Sajhamanch Archive

राप्रपा अध्यक्ष लिङ्देनले गरे १४ केन्द्रीय सदस्य मनोनित

Published: in प्रदेश तह, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on राप्रपा अध्यक्ष लिङ्देनले गरे १४ केन्द्रीय सदस्य मनोनित.

काठमाडौ, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनले १४ जना केन्द्रीय सदस्य मनोनित गरेका छन् । पार्टी प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले बुधवार विज्ञप्ति जारी गर्दै मनोनित केन्द्रीय सदस्यको नाम सार्वजनिक गरेका छन् । मनोनित हुनेमा लिलादेवी श्रेष्ठ इलाम, विन्दू पौडेल नवलपुर, रेखा थापा काठमाडौं, प्रेक्षा मल्ल धनुषा, मीना झा सर्लाही, सन्तोषी शाही […]

राप्रपाको केन्द्रीय समिति बैठक बस्दै

Published: in प्रदेश तह, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on राप्रपाको केन्द्रीय समिति बैठक बस्दै.

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यसमिति बैठक बुधबारदेखि बस्दै छ। बैठक दिउँसो १ बजे धुम्बाराहीस्थित एसआर ब्यांक्वेटमा तय भएको राप्रपा प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए। बैठकमा समसामयिक राजनीतिक परिस्थितिको समीक्षा, स्थानीय तहको निर्वाचनको तयारी, भावी कार्ययोजना र विविध विषयमा छलफल हुने उनले बताए। प्रवक्ता श्रेष्ठका अनुसार बैठकमा अध्यक्ष राजेन्द्र लिङ्देनले राजनीतिक, उपाध्यक्ष तथा सचिवालय […]

राप्रपाले बुधबारदेखि बोलायो केन्द्रीय कार्यसमितिको बैठक

Published: in प्रदेश तह, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on राप्रपाले बुधबारदेखि बोलायो केन्द्रीय कार्यसमितिको बैठक.

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्यसमितिको बैठक यही फागुन १८ र १९ गते काठमाडौँमा बस्ने भएको छ। उक्त बैठक बस्नु अगाडि बुधबार नै पदाधिकारी बैठक बोलाइएको छ। बैठकमा समसामयिक राजनीतिक घटनाक्रम, देशभर संगठन विस्तारको अवस्था, नेताहरूको व्यवस्थापनका साथै कार्य विभाजन, आसन्न स्थानीय तहको निर्वाचनमा कसरी पार्टीलाई सफल बनाउनेलगायत विषयमा छलफल गरिने महामन्त्री भुवन पाठकले […]

राप्रपाले सबै स्थानीय तहमा उम्मेदवारी दिने

Published: in राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on राप्रपाले सबै स्थानीय तहमा उम्मेदवारी दिने.

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीले आसन्न स्थानीय तहको निर्वाचनमा पार्टीको सम्पूर्ण शक्ति परिचालन गर्ने निर्णय गरेको छ। फागुन मसान्तभित्र स्थानीय चुनावका लागि उम्मेदवार छनोट गर्ने निर्णयसमेत पार्टीले गरेको छ। आज बसेको पदाधिकारी बैठकले सो निर्णय लिएको हो। बैठकमा महामन्त्री तथा स्थानीय तह निर्वाचन परिचालन समितिका संयोजक भुवन पाठकले निर्वाचन विशेष कार्ययोजना प्रस्तुत गरेका थिए। राप्रपाले फागुन […]

राप्रपाले निर्वाचन आयोगको निर्णयमा कानूनी र राजनीतिक उपचार खोज्ने

Published: in राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on राप्रपाले निर्वाचन आयोगको निर्णयमा कानूनी र राजनीतिक उपचार खोज्ने.

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को पदाधिकारी बैठकले हिन्दू राष्ट्र, राजसंस्था, पार्टीको झण्डालगायत विषयमा निर्वाचन आयोगले उठाएको प्रश्न संविधानको मर्म र भावना विपरीत रहेको ठहर गरेको छ। बैठकपछि जारी विज्ञप्तिमा आयोगको उक्त निर्णय पूर्वाग्रही भएको भन्दै कानूनी र राजनीतिक उपचार खोज्ने बताएको छ। यसबारे उपयुक्त समयमा आयोगलाई जवाफ दिने निर्णय पनि बैठकले गरेको छ। राजेन्द्र लिङ्देनको […]

राप्रपा अध्यक्ष लिङ्देनद्वारा ३१ जना केन्द्रीय समितिमा मनोनित

Published: in राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on राप्रपा अध्यक्ष लिङ्देनद्वारा ३१ जना केन्द्रीय समितिमा मनोनित.

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीमा ३१ जना केन्द्रीय समितिमा मनोनित भएका छन्। पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले मंगलबार दिपक बोहोरासहित ३१ जनालाई विधान बमोजिम केन्द्रीय कार्यसमितिमा मनोनयन गरेको उल्लेख गरेका छन्। यसअघि सम्पन्न महाधिवेशनमा केन्द्रीय सदस्यमा विभिन्न क्लस्टरबाट १३९ जना निर्वाचित भएका थिए। को- को भए मनोनित ?

राप्रपाको कुन पदमा कति मतसहित को विजयी?

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on राप्रपाको कुन पदमा कति मतसहित को विजयी?.

काठमाडौं, राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको अध्यक्षमा राजेन्द्र लिङ्देन विजयी भएका छन्। अध्यक्षका अर्का प्रत्यासी कमल थापालाई २२७ मतान्तरले पराजित गर्दै लिङ्देन राप्रपाको अध्यक्ष बनेका हुन्। लिङ्देन १८४४ मतका साथ विजयी भएका छन्। थापाले १६१७ मत पाए। ४३१ मत बदर भएको छ। राप्रपाको उपाध्यक्षमा विक्रम पाण्डे विजयी भएका छन्। पार्टीको खुल्ला उपाध्यक्षका उम्मेदवार पाण्डे सर्वाधिक मतका […]

राप्रपा महाधिवेशन : नयाँ नेतृत्वका लागि आज मतदान

Published: (Updated: ) in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on राप्रपा महाधिवेशन : नयाँ नेतृत्वका लागि आज मतदान.

काठमाडौं, राष्ट्रिय प्रजातन्त्र पार्टीको नयाँ नेतृत्वका लागि आज शनिबार निर्वाचन हुँदैछ। भृकुटिमण्डपमा जारी महाधिवेशनमा अध्यक्ष, चार उपाध्यक्ष, तीन महामन्त्री र १४१ जना केन्द्रीय सदस्यका लागि बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुन लागेको हो। अध्यक्षका लागि नेताद्वय कमल थापा र राजेन्द्र लिङ्देनबीच प्रतिस्पर्धा हुनेछ । उनीहरुले प्यानल नै खडा गरेका छन्। उपाध्यक्षमा नौजना, महामन्त्रीमा ६ […]