Sajhamanch Archive

एमालेका ६२ जिल्ला कमिटीले पाए नयाँ नेतृत्व, कुन कुन जिल्लामा बाँकी ? (सूचीसहित)

Published: in राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on एमालेका ६२ जिल्ला कमिटीले पाए नयाँ नेतृत्व, कुन कुन जिल्लामा बाँकी ? (सूचीसहित).

काठमाडौं । नेकपा एमालेका जिल्ला अधिवेशन सुरू भएको सातौं दिन बिहीबार साझसम्म २ गैरभौगोलिकसहित ६२ जिल्लाको परिणाम आएको छ । सिन्धुपाल्चोकमा विहीवारबाट चुनाव प्रक्रिया शुरु गरिएको छ। दैलेख र पर्सा र चितवनमा नेतृत्व चयन प्रक्रिया अनिश्चितकाल सम्मका लागि अवरुद्ध भएको छ। महासचिव शंकर पोखरेलले उद्घाटन गरेको बारा जिल्लाको अधिवेशनको बन्दसत्र विहिवार जारी रहेको छ । […]

कञ्चनपुरमा एमाले अधिवेशनले पाखा लगायो पूर्वमाओवादी र दसबुँदे पक्षधर

Published: (Updated: ) in प्रदेश तह, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on कञ्चनपुरमा एमाले अधिवेशनले पाखा लगायो पूर्वमाओवादी र दसबुँदे पक्षधर.

कञ्चनपुर, नेकपा एमाले कञ्चनपुरमा पूर्वमाओवादी र दसबुँदे पक्षधर निकै कमजोर देखिएका छन्। एमाले जिल्ला कमिटी चयनका लागि भएको निर्वाचनमा पूर्वमाओवादी र दसबुँदे पक्षधर नेताहरूले निकै कम मात्र मत पाएका हुन्। बुधबार राति सम्पन्न मतगणनाको नतिजाअनुसार ५ सदस्यीय पदाधिकारीमा माओवादी पृष्ठभूमि र एमाले विभाजन हुँदा माधवकुमार नेपालको साथ छाडेर दसबुँदे सहमतिका आधारमा एमालेमै बसेका नेताहरू हारेका […]

दशबुँदे समूहको प्रभाव भएका जिल्लामा एमालेको सर्वसम्मत नेतृत्व चयनमा सकस

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on दशबुँदे समूहको प्रभाव भएका जिल्लामा एमालेको सर्वसम्मत नेतृत्व चयनमा सकस.

काठमाडौं- पुस २३ गते एकसाथ उद्घाटन भएका नेकपा एमालेका ६१ जिल्लामध्ये अझै केही जिल्लाको अधिवेशन जारी छ। सोमबार बेलुकासम्म ५६ वटा जिल्लामा नेतृत्व चयन भएको छ। अधिकांश जिल्लामा सर्वसम्मत र केहीमा निर्वाचन भएको हो। नेतृत्व टुंगिएका केही र बाँकी जिल्लाको विश्लेषण गर्दा अध्यक्ष ओलीइतर समूह प्रभावशाली रहेको जिल्लामा नेतृत्व टुंग्याउन सकस देखिएको छ। विगतमा ओलीइतर […]

५६ जिल्लामा एमालेको नेतृत्व चयन, यस्तो छ परिणाम (सूचीसहित)

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on ५६ जिल्लामा एमालेको नेतृत्व चयन, यस्तो छ परिणाम (सूचीसहित).

काठमाडौं । नेकपा एमालेका जिल्ला अधिवेशन सुरू भएको पाँचौ दिन मंगलबार साँझा साढे सात बजेसम्म ५६ जिल्लाको परिणाम आएको छ । पछिल्लो पटक जाजरकोट, बाजुरा, दार्चुला र प्युठानले अध्यक्ष पाएको छ । सिन्धुपाल्चोक र चितवन जिल्लाको अधिवेशन उद्घाटन भएर पनि बन्दसत्र सुरू भएको छैन । केही जिल्लामा सहमतिका लागि भनेर अहिलेसम्म मतदान गरिएको छैन भने […]

एमाले महोत्तरीमा भाँडभैलो, एउटा समूह शपथ ग्रहण नगरी बाहिरियो

Published: (Updated: ) in प्रदेश तह, राजनीति, by . Leave a Comment on एमाले महोत्तरीमा भाँडभैलो, एउटा समूह शपथ ग्रहण नगरी बाहिरियो.

महोत्तरी– नेकपा एमाले महोत्तरीको जिल्ला आयोजक कमिटी सदस्य टुङ्याउन सोमबार बसेको बैठकमा एउटा समूहले शपथ ग्रहण गराएको छ भने अर्को समूह बाहिरिएको छ । जिल्लामा एमालेका चार जना केन्द्रिय सदस्य मध्ये बुधिनिदेवी र रामदयाल मण्डल समूहले २ सय जनाको जिल्ला आयोजक कमिटी निर्वाचित गरी शपथ ग्रहण गराएको छ । तर केन्द्रीय सदस्य सरोज यादव र […]

एमाले जिल्ला अधिवेशनले ४५ जिल्लाको गर्यो नयाँ नेतृत्व छनौट (सूचीसहित)

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on एमाले जिल्ला अधिवेशनले ४५ जिल्लाको गर्यो नयाँ नेतृत्व छनौट (सूचीसहित).

