Sajhamanch Archive

राष्ट्रियसभा निर्वाचनको तयारी पूरा, भोलि बिहान ९ देखि दिउँसो ३ बजेसम्म मतदान

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on राष्ट्रियसभा निर्वाचनको तयारी पूरा, भोलि बिहान ९ देखि दिउँसो ३ बजेसम्म मतदान.

काठमाडौ, भोलि हुने राष्ट्रियसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको छ । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम पौडेलका अनुसार शान्ति सुरक्षा, स्वास्थ्य मापदण्ड तथा निर्वाचनस्थल र केन्द्र निर्माणलगायत गर्नुपर्ने निर्वाचन व्यवस्थापनको सम्पूर्ण तयारी पूरा भएको हो । उनले भने, ‘केही स्थानमा सामान्य बुथ निर्माण र सर्वदलीय बैठक गर्नेबाहेक निर्वाचन व्यवस्थापनका लागि गर्नुपर्ने शान्ति सुरक्षा, स्वास्थ्य मापदण्डलगायत […]

सुरु भयो राष्ट्रियसभा निर्वाचनको मौन अवधि

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on सुरु भयो राष्ट्रियसभा निर्वाचनको मौन अवधि.

काठमाडौं- राष्ट्रियसभा सदस्यको यही माघ १२ गते बुधबारदेखि हुने निर्वाचन प्रयोजनका लागि आइतबार राति १२ बजेदेखि मौन अवधि सुरु भएको छ । निर्वाचन आयोगले मौन अवधि शुरू हुनुभन्दा अगाडि नै निर्वाचन चिह्न, प्रचार सामग्री हटाउनुपर्नेलगायतका आचरण पालना गर्न सबैलाई आग्रह गरेको छ। यो अवधिमा निर्वाचन प्रचारप्रसार गर्न र मत माग्न नहुने निर्वाचन आयोगका प्रवक्ता शालिग्राम […]

राष्ट्रियसभा निर्वाचनका लागि मधेश प्रदेशमा एमाले र लोसपाको गठबन्धन

Published: in प्रदेश तह, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on राष्ट्रियसभा निर्वाचनका लागि मधेश प्रदेशमा एमाले र लोसपाको गठबन्धन.

जनकपुर, मधेश प्रदेशमा राष्ट्रियसभा निर्वाचनका लागि नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले गठबन्धन गरेका छन्। एमाले र लोसपाले संयुक्त रुपमा बिहीबार पत्रकार सम्मेलन आयोजना गरी राष्ट्रियसभा निर्वाचनका लागि गठबन्धन गरिएको जानकारी दिएका हुन्। यी दुई दलबीच महिला समूहको उम्मेदवार लोसपालाई दिने र अन्य समूहको उम्मेदवार एमालेलाई दिने सहमति भएको छ। लोसपाको तर्फबाट अन्य समूहबाट […]

यस्ता छन राष्ट्रियसभा निर्वाचनका लागि अनिवार्य पालना गर्नुपर्ने स्वास्थ्य मापदण्डका २१ बुँदा

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on यस्ता छन राष्ट्रियसभा निर्वाचनका लागि अनिवार्य पालना गर्नुपर्ने स्वास्थ्य मापदण्डका २१ बुँदा.

काठमाडौं, राष्ट्रियसभा निर्वाचनका लागि निर्वाचन आयोगले स्वास्थ्य सुरक्षा मापदण्ड लागू गरेको छ । माघ १२ गते हुन लागेको राष्ट्रियसभा निर्वाचनमा आयोगले मतदाता, कर्मचारी, दलका प्रतिनिधि, उम्मेदवार सुरक्षाकर्मी र स्वयंसेवकलगायतलाई लक्षित गरेर २१ बुँदे स्वास्थ्य सुरक्षा मापदण्ड अनिवार्य गरेको हो । आयोगले जारी गरेको स्वास्थ्य सुरक्षा मापदण्ड अनुसार मतदानस्थल तथा मतदान केन्द्रमा प्रवेश गर्न अनुमति पाएका […]

राष्ट्रियसभा निर्वाचनमा कोरोना सङ्क्रमितले पनि मतदान गर्न पाउने

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, स्वास्थ्य, by . Leave a Comment on राष्ट्रियसभा निर्वाचनमा कोरोना सङ्क्रमितले पनि मतदान गर्न पाउने.

काठमाडौं, राष्ट्रियसभा निर्वाचनमा कोरोना सङ्क्रमित मतदाताले पनि मतदान गर्न पाउने भएका छन् । निर्वाचन आयोगले बुधबार १९ बुँदे स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्ड सार्वजनिक गर्दै यही माघ १२ गते हुन लागेको राष्ट्रियसभा निर्वाचनमा कोरोना सङ्क्रमितले पनि मतदान गर्न पाउने व्यवस्था गरेको हो । आयोगका सहायक प्रवक्ता कोमलप्रसाद धमलाले सङ्क्रमित मतदाताबाट अर्को व्यक्तिलाई नसर्ने गरी छुट्टै बाकसको व्यवस्था […]

राष्ट्रियसभा निर्वाचनका लागि आजदेखि आचारसंहिता लागू

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on राष्ट्रियसभा निर्वाचनका लागि आजदेखि आचारसंहिता लागू.

