Sajhamanch Archive

दोस्रो चरणको चुनावमा खस्यो ३४०० मत, मतदान सकिएपछि आजै राति १० बजेबाट मतगणना सुरु गरिने

Published: (Updated: ) in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on दोस्रो चरणको चुनावमा खस्यो ३४०० मत, मतदान सकिएपछि आजै राति १० बजेबाट मतगणना सुरु गरिने.

काठमाडौं,  नेपाली कांँग्रेसको जारी १४औं महाधिवेशनमा सभापतिका लागि दोस्रो चरणको मतदान जारी छ। यसअघि ७स्३० बजेसम्मका लागि निर्धारण गरिएको मतदान अझै एक घण्टा लम्बिने भएको छ। पूर्वनिर्धारित समयभित्र मतदान नसकिएपछि समय थप गरिएको हो। यद्यपि, निर्वाचन समितिले समय थपिएको औपचारिक जानकारी दिएको छैन। पछिल्लो अपडेटअनुसार साँझ ८ बजेसम्म तीन हजार ४०० मतदाताले आफ्नो मत खसालिसकेका […]

कांँग्रेस सभापति चुन्न दोस्रो चुनाव आजै, निर्वाचन समितिको बैठक जारी

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on कांँग्रेस सभापति चुन्न दोस्रो चुनाव आजै, निर्वाचन समितिको बैठक जारी.

नेपाली कांँग्रेसको सभापति चुन्न दोस्रो चरणको चुनाव आजै (मंगलबार) हुने भएको छ। त्यसका लागि अहिले कांँग्रेसको केन्द्रीय निर्वाचन समितिको बैठक जारी छ। राष्ट्रिय सभागृहमा जारी बैठकले चुनावको समय तय गर्ने निर्वाचन समितका सचिव जगनाथ श्रेष्ठले जानकारी दिए।

कांँग्रेस सभापति चुन्न दास्रो चरणमा निर्वाचन हुने,पहिलो चरणमा विजयी भएनन् देउवा, ८२ मत पुगेन

Published: (Updated: ) in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on कांँग्रेस सभापति चुन्न दास्रो चरणमा निर्वाचन हुने,पहिलो चरणमा विजयी भएनन् देउवा, ८२ मत पुगेन.

काठमाडौं,  कांँग्रेसको आगामी सभापतिका लागि दोस्रो चरणमा मतदान हुने भएको छ। सोमबार भएको मतदानमा सभापतिका पाँचै जना उम्मेदवारले खसेको मतको पचास प्रतिशतभन्दा बढी मत प्राप्त गर्न नसकेपछि पुनः निर्वाचन हुने भएको हो। कांँग्रेसको विधानमा ‘सभापति निर्वाचित हुनको लागि खसेको मतको पचास प्रतिशतभन्दा बढी मत प्राप्त गर्नु अनिवार्य हुनेछ’ भन्ने उल्लेख छ। पहिलो पटक कुनै पनि […]

गृहमन्त्री खाँण पुगे प्रकाशमानको घरमा

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on गृहमन्त्री खाँण पुगे प्रकाशमानको घरमा.

काठमाडौं,  नेपाली कांँग्रेसको सभापति पदका लागि भएको पहिलो चरणको चुनावबाट कसैले बहुमत ल्याउन नसक्ने लगभग निश्चित भएपछि गृहमन्त्री बालकृष्ण खाँण प्रकाशमान सिंहको घर चाक्सीबारी पुगेका छन्। प्रधानमन्त्री शेरबहादुर देउवाले सबैभन्दा बढी मत ल्याए पनि ५१ प्रतिशत ल्याउन सकेनन्। यसैले यसपछि बढी मत ल्याएका शेखर कोइराला र देउवाबीच दोस्रो चरणको चुनाव हुने देखिएको छ। यही दोस्रो […]

४३७९ मत गन्दा देउवाको २०९५ मतको अग्रता, शेखर १६४५ ले पछ्याउँदै

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on ४३७९ मत गन्दा देउवाको २०९५ मतको अग्रता, शेखर १६४५ ले पछ्याउँदै.

काठमाडौं, नेपाली कांग्रेस १४औं महाधिवेशनमा सभापतिका उम्मेदवार शेरबहादुर देउवा र शेखर कोइरालाबीच प्रतिस्पर्धा देखिएको छ। सभापतिका लागि पाँच जनाको प्रतिस्पर्धामा रहे पनि प्रारम्भिक मतणनामा देउवालाई कोइरालाले पछ्याइरहेका छन्। निर्वाचन समितिका अनुसार हालसम्म ४ हजार ३ सय ७९ मत गणना भएको छ। जसमा सबैभन्दा बढी शेरबहादुर देउवाले २ हजार ९५ मत प्राप्त गरेका छन्। कोइरालाले १ […]

४२७६ मत गणना : पहिलो चरणमै जीत निकाल्न देउवा बाहेक सबैको सम्भावना सकियो

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on ४२७६ मत गणना : पहिलो चरणमै जीत निकाल्न देउवा बाहेक सबैको सम्भावना सकियो.

काठमाडौं– नेपाली कांँग्रेसको चौधौं महाधिवेशन अन्तर्गत सभापति पदका लागि भएको निर्वाचनको मतगणना जारी छ। पछिल्लो अपडेट अनुसार ४२७६ मत गणना भइसकेको छ। निर्वाचनमा ४६७९ मत खसेको थियो। त्यसैले अब ४०३ मत मात्रै गन्न बाँकी छ। यही मतभित्रबाट उम्मेदवारहरुले जीतका लागि आवश्यक पचास प्रतिशत मत कटाउनुपर्ने छ। उम्मेदवारमध्ये शेरबहादुर देउवाले सर्वाधिक २०४६ मत पाएका छन्। उनका […]

अब ६७९ मत गन्न बाँकी, पुनः मतदान गर्नुपर्ने सम्भावना बढ्यो

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on अब ६७९ मत गन्न बाँकी, पुनः मतदान गर्नुपर्ने सम्भावना बढ्यो.

काठमाडौं–नेपाली कांग्रेसको नयाँ नेतृत्व चयन गर्न सोमबार अबेर राति काठमाडौंमा सम्पन्न निर्वाचनअन्तर्गत राष्ट्रिय सभागृहमा जारी सभापति पदतर्फको मतगणना सकिनै लागेको छ। कांग्रेसको निर्वाचन समितिले दिएको ताजा विवरणअनुसार खसेको कूल ४, ६७९ मतमध्ये ४००० मत गनिसकिएको छ। योसँगै पहिलो चरणमै सभापति पदको छिनोफानो हुने सम्भावना निकै न्यून भएको छ। किनकि सबैभन्दा अगाडि रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले […]

३२८२ मत गणना हुँदा देउवाको १५५६, शेखरको ११९७ मत

Published: (Updated: ) in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on ३२८२ मत गणना हुँदा देउवाको १५५६, शेखरको ११९७ मत.

काठमाडौं– नेपाली कांग्रेस १४औं महाधिवेशनअन्तर्गत सभापति पदको मत गणना जारी छ। पछिल्लो परिणाम अनुसार सभापतिका प्रत्यासी शेरबहादुर देउवाले मतान्तर बढाउँदै लगेका छन्। ३२ सय ८२ भोट गनिसक्दा सभापतिमा देउवाले अग्रता बढाउँदै लगेका हुन्। अहिले देउवाले १५५६मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी शेखर कोइरालाले ११ सय ९७ मत ल्याएका छन्। त्यसैगरी प्रकाशमान सिंहको २५७ विमलेन्द्र निधिको २०१ […]

पहिलो चरणमै जित्ने सम्भावना घट्यो, दोस्रो चरणको चुनाव आजै गर्ने तयारी

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on पहिलो चरणमै जित्ने सम्भावना घट्यो, दोस्रो चरणको चुनाव आजै गर्ने तयारी.

नेपाली कांग्रेसको नयाँ नेतृत्व चयन गर्न सोमबार अबेर राति काठमाडौंमा सम्पन्न निर्वाचनअन्तर्गत राष्ट्रिय सभागृहमा सभापति पदतर्फको मतगणना जारी छ। कांग्रेसको निर्वाचन समितिले दिएको विवरणअनुसार खसेको कूल कूल ४, ६७९ मतमध्ये ३१८१ मत गनिसकिएको छ। योसँगै पहिलो चरणमै सभापति पदको छिनोफानो नहुने निश्चित भएको छ। किनकि सबैभन्दा अगाडि रहेका देउवाले अहिलेसम्म १५०६ मत ल्याएका छन्। उनले […]

३१८१ मत गनिसक्दा देउवा शेखरभन्दा ३२८ मतले अगाडि

Published: (Updated: ) in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on ३१८१ मत गनिसक्दा देउवा शेखरभन्दा ३२८ मतले अगाडि.

काठमाडौं, नेपाली कांग्रेसको नयाँ नेतृत्व चयन गर्न काठमाडौंमा सम्पन्न निर्वाचनअन्तर्गत राष्ट्रिय सभागृहमा सभापति पदतर्फको मतगणना जारी छ। कांग्रेसको निर्वाचन समितिले दिएको विवरणअनुसार यो खबर लेख्दासम्म ३१८१ मत गनिसकिएको छ। जसअन्तर्गत अहिलेसम्मको परिणाम यस्तो छः शेरबहादुर देउवा – १५०६ शेखर कोइराला –११७८ प्रकाशमान सिंह – २५४  विमलेन्द्र निधि – १७३  कल्याण गुरुङ –१५