Sajhamanch Archive

मेचीनगरमा कालाजारको रोगी फेला, कालाजार प्रभावित क्षेत्रमा औषधि छर्किने अभियान सञ्चालन

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, स्थानीय तह, स्वास्थ्य, by . Leave a Comment on मेचीनगरमा कालाजारको रोगी फेला, कालाजार प्रभावित क्षेत्रमा औषधि छर्किने अभियान सञ्चालन.

झापा । झापाको मेचीनगर—१५ मा कालाजारको नयाँ रोगी फेला परेका छन् । वैभव टि स्टेट आसपास स्थानीय ४० वर्षीय कमलेश मर्डीमा कालाजार भेटिएको मेचीनगर नगरपालिकाको स्वास्थ्य शाखाले पुष्टि गरेको छ । मर्डीको मेची अञ्चल अस्पताल भद्रपुरमा उपचार भएको बताइएको छ । यस्ता रोगीको सरकारले निःशुल्क उपचार गर्ने गरेको छ । अस्पताल भर्ना गरी उपचार गर्नुपरेमा […]

काँकरभिट्टाबाट धेरै विदेशी नेपाल छिरे, राजश्व बढ्यो

Published: (Updated: ) in मुख्य समाचार, विविधा, by . Leave a Comment on काँकरभिट्टाबाट धेरै विदेशी नेपाल छिरे, राजश्व बढ्यो.

मेचीनगर । अध्यगमन कार्यालय काँकरभिट्टाले आर्थिक वर्ष २०७५/०७६ मा कूल एक करोड १९ लाख ५० हजार २१२ रुपैयाँ राजस्व संकलन गरेको जनाएको छ । पूर्वी नाका भएर पैदलमार्ग हुँदै नेपाल घुम्न आउने विदेशीको संख्या बढेसँगै राजश्वमा समेत उल्लेख्य वृद्घि भएको हो । नेपाल घुम्न आउने विदेशीलाई आगमन अनुमति पत्र (भिजा) जारी गरेवापत कार्यालयले उक्त रकम […]

‘वेभमा आधारित ढुवानी प्रणाली’ श्रावणदेखि लागु हुँदै

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, by . Leave a Comment on ‘वेभमा आधारित ढुवानी प्रणाली’ श्रावणदेखि लागु हुँदै.

काँकरभिट्टा । आगामी आर्थिक वर्ष २०७६।०७७ देखि सरकारले अनिवार्यरुपमा लागू गर्न लागेको ‘वेभमा आधारित ढुवानी प्रणाली’का विषयमा विहीबार झापाको मेचीनगरमा जानकारीमुलक कार्यक्रम सम्पन्न भएको छ । साउन १ गतेदेखि लागू हुने ‘वेभमा आधारित ढुवानी प्रणाली’का बारेमा सरोकारवालाहरुसँग छलफल भएको थियो । असार मसान्तसम्ममा निर्यातकर्ताहरुले यो प्रणाली प्रयोग गरेर साउनबाट लागु गर्नुपर्ने सरकारी अधिकारीहरुले बताएका छन् […]

विषादीको अवशेष परीक्षण हुन थालेपछि पूर्वी नाकाबाट भित्रिने हरियो तरकारीमा कमि

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, by . Leave a Comment on विषादीको अवशेष परीक्षण हुन थालेपछि पूर्वी नाकाबाट भित्रिने हरियो तरकारीमा कमि.

काँकरभिट्टा । दुईसातादेखि पूर्वीनाका हुँदै भारतबाट आयात हुने हरियो तरकारीमा कमि आएको छ । २ असारमा उद्योग तथा बाणिज्य तथा आपूर्ति मन्त्रालयले नेपाल राजपत्रमा सूचना प्रकाशित गरी ताजा तरकारी तथा फलफूल पैठारी गर्दा सम्बन्धित भन्सार विन्दुमा क्वारेन्टाइन र जीवनाशक विषादीको अवशेष परीक्षण अनिवार्य रुपमा गरेर मात्र आयात गर्नुपर्ने व्यवस्था गरेपछि यो नाकाबाट तरकारीको आयात शुन्य […]

सुधार गृहदेखि विश्वको सर्वाेच्च शिखर सगरमाथासम्मको वाङ्दाको यात्रा

Published: (Updated: ) in मुख्य समाचार, लोकप्रिय, समाज, by . Leave a Comment on सुधार गृहदेखि विश्वको सर्वाेच्च शिखर सगरमाथासम्मको वाङ्दाको यात्रा.

काँकरभिट्टा । ३६ वर्षीय वाङ्दा शेर्पाको परिचय यