काठमाडौँ – नेकपा (एमाले)ले आज देशभर जिल्ला अधिवेशन गर्दैछ । एमालेका अध्यक्ष केपी ओलीले बिहान ११ बजे जिल्ला अधिवेशनलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्नेछन् । केन्द्रीय कार्यालयको एक्सन रूमबाट एकैसाथ भर्चुअल उद्घाटन र सम्बोधन गर्ने कार्यक्रम रहेको केन्द्रीय प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिएका छन् । एमालेको १०औं महाधिवेशन गत मंसिरमै सकिए पनि जिल्ला अधिवेशन […]
काठमाडौं, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आगामी माघ १२ गते हुुने राष्ट्रियसभा निर्वाचनका लागि सातै प्रदेशको उम्मेदवार टुंग्याएको छ । एमालेले प्रदेश १ मा खुलातर्फ देवराज घिमिरे, महिलाबाट सुमित्रा भण्डारी र अल्पसंख्यकबाट सोनाम गेल्जेन शेर्पालाई उम्मेदवार तय गरेको छ । यसैगरी, प्रदेश २ मा खुलातर्फ असर्फी भिनवार यादव, महिलाबाट बिना शाह, बागमती प्रदेशबाट खुलातर्फ गोपाल […]
काठमाडौं । नेकपा (एमाले)का मनोनीत केन्द्रीय सदस्यहरूले शपथ लिएका छन् । बुधबार ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानको भवनमा आयोजित कार्यक्रममा अध्यक्ष केपी ओलीले शपथग्रहण गराएका हुन् । एमालेमा ४४ जनलाई केन्द्रीय कमिटीमा मनोनय गरिएको छ । शपथग्रहणपश्चात् ओलीले उनीहरूलाई सफल कार्यकालको शुभकामना दिए । ओलीले जनताले मन पराउने र देश र जनता, पार्टी र आन्दोलनालाई […]
भक्तपुर, नेकपा (एमाले) को केन्द्रीय कमिटीको बैठक आज भक्तपुरमा बस्ने भएको छ । एमालेको दशौँ महाधिवेशनपछिको दोस्रो केन्द्रीय कमिटी बैठक आज दिउँसो १ बजे जर्मन हाउस हस्पिटालिटी गठ्ठाघर भक्तपुरमा बस्ने भएको हो । बैठकमा १५ वटा कार्यसूचीमाथि छलफल हुने एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए । बैठकमा बाँकी केन्द्रीय सदस्यको शपथग्रहण, महाधिवेशनको समीक्षा, […]