Sajhamanch Archive

अध्यक्ष दाहालले जवाफ दिनु अघि बस्यो माओबादी स्थायी कमिटी बैठक

Published: (Updated: ) in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on अध्यक्ष दाहालले जवाफ दिनु अघि बस्यो माओबादी स्थायी कमिटी बैठक.

काठमाडौ, काठमाडौंको कमलादीमा जारी आठौं महाधिवेशनको बन्दसत्र हलमै नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक सुरु भएको छ। बैठक प्रज्ञा प्रतिष्ठानको भवनमा केही बेरअघि सुरु भएको हो। आज अध्यक्ष पुस्पकमल दाहालले आफ्नो राजनीतिक प्रतिवेदनबारे २५ समूहले दिएका सुझाव तथा उठाएका प्रश्नबारे बन्दसत्रमा जवाफ दिने कार्यक्रम छ। त्यसअघि स्थायी कमिटीको बैठक बसेको हो। जारी स्थायी समिति बैठकमा […]

माओवादीले केन्द्रीय सदस्य छान्ने जिम्मा प्रदेशलाई दिने

Published: in राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on माओवादीले केन्द्रीय सदस्य छान्ने जिम्मा प्रदेशलाई दिने.

काठमाडौ, केन्द्रीय समितिमा लैजाने नेताहरूको विधि बनाउन नेकपा ( माओवादी केन्द्र)  को स्थायी समिति बैठक बस्ने भएको छ। अहिले ११ बजे प्रज्ञा प्रतिस्ठानमा बस्ने बैठकले प्रदेशहरुलाई केन्द्रीय सदस्य चयन गरेर पठाउन निर्देशन दिने तयारी छ। अध्यक्ष पुस्पकमल दाहालले पेश गरेको राजनीतिक प्रतिवेदनमाथिको सुझावदिने क्रम हिजो सकिएपछि माओवादीमा नयाँ नेतृत्व चयन प्रक्रिया अघि बढ्न लागेको हो। […]

माओवादीका महाधिवेशनमा समूहगत सुझाव सकियो : प्रतिवेदनमाथि शुक्रबार छलफल

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on माओवादीका महाधिवेशनमा समूहगत सुझाव सकियो : प्रतिवेदनमाथि शुक्रबार छलफल.

काठमाडौं, नेकपा (माओवादी केन्द्र)को आठौं महाधिवेशन अन्तर्गत बिहीबार सबै समूहको सुझाव पेश गर्नेक्रम सकिएको छ । अध्यक्ष पुष्पकमल दाहालको प्रतिवेदनमाथि बिहीबार बाँकी रहेका १४ समूहको तर्फबाट १३ जनालेले सुझाव प्रस्तुत गरेका थिए । समूहगत छलफलका लागि यसअघि २५ वटा समूह गठन गरिएको भए पनि बिहीबार सम्पर्क मञ्च प्रदेशको दुई समूहलाई एउटै समूहमा राखेपछि समूहको संख्या […]

महाधिवेशनमा बाँकी टोली नेताबाट सामूहिक निष्कर्ष पेश

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on महाधिवेशनमा बाँकी टोली नेताबाट सामूहिक निष्कर्ष पेश.

काठमाडौं, नेकपा (माओवादी केन्द्र)को काठमाडौंमा जारी आठौँ महाधिवेशनअन्तर्गत आज पनि पार्टी अध्यक्ष पुष्पकमल दाहालको राजनीतिक प्रतिवेदनमाथि छलफलबाट निकालिएको निष्कर्षको रिपोर्ट पेश गर्ने क्रम जारी छ । माओवादी केन्द्रका प्रमुख सचितेक देवप्रसाद गुरुङले कमलादीस्थित प्रज्ञा भवनमा रिपोर्ट पेश गर्ने क्रम जारी रहेको जानकारी दिए । उनले बिहान ११ बजेदेखि सुरु भएको बन्दसत्रमा अहिलेसम्म करिब पाँच जनाले […]

माओवादीका महाधिबेशन प्रतिनिधिले मागे नेताको सम्पत्ति विवरण

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on माओवादीका महाधिबेशन प्रतिनिधिले मागे नेताको सम्पत्ति विवरण.

काठमाडौ, नेकपा (माओवादी केन्द्र) बाट विभिन्न लाभको पदमा पुगेका नेताहरूको सम्पत्ति विवरण सार्वजनिक गर्न माग भएको छ। पार्टीको तर्फबाट लाभको पदमा पुगेका सबैले सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने माग उठेको हो। अध्यक्ष पुष्पकमल दाहालले पेश गरेको राजनीतिक प्रतिवेदनमाथि सुझाव दिँदै सो माग गरिएको प्रतिनिधि बुद्धि जिसीले जानकारी दिए। लुम्बिनी प्रदेश र बागमती प्रदेशबाट सो माग उठेको […]

माओवादी महाधिवेशनमा समूहगत छलफलको निष्कर्ष प्रस्तुत हुँदै

Published: in राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on माओवादी महाधिवेशनमा समूहगत छलफलको निष्कर्ष प्रस्तुत हुँदै.

