपुर । विकासमा पछाडि परेको झापा क्षेत्र नम्बर ३ मा निर्माणाधिन विकास आयोजनाका काम रोकिएको जनगुनासो बढेपछि प्रदेश सांसद ओमप्रकाश सरावगीले स्थलगत अनुगमन गरी जनताका समस्यामाथि चासो राखेका छन् । अघिल्लो सरकारका पालामा काम सुरू भएका सडक, खानेपानी, पुल कल्र्भट सिञ्चाइ जस्ता महत्वपूर्ण बहुवर्षे आयोजनाका काम वर्तमान सरकारले वजेट नपठाएपछि रोकिएकोे जनगुनासो आएपछि प्रदेश सांसद […]

श्रमिक आन्दोलनका कारण झापाका चिया उद्योग बन्द

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, by . Leave a Comment on श्रमिक आन्दोलनका कारण झापाका चिया उद्योग बन्द.

भद्रपुर । पूर्वका चिया बगान तथा कारखानामा कार्यरत श्रमिकले सरकारले तोकेको न्यूनतम ज्याला नपाएको भन्दै चैत्र १७ गतेदेखि चरणबद्ध आन्दोलन सुरू गरेपछि चिया बगान तथा उद्योगहरू बन्द भएका छन् । नेपाल चिया बगान श्रमिक संघ नेपाल कृषि तथा बगान क्षेत्र श्रमिक संघ र अखिल नेपाल चिया मजदूर संघले संयुक्तरूपमा आर्थिक वर्ष २०७५÷७६ को साउनदेखि सरकारद्वारा […]