पृष्ठभूमिः नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड (एनएमसी) झापाले तेस्रो व्यवसायको रुपमा कृषि फर्म सञ्चालनमा ल्याएको छ । संस्थाले यो व्यवसायको लागि आर्थिक वर्ष २०७४/०७५ को अन्त्यमा १२ विगाहा जग्गा खरिद गरेको थियो । २०७५/०७६ मा थप ४ विगाहा जति जग्गा खरिद गरेर सिमाना मिलाउने, कार्यालय स्थापना गर्ने, जग्गाको घेराबारा गर्नेजस्ता प्राविधिक कामहरु गरिएका थिए । […]
कोरोनाले हामी सबैलाई अत्याएको छ । यो स्वाभाविक हो । तर के आत्तिएर मात्रै हुन्छ र ? अहिलेसम्म छिमेकी मुलुक भारत, पाकिस्तान, बंगालादेश जत्तिको धेरै संक्रमित र कोरोनाको कारण मृत्यु हामीले व्योहोर्नु परेको छैन । युरोप, अमेरिका र अरु विश्वको त तुलना नै नगरौं अहिलेलाई । तर भविष्यमा के होला यसै भन्न सकिन्न । छिमेकी […]
विश्वमा सहकारी अभियान शुरु भएको ११३ वर्षपछि नेपालमा सहकारी अभियानले पाइला राखेको थियो । नेपालमा पञ्चायतीकाल भरि सहकारीले खासै फैलिन र फक्रिन पाएन । त्यसका अनेक कारण छन्, जसको यहाँ चर्चा नगरौं । सहकारी ऐन २०४८ पछि धेरै सहकारी खुले । सहकारी संघ–सस्थाको संख्या ह्वात्तै बढ्यो । तर राजनीतिक अस्थितरताको फाइदा उठाउँदै धेरै सहकारीका सञ्चालकले […]
नेपाल बहुउद्देश्यीय सहकारी संस्थाको नमूना कृषि फर्ममा लहरेबालीका बारेमा एक दिन तालिम राखिएको थियो । त्यो कार्यक्रममा भाग लिन एकजना महिला आफ्नो ५/६ वर्षे छोरीसहित उपस्थित थिइन् । सानी छोरी ख्याउटे छिन् । उमेर अनुसार उनको शरीरको विकास र वृद्धि नभएको प्रष्टै देखिन्थ्यो । मध्यान्नमा उनले छोरीलाई निकै परको पसलमा पुगेर एउटा चाउचाउ किनिदिइन् र […]
पञ्चायती समयमा पूर्णतः असफल भएको सहकारी अभियान बहुदल हुँदै गणतान्त्रिक अवस्थासम्म आइपुग्दा सर्वाधिक पैmलावट भएर चर्चाको चुलीमा पुगेको अभियान बनेको छ । सहकारी ऐन २०४८ देखि सहकारी ऐन २०७४ र त्यसपछिको समयमा सहकारी अभियानमा धेरै उतारचढाव भएको छ । यही अवधिमा झण्डै ६५ लाख मानिस ३४ हजार बढी सहकारी सङ्घ–संस्थामा आवद्ध हुन पुगे । सहकारीले […]
सरकार र सहकारीले गर्न चाहेका धेरै कुरा समान छन् । सरकारले जनतासँग कर उठाएर विकास गर्छ । सहकारीले सेवा, कृषि, व्यपार र उद्योग, व्यावसाय सञ्चालन गरेर सरकारलाई कर तिर्छ । रोजगारी सिर्जना गर्छ । साधारण मानिसलाई बिना भेदभाव सदस्य बनाएर संगठित गर्छ । सदस्यको व्यावसायमा हरतरहले सहयोग गर्छ । सफल बनाउन प्रयास गर्छ । भर […]
उमेर अनुसारको पोषिलो खानेकुरा सबैलाई चाहिन्छ । त्यसमा पनि बढदो उमेरका स–साना बालबालिकाका लागि पोषिलो खानेकुरा अति नै जरुरी हुन्छ । पहिले पहिले गाउँ र दूरदराजमा गरिबीको कारण मानिसले पोषिलो खानेकुरा नपाएर रोगी र कुपोषित हुने गर्थे । यसमा सबैभन्दा बढी मारमा बालबच्चा हुने गरेका थिए । अहिले गाउँ र सहरमा समेत कुपोषणको कारण बालबालिकामा […]
हामी नेपालीहरुको जीवनस्तरमा आएको परिवर्तनले हाम्रो उपभोग शैली बदलिदैछ । आयश्रोत बढेसँगै खर्च गर्ने क्षमता बढने नै भयो । सामाजिक मूल्यमान्यतामा परिवर्तन हुने नै भयो । जीवनस्तर र समाजमा आएको परिवर्तनसँगै बस्तु र सेवाको उपभोगमा धेरै खर्च हुन थालेको छ । यो स्वभाविक हो । यसरी उपभोग गरिने बस्तु वा सेवाका लागि श्रोत अर्थात आम्दानी […]
बडादशैंको रमझम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) झापा क्षेत्र नम्बर १ को पार्टी कमिटीले शुभकामना आदान प्रदान कार्यक्रम राखेको थियो । फेसबुकको भित्तामा निम्ताका थुप्रै पोष्ट टाँसिएका थिए । त्यसैबाट जानकारी पाएको थिएँ । एक दिन अगाडि आयोजक कमिटीका संयोजक प्रदेशसभा सदस्य गोपालचन्द्र बुढाथोकीले फोन गरेरै निम्ता गर्नुभयो । यसै पनि सो कार्यक्रममा जाने मन […]
नेपालमा गाई र भैंसी नै दूधका मुख्य स्रोत हुन् । त्यसैले दूध उत्पादनका लागि गाईभैंसी पाल्ने चलन छ । दूधको उपभोग सबै उमेर समूह र सबै समुदायले गर्ने गरेका कारण यसको महत्व उच्च छ । पौष्टिकताका लागि नै दूधको उपभोग गरिन्छ । दूधबाट अनेक परिकार बनाइन्छ । दूध पूर्ण आहार हो पनि भनिन्छ । त्यसैले […]