काठमाडौं, नेकपा माओवादी केन्द्रको आठौँ महाधिवेशनअन्तर्गत पार्टी अध्यक्ष पुष्पकमल दाहालले पेश गर्नुभएको राजनीतिक प्रतिवेदनमाथि समूहगत छलफलको निष्कर्ष प्रस्तुत हुँदैछ । काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनमा बुधबार दिउँसो १ बजे समूहका प्रमुखले समूहगत छलफलको निष्कर्ष प्रस्तुत हुन लागेको प्रेस सेन्टर, नेपालका अध्यक्ष विष्णु सापकोटाले जानकारी दिए । प्रत्येक समूह प्रमुखलाई प्रस्तुतिका लागि १५ मिनेटको समय दिइएको उनले […]

महासचिवमा चर्को दाबेदारीले पदाधिकारी चयन होल्डमा, अध्यक्ष र केन्द्रीय समिति मात्र चयन हुने !

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on महासचिवमा चर्को दाबेदारीले पदाधिकारी चयन होल्डमा, अध्यक्ष र केन्द्रीय समिति मात्र चयन हुने !.

काठमाडौं,  नेकपा (माओवादी केन्द्र)को आइतबारदेखि काठमाडौंमा जारी आठौं राष्ट्रिय महाधिवेशनले नयाँ नेतृत्व चयन गर्ने भनिए पनि त्यसमा केही कुरा पूर्वनिर्धारित जस्तै थिए। जस्तो कि, अध्यक्षमा पुष्पकमल दाहाल  नै दोहोरिने निश्चित थियो। किनभने, दाहालको विकल्प दाबी गर्ने कोही नेता तयार नै थिएनन्। महाधिवेशनअघि नै माओवादीले अध्यक्षसहित १५ जना पदाधिकारी हुने तय गरेको थियो जसमा एकजना वरिष्ठ […]

माओवादी महाधिबेशनमा अध्यक्ष दाहालका दुई प्रतिवेदनमाथि २५ समूहमा छलफल हुँदै

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on माओवादी महाधिबेशनमा अध्यक्ष दाहालका दुई प्रतिवेदनमाथि २५ समूहमा छलफल हुँदै.

काठमाडौँ – नेकपा (माओवादी केन्द्र) को जारी महाधिवेशनमा अध्यक्ष पुष्पकमल दाहाल ‘ले पेस गरेको राजनीतिक प्रतिवेदन तथा स्थायी कमिटी सदस्य देवप्रसाद गुरुङले प्रस्तुत गरेको बिद्यान मस्यौदामाथि आजबाट समूहगत छलफल सुरु हुने भएको छ । सोमबारबाट सुरु भएको बन्द सत्रमा अध्यक्ष दाहालले ‘२१ औं शताब्दीको समाजवादको नेपाली बाटो’ शीर्षकको राजनीतिक प्रतिवेदन तथा गुरुङले १५ सदस्यीय पदाधिकारीसहित […]

दाहालको प्रतिवेदनमाथि २५ समूहमा छलफल हुने

Published: in राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on दाहालको प्रतिवेदनमाथि २५ समूहमा छलफल हुने.

काठमाडौं, नेकपा माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशन अन्तर्गत सोमबार सुरु भएको बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहालले राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका छन् । अध्यक्ष प्रचण्डले प्रस्तुत गरेको प्रतिवेदनमाथि २५ समूह बनाएर छलफल हुने पार्टी प्रवक्ता कृष्णबहादुर महराले बताए । प्रदेशका ९ वटा समूह छन् । ज्येष्ठ कम्युनिष्ट मञ्च, सल्लाहकार समिति, विभाग, परराष्ट्र लगायत विभिन्न छुट्टा–छुट्टै २५ समूहमा […]

आजदेखि माओवादीको बन्दसत्र, बन्दसत्र आज बिहान ११ बजे सुरु हुने

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on आजदेखि माओवादीको बन्दसत्र, बन्दसत्र आज बिहान ११ बजे सुरु हुने.

काठमाडौ, काठमाडौंमा आइतबार सुरु नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनअन्तर्गत आज ९सोमबार० बन्दसत्र सुरु हुँदै छ। बन्दसत्र उद्घाटनस्थल प्रज्ञा प्रतिष्ठानकै भवनमा हुनेछ। माओवादी केन्द्रको केन्द्रीय कार्यालयका मुख्य सचिव श्रीराम ढकालका अनुसार बन्दसत्र आज बिहान ११ बजे सुरु हुनेछ। महाधिवेशनमा सहभागी हुने प्रतिनिधिको संख्या १७ सय पुगेको पनि उनले जानकारी दिए। सुरुमा माओवादीले १५ सय ३१ प्रतिनिधि […]