काठमाडौं। राष्ट्रियसभा निर्वाचनका लागि आजदेखि आचारसंहिता लागू भएको छ। यही माघ १२ गते राष्ट्रिय सभा सदस्यका लागि निर्वाचन हुँदैछ। रिक्त १९ पदका लागि निर्वाचन हुन लागेको हो। १२ दलले निर्वाचनमा भाग लिए पनि मुख्यगरी सत्तागठबन्धनका ५ दल र प्रमुख प्रतिपक्षी नेकपा एमालेका उम्मदेवारबीच प्रतिस्पर्धा हुने देखिएको छ। निर्वाचनका लागि ४३ जना उम्मेदवार मैदानमा छन्। साथै […]

राष्ट्रियसभा निर्वाचनका उम्मेदवारको नामावली आज दिउँसो प्रकाशन हुने

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on राष्ट्रियसभा निर्वाचनका उम्मेदवारको नामावली आज दिउँसो प्रकाशन हुने.

काठमाडौँ – राष्ट्रियसभा सदस्यका लागि मनोनयन पत्र दर्ता गराएका उम्मेदवारहरुको नामावाली आज प्रकाशन हुने भएको छ । निर्वाचन आयोगले उम्मेदवारहरुको मनोनयन पत्र जाँचबुझ गरिसकेर दिउँसो ३ बजे उम्मेदवारहरुको नामावली प्रकाशन गर्ने तयारी गरेको छ। नामावली प्रकाशन भएपछि उम्मेदवारहरुले भोलिसम्म नाम फिर्ता लिन सक्नेछन् । त्यसपछि अन्तिम नामावाली पुस २५ गते सार्वजनिक हुने र चुनाव चिन्ह […]

प्रदेश १ मा राष्ट्रियसभा निर्वाचनका लागि आठ जनाले गराए उम्मेदवारी दर्ता

Published: in प्रदेश तह, राजनीति, by . Leave a Comment on प्रदेश १ मा राष्ट्रियसभा निर्वाचनका लागि आठ जनाले गराए उम्मेदवारी दर्ता.

विराटनगर, राष्ट्रियसभा सदस्य पदका लागि प्रदेश १ मा नेकपा एमाले, सत्तारुढ गठबन्धन र राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट आठ जनाले उम्मेदवारी दर्ता गराएका छन् । चार वर्षे कार्यअवधि पूरा भएपछि रिक्त हुने राष्ट्रिय सभाका तीन सदस्यका लागि माघ १२ गते निर्वाचन हुँदैछ । मंगलबार सत्तारुढ गठबन्धनका तर्फबाट नेपाली काँग्रेसका गोपाल बस्नेत, एकीकृत समाजवादीकी जयन्ती राई र […]

राष्ट्रियसभा निर्वाचनका लागि आज मनोनयन दर्ता

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on राष्ट्रियसभा निर्वाचनका लागि आज मनोनयन दर्ता.

काठमाडौ, राष्ट्रियसभा निर्वाचनअन्तर्गत आज मनोनयन दर्ता हुँदैछ । १९ पदमा मनोनयन दर्ता हुने भएको हो । प्रदेश राजधानीमा स्थापना गरिएको निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म हुने निर्वाचन आयोगले जनाएको छ । सत्ता नेतृत्व दल नेपाली कांग्रेस, सत्तासीनमध्यकै दल नेकपा (एकीकृत समाजवादी) र प्रमुख विपक्षी दल नेकपा एमालेले उम्मेदवार टुंगो लगाएका […]

राष्ट्रियसभा निर्वाचनका लागि सत्ता गठबन्धनले मिलाए भागबण्डा, एमालेका ८ सिटमा पनि मिलेर लड्ने

Published: (Updated: ) in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on राष्ट्रियसभा निर्वाचनका लागि सत्ता गठबन्धनले मिलाए भागबण्डा, एमालेका ८ सिटमा पनि मिलेर लड्ने.

काठमाडौ, सत्तारुढ पाँच दलीय गठबन्धनले आगामी माघ १२ गतेका लागि तोकिएको राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवारको भागवण्डा मिलाएका छन्। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार बसेको गठबन्धन बैठकले भागवण्डाको टुंगो लगाएको हो। पाँच दलको सहमति अनुसार यसअघि जुन पार्टीबाट निर्वाचित भइ अहिले अहिले खाली भएका छन् ती स्थानमा छ त्यही पार्टीलाई दिएर सघाउने निर्णय भएको छ। सहमति […]