Sajhamanch Archive

झलनाथ खनालको निर्वाचन क्षेत्रमा नेकपा एमालेले गर्यो शक्ति प्रदर्शन, अध्यक्ष ओलीको उपस्थितिमा जनसभा

Published: in प्रदेश तह, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, समाज, by . Leave a Comment on झलनाथ खनालको निर्वाचन क्षेत्रमा नेकपा एमालेले गर्यो शक्ति प्रदर्शन, अध्यक्ष ओलीको उपस्थितिमा जनसभा.

फिक्कल, पूर्वप्रधानमन्त्रीसमेत एवम् नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालको निर्वाचन क्षेत्रमा नेकपा एमालेले शक्ति प्रदर्शन गरेको छ। खनालको निर्वाचन क्षेत्रमा पर्ने इलामको सूर्योदय नगरपालिकामा एमाले अध्यक्ष केपी ओलीको उपस्थितिमा जनसभा गरिएको हो। एमालेले झलनाथको निर्वाचन क्षेत्रमा हजारौँ नेता कार्यकर्ता उतारेर शक्ति प्रदर्शन गरेको हो। सभामा एमाले दलका उपनेता सुवास नेम्वाङ पनि सहभागी छन्। […]

संसद अधिवेशन हठात् अन्त्य गरिनु संशयपूर्ण : एमाले

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on संसद अधिवेशन हठात् अन्त्य गरिनु संशयपूर्ण : एमाले.

काठमाडौं– नेकपा एमालेले प्रतिनिधि सभाको चालू अधिवेशन हठात रुपमा अन्त्य गरिएको भन्दै संशय व्यक्त गरेको छ। संसदीय दलको बैठकको सुरुवात गर्ने क्रममा प्रमुख सचेतक विशाल भट्टराईले सरकारले हठातमा अधिवेशन अन्त्य गरेको बताए। ‘प्रमुख प्रतिपक्षी दलसँग र अन्य कसैसँग छलफल नै नगरी हठात रुपमा अधिवेशन अन्त्य गरिएको छ,’ उनले भने, ‘छलफलका महत्त्वपूर्ण विषय थिए।’ उनले आजको […]

एमसीसीलाई लिएर सत्तारुढ गठबन्धनको दोहोरो चरित्र उदांगो भयो : एमाले

Published: (Updated: ) in प्रदेश तह, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on एमसीसीलाई लिएर सत्तारुढ गठबन्धनको दोहोरो चरित्र उदांगो भयो : एमाले.

काठमाडौ, प्रमुख प्रतिपक्षी नेकपा एमालेले अमेरिकी सहायता परियोजना एमसीसीलाई लिएर सत्तारुढ गठबन्धनको दोहोरो चरित्र उदांगो भएको जनाएको छ। एमसीसी पास भएको दुई दिनपछि मंगलबार पत्रकार सम्मेलन गर्दै एमाले अध्यक्ष केपी ओलीले यसो भनेका हुन्। अमेरिकी सहयोग निकाय एमसीसीसँगको सम्झौता फागुन १५ गतेको बैठकबाट अनुमोदन भएको छ। यसक्रममा निहित स्वार्थसहित सत्ता गठबन्धनबाट चालिएका चालको पटाक्षेप भएको […]

एमाले अध्यक्ष ओलीले आज १ बजे पत्रकार सम्मेलन गर्ने

Published: (Updated: ) in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on एमाले अध्यक्ष ओलीले आज १ बजे पत्रकार सम्मेलन गर्ने.

काठमाडौं , नेकपा एमालेका अध्यक्ष केपी ओलीले आज पत्रकार सम्मेलन गर्ने भएका छन्। ओलीले दिउँसो १ बजे तीनकुनेस्थित रोयल बैंक्वेटमा पत्रकार सम्मेलन गर्न लागेका हुन्। एमाले प्रचार विभाग एवं प्रसार उपप्रमुख विष्णु रिजालले अध्यक्ष ओलीले देशको पछिल्लो राजनीतिक अवस्था, स्थानीय तहको चुनावलगायत विषयमा विचार व्यक्त गर्न पत्रकार सम्मेलन गर्न लागेको बताएका छन्। प्रतिनिधिसभाबाट अनुमोदित एमसीसीका […]

आज पनि एमालेले संसद् अवरोध कायमै राख्ने

Published: (Updated: ) in राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on आज पनि एमालेले संसद् अवरोध कायमै राख्ने.

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसद् बैठकमा अवरोध कायमै राख्ने भएको छ। सत्तारुढ गठबन्धनले आज (आइतबार) बस्ने प्रतिनिधिसभामा बैठकबाट एमसीसी सम्झौता पारित गर्ने निर्णय गरेको अवस्थामा एमालेले भने संसद् जारी अवरोध कायम राख्ने भएको हो। सत्ता गठबन्धन दलहरुबीच व्याख्यात्मक घोषणासहित एमसीसी सम्झौता अनुमोदन गर्ने निर्णय भएको छ। आजको बैठकमा नेकपा एमालेले पूर्ववत रुपमा आफूहरुको […]

एमाले विभागहरुलाई पूर्णता दिने तयारीमा

Published: in प्रदेश तह, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on एमाले विभागहरुलाई पूर्णता दिने तयारीमा.

