काठमाडौं– नियम विपरीत काम गरेको भन्दै नेपाल राष्ट्र बैंकले १४ वाणिज्य बैंकलाई कारबाही गरेको छ। राष्ट्र बैंकको बैंक सुपरीवेक्षण विभागले पुस मसान्तसम्ममा १४ वटा वाणिज्य बैंकलाई कारबाही गरेको छ। कारबाहीमा पर्नेमा नेपाल बैंक, बाणिज्य बैंक, प्रभु बैंक, नबिल बैंक, हिमालयन बैंक, नेपाल एसबीआई र नेपाल बंगलादेश बैंक रहेका छन्। यसैगरी, एनसीसी बैंक, सिटिजन्स बैंक, सनराइज […]
काठमाडौं- नेपाल राष्ट्र बैंकले घर र गाडी खरिदमा दिइने ऋणमा कडाइ गरेको छ। मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाबाट गरिएको नयाँ व्यवस्थाअनुसार जोखिम भारमा पुनरावलोकन गरेको छ। घर गाडी खरिदका दिइने ऋण, व्यक्तिगत ऋणमा जाने ऋणको जोखिम भार बढाउँदै कडाइ गरिएको छ। व्यक्तिगत ऋण, घर गाडी किन्नका लागि दिइने ऋणको जोखिम भार १५० प्रतिशत पुर्याइएको छ। यस्तो […]
काठमाण्डौ । बैंक तथा वित्तीय संस्थाहरुले तलबी खातामा अधिकतम ५ लाख रुपैयाँसम्म विद्युतीय कर्जा प्रवाह गर्न पाउने सीमा तोकिएको छ। नेपाल राष्ट्र बैंकले विद्युतीय माध्यमबाट प्रवाह हुने कर्जासम्बन्धी मार्गदर्शन, २०७८ मा यस्तो सीमा तोकिएको छ। नयाँ व्यवस्थाबमोजिम बैंक तथा वित्तीय संस्थाहरुले तलबी खाता रहेका वा पेसागत तथा व्यावसायिक आय जम्मा हुने खाता रहेका ग्राहकको हकमा […]
काठमाडौं। बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति ७।२ महिनाको वस्तु आयात र ६।६ महिनाको वस्तु तथा सेवा आयात धान्न मात्र पर्याप्त रहेको कहालीलाग्दो रिपोर्ट सार्वजनिक गरेकै दिन नेपाल राष्ट्र बैंकले थप ४७ बस्तुको आयातमा कडाइ गरेको छ। केन्द्रीय बैंकले विदेशी विनिमय९नियमित गर्ने० ऐन २०१९ को दफा १२ ले दिएको अधिकार प्रयोग गरी केन्द्रीय बैंकले थप […]
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले क्रिप्टोकरेन्सको कारोबारमा संलग्न नहुन पुनः आह्वान गरेको छ। राष्ट्र बैंकको गभर्नरको कार्यालयले आज क्रिप्टोकरेन्सी तथा नेटवर्किङ मार्केटिङ सम्बन्धमा सर्वसाधारणका लागि जनचेतनामूलक तथा वित्तीय साक्षरतासम्बन्धी सामग्री प्रकाशित गर्दै यस्तो आह्वान गरेको हो। छोटो अवधिमै उच्च प्रतिफल पाउने प्रलोभनमा परी क्रिप्टोकरेन्सीको प्रयोग, यससँग सम्बन्धित लगानी र नेटवर्किङ मार्केटिङ व्यवसायमा आबद्ध हुँदा आफ्नो […]
काठमाडौं- नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरूसँग रु सात लाख वा सोभन्दा बढी नगदमा भएका कारोबारहरूको सम्पूर्ण विवरण उपलब्ध गराउन पत्राचार गरेको छ। केन्द्रीय बैंकले ‘क’ वर्गका सबै बैंकलाई एक साताभित्र कारोबार गर्नेको नाम, खाता नम्बर, कारोबारको मिति र टिप्पणीसहित बैंक सुपरीवेक्षण विभागलाई विवरण उपलब्ध गराउन गत मङ्गलबार पत्राचार गरेको हो। विभागका निर्देशक रोशनकुमार सिग्देलले वाणिज्य […]