काठमाडौं । नेकपा एमालेका जिल्ला अधिवेशन शुरु भएको चौथो दिनसम्म सर्वसम्मति र निर्वाचन दुवै प्रक्रियाबाट नेतृत्व चयन जारी छ । सोमबार साँझ सात बजेसम्म ४४ जिल्लाको परिणाम आइसकेको छ । पछिल्लो पटक पर्वतमा सहमतिमा नेतृत्व टुंगिएको छ । राजु पौडेल अध्यक्षमा सर्वसम्मत भएका छन् । त्यस्तै प्युठानमा निर्वाचनबाट विजय विराज विष्टले जितेका छन् भने उदयपुरमा […]

४१ जिल्लामा एमालेको नयाँ नेतृत्व, अध्यक्षमा अधिकांश नयाँ अनुहार

Published: in प्रदेश तह, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on ४१ जिल्लामा एमालेको नयाँ नेतृत्व, अध्यक्षमा अधिकांश नयाँ अनुहार.

काठमाडौं । नेकपा एमालेका दुई गैरभौगोलिकसहित ४० जिल्लाले नयाँ नेतृत्व पाएका छन् । इलाम, सोलुखुम्बु, सिन्धुली, बागलुङ,नवलपरासी र कपिलबस्तुबाहेक अन्य ३४ जिल्लामा सर्वसम्मत नेतृत्व चयन भएको छ । सर्वसम्मत हुन नसकेका जिल्लाको मतदान भएर गणना जारी रहेको छ । केही ठाउँमा मतदान आज हुँदैछ । अध्यक्ष केपी ओलीले ६३ जिल्लाको अधिवेशन एकैपटक उद्घाटन गरेका थिए […]

एमालेले चयन गर्यो २८ जिल्लामा नयाँ नेतृत्व

Published: (Updated: ) in प्रदेश तह, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, रोचक कुरा / टिप्स, by . Leave a Comment on एमालेले चयन गर्यो २८ जिल्लामा नयाँ नेतृत्व.

काठमाडौं। नेकपा (एमाले)को अधिवेशन भएका ६१ मध्ये २८ जिल्लामा नेतृत्व चयन भएको छ। २ जिल्लामा निर्वाचनमार्फत र अन्यमा सर्वसम्मत अध्यक्ष चयन भएको छ। अध्यक्ष बाहेकका पदमा भने कतिपय जिल्लामा निर्वाचन भइरहेको छ। कपिलवस्तु र पश्चिम नवलपरासीमा चुनावी प्रतिस्पर्धाबाट अध्यक्ष निर्वाचित भएको एमाले केन्द्रीय कार्यालयले जनाएको छ । अध्यक्ष चयन भएका जिल्लाहरू झापा– दीपक कार्की मोरङ– […]

एमाले जिल्ला नेतृत्व चयन निर्वाचन मार्फत हुँदै, यी हुन् सर्वसम्मत् अध्यक्ष

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, by . Leave a Comment on एमाले जिल्ला नेतृत्व चयन निर्वाचन मार्फत हुँदै, यी हुन् सर्वसम्मत् अध्यक्ष.

काठमाडौं । देशको प्रमुख पार्टी नेकपा एमालेको देशभर जिल्ला अधिवेशनमार्फत नेतृत्व चयन प्रक्रिया भइरहेको छ । केन्द्रको निर्देशनअनुसार अधिकतम सहमतिमा नेतृत्व चयन गर्ने प्रयास भए पनि अधिकांश जिल्लामा निर्वाचन हुँदैछ । धेरै जिल्लामा नेतृत्वको आकांक्षी धेरै भएका कारण समहतिको प्रयास विफल भएको छ । अहिलेसम्म २२ जिल्लामा सर्वसम्मत् अध्यक्ष चयन गरिएको छ । ती जिल्लाहरुमा […]

एमालेले चौध जिल्लामा गर्यो सर्वसम्मत नेतृत्व चयन

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on एमालेले चौध जिल्लामा गर्यो सर्वसम्मत नेतृत्व चयन.

प्रमुख प्रतिपक्षी नेकपा एमालेको शुक्रबार सुरु ६३ जिल्लाको अधिवेशनबाट नयाँ नेतृतव निर्वाचित हुन थालेको छ। अध्यक्ष केपी ओलीले अधिवेशन उद्घाटनका क्रममा भने जस्तै हालसम्म विभिन्न १४ जिल्लामा सर्वसम्मत अध्यक्ष छानिएका छन्। एमाले प्रचार विभागका उपप्रमुख विष्णु रिजालले दिएको जानकारी अनुसार देशका विभिन्न जिल्लाको नतिजा आएको हो। रिजालका अनुसार अध्यक्ष ओलीको गृहजिल्ला झापामा दीपक कार्की सर्वसम्मत […]