काठमाडौं, नेकपा एमालेको केन्द्रीय विभागका प्रमुखहरुबीच सोमबार बसेको बैठकले सबै विभागहरुलाई छिट्टै पूर्णता दिने निर्णय गरेको छ । एमाले केन्द्रीय कार्यालयमा पार्टी महासचिव शंकर पोखरेलको नेतृत्वमा बसेको यस बैठकमा ३३ वटा केन्द्रीय विभागमध्ये २२ विभाग प्रमुखहरुको उपस्थिति रहेको एमाले प्रचार विभागका उपप्रमुख विष्णु रिजालले जानकारी दिए । यसका साथै, महासचिव पोखरेलले विभागहरुसँग सम्बन्धित कामकारबाही अगाडि […]

एमालेले आज पनि संसदमा अवरोध गर्ने, कार्यव्यवस्था बैठकमा पनि नजाने

Published: (Updated: ) in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on एमालेले आज पनि संसदमा अवरोध गर्ने, कार्यव्यवस्था बैठकमा पनि नजाने.

काठमाडौ, नेकपा एमालेले आज पनि प्रतिनिधिसभा बैठकमा विरोध जारी राख्ने भएको छ । आज दिउँसो बोलाइएको प्रतिनिधिसभा बैठकमा एमालेले विरोध गर्ने भएको हो । त्यस्तै, सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको कार्यव्यवस्था परामर्श समितिको बैठकमा पनि एमाले सहभागी नहुने भएको छ । यसअघि सभामुख सापकोटाले बोलाएको सर्वदलीय बैठकलाई पनि एमालेले बहिस्कार गरेको थियो । एमालेले आफूहरुले जे […]

सभामुखले बोलाएको सर्वदलीय बैठक बिपक्षी एमालेले बहिस्कार गर्ने

Published: in प्रदेश तह, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on सभामुखले बोलाएको सर्वदलीय बैठक बिपक्षी एमालेले बहिस्कार गर्ने.

काठमाडौं- सभामुख अग्निप्रसाद सापकोटाले आह्वान गरेको सर्वोदलीय बैठक प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले बहिष्कार गर्ने भएको छ । सभामुख सापकोटाले सर्वदलीय बैठक सोमबार दिउँसो २ बजे सिंहदरबारस्थित संसद् सचिवालयमा बस्ने गरी आह्वान गरेका थिए। तर, उक्त सर्वदलीय बैठकमा एमाले सहभागी नुहने भएको हो। महाभियोग दर्ता भएपछि महाभियोग परामर्श समिति गठन गर्न सभामुख सापकोटाले सर्वदलीय बैठक […]

प्रधानन्यायाधीश विरुद्द महाअभियोग पछि साँझ ६ बजे एमालेले बोलायो सचिवालय बैठक, संसदीय दलको बैठक सोमबार

Published: (Updated: ) in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on प्रधानन्यायाधीश विरुद्द महाअभियोग पछि साँझ ६ बजे एमालेले बोलायो सचिवालय बैठक, संसदीय दलको बैठक सोमबार.

काठमाडौं–प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको सचिवालय बैठक आइतबार साँझ ६ बजे बस्दैछ । देशको पछिल्लो समसामयिक राजनीति र विशेषगरी प्रधानन्यायधीश चोलेन्द्रशमशेर जबराविरुद्ध लागेको महाभियोगबारे साँझ बस्ने सचिवालय बैठकमा छलफल हुने एमाले उपाध्यक्ष सुवास नेम्वाङले बताए । यसैगरी, एमाले संसदीय दलको बैठक भने भोलि सोमबार बस्ने उनले जानकारी दिए । सचिवालयको बैठक कहाँ बस्ने भन्नेबारे निश्चित […]

एमाले जनसंगठनमा अधिकतम केन्द्रीय कमिटी २९९ सदस्यीय

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on एमाले जनसंगठनमा अधिकतम केन्द्रीय कमिटी २९९ सदस्यीय.

काठमाडौं- नेकपा (एमाले) ले आफ्ना जनसङ्गठनको केन्द्रीय कमिटीको सङ्ख्या अधिकतम २९९ सम्म हुने गरी निर्देशिका जारी गरेको छ। पार्टीसम्बद्ध विभिन्न २२ जनसङ्गठनलाई व्यवस्थित तथा समन्वयात्मकरूपले परिचालन गर्न एमालेको विधानको धारा ९१ तथा नियमावलीको परिच्छेद ८ को दफा ६१ बमोजिम ‘जनसङ्गठन समन्वयसम्बन्धी निर्देशिका–२०७८’ जारी भएको हो। जनसङ्गठन संयन्त्रको सिफारिसमा पार्टीको सचिवालयले स्वीकृत गरेको सो निर्देशिकालाई एमालेले […]