काठमाडौं, नेकपा (माओवादी केन्द्र)को यही माघ ८ गतेका लागि तय गरिएको केन्द्रीय समिति बैठक स्थगित भएको छ । कोरोना महामारीको बढ्दो सङ्क्रमणका कारण स्वास्थ्य मापदण्ड पालनासम्बन्धी सरकारद्वारा जारी निर्देशन र स्वास्थ्यकर्मीको सुझावलाई मध्यनजर गर्दै केन्द्रीय समितिको बैठक अर्को निर्णय नहुँदासम्मका लागि स्थगित गरिएको पार्टी केन्द्रीय कार्यालयले जनाएको छ । पार्टीको स्थायी समितिका पूर्वसदस्य र आयोगको […]
काठमाडौं- नेकपा माओवादी केन्द्रका १२ दम्पती केन्द्रीय कमिटीमा चयन भएका छन्। आइतबार सम्पन्न महाधिवेशन हलबाट १२ दम्पती केन्द्रीय सदस्यमा सर्वसम्मत भएका हुन्। अध्यक्ष पुष्पकमल दाहालले सहमतिका आधारमा भन्दै २ सय ३६ जनालाई केन्द्रीय सदस्यका रुपमा चयन गर्न प्रस्ताव गर्दा १२ दम्पती चयन भएका हुन्। माओवादीका शक्तिशाली नेताहरू खुला क्लस्टरमा चयन हुँदा केही नेताका पत्नीहरूलाई भने […]
काठमाडौँ – नेकपा माओवादी केन्द्रको नवनिर्वाचित केन्द्रीय समितिको पहिलो बैठक आज (सोमबार) बस्दैछ । बैठक दिउँसो ३ बजे हेरिटेज प्लाजा सानेपामा बस्ने माओवादी केन्द्रले जनाएको छ। आजको बैठकले पदाधिकारीको चयन गर्ने जनाइएको छ। आजको बैठक नयाँ केन्द्रीय समितिको ज्येष्ठ सदस्यको अध्यक्षतामा बस्नेछ । पदाधिकारीमा करिब सहमति भइसकेकाले १५ पदाधिकारी आजै चयन हुने नेताहरुले बताएका छन्। […]
काठमाडौं, नेकपा (माओवादी केन्द्र)को आठौं महाधिवेशन सम्पन्न भएको छ । आइतबार साँझ अध्यक्ष पुष्पकमल दाहालले २३६ जना केन्द्रीय सदस्यको नाम घोषणा गरेसँगै महाधिवेशन सम्पन्न भएको हो । खुलातर्फ १११ र समावेशीतर्फ १२५ जना केन्द्रीय सदस्यको नाम हलले ताली बजाएर अनुमोदन गरेको माओवादी प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए । महाधिवेशनबाट दुई सय ३६ केन्द्रीय सदस्य सर्वसम्मत […]
काठमाडौ, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले बन्दसत्र हललाई सम्बोधन गरिरहेका छन् । दाहालले केन्द्रीय कमिटीसहितका सदस्यहरुको नामावलीसहित दाहाल अहिले बन्दसत्रलाई सम्बोधन गरिरहेका हुन् । माओवादीको जारी आठौं महाधिवेशनबाट सर्वसम्मत नेतृत्व चयन गराउन दाहालले लामो प्रयास गरेका थिए । यो नामावलीमा नेताहरूसँगको निरन्तर छलफलपछि दाहालले सूची बोकेर बन्दसत्र हलभित्र छिरेका हुन् । यसअघि प्रज्ञा भवनमै […]
काठमाडौ, नेकपा (माओवादी केन्द्र) को जारी आठौं महाधिवेशनमा पार्टीको नयाँ नेतृत्व सकेसम्म सहमतिबाटै चयन गर्ने प्रयास जारी छ। त्यसका लागि आज बिहान ११ बजे माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै छ। यसैबीच यसअघि अहिले अध्यक्षपुस्पकमल दाहालले आफ्नो निवास (खुमलटार) मै बोलाएर शीर्ष नेताहरू नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरालगायतसँग छलफल गरिरहेका छन्। दाहालले प्रदेश कमिटीहरुबाट केन्द्रीय सदस्यका […]
काठमाडौं- नेकपा (माओवादी केन्द्र)को निर्वाचन प्रक्रिया आइतबारसम्मका लागि स्थगित भएको छ। शनिबार राति हुने भनिएको निर्वाचन प्रक्रिया स्थगित भएको हो। जारी महाधिवेशनमा केन्द्रीय समितिमा रहने सदस्यहरुको नाम प्रस्तावित गर्न सबै प्रदेशलाई भनिएको थियो। प्रदेशहरुलाई संख्याको कोटा पनि तोकिएको थियो। तर, सबैजसो प्रदेशमा केन्द्रीय समितिमा पठाउने नामबारे विवाद भएपछि शनिबारलाई निर्वाचनको सबै प्रक्रिया स्थगित गरिएको नेता […]
काठमाडौँ– नेकपा माओवादी केन्द्रले निर्वाचन तालिका सार्वजनिक गरेसँगै पहिलो पटक प्रतिस्पर्धामार्फत नयाँ नेतृत्व चयनको प्रक्रिया सुरु गरेको छ । प्रज्ञा भवनमा जारी आठौं महाधिवेसनको सातौं दिनमा मतदाता नामावली प्रकाशन गरेसँगै निर्वाचन कार्यक्रमको तालिका सार्वजनिक गरेको हो । उम्मेदवार मनोनयनको प्रक्रिया भने शनिबार साँझ ८ बजेदेखि सुरु हुनेछ भने राति १०ः३० मा उम्मेदवार मनोनयनपछिको सूची सार्वजनिक […]
काठमाडौ, माओवादी केन्द्रको नेतृत्व चयनमा सहमति जुटाउन तोकिएको समय सहमति गर्न दिइएको समय सकिएको छ। अहिले प्रतिनिधिहरु बन्दसत्र हलभित्र प्रवेश गर्न थालेका छन्। तर, बैठक सुरु भइसकेको छैन्। अब बस्ने बैठकमा अध्यक्ष मण्डलले प्रस्तावित केन्द्रीय सदस्यको नाम घोषणा गर्नेछ। त्यसमा सहमति भए ध्वनि मतका आधारमा अनुमोदन गरिनेछ। नभए चुनावी प्रक्रिया सुरु गर्न निर्वाचन समितिको बैठक […]
काठमाडौ, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सोमबार प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन सर्वसम्मत पारित भएको छ। सोमबार प्रस्तुत भएको राजनीतिक प्रतिवेदनमाथि चार दिन लामो छलफल भएको थियो। २५ वटा समूहले दिएका सुझाव प्रस्तुतीकरण बिहीबार सकिएसँगै दाहालले शुक्रबार जवाफ दिएका हुन्। जवाफ दिने क्रममा उनले सबैको भावना समेटेर दस्तावेजलाई परिपक्व बनाउने वाचा गरेका छन्। दाहालले आफ्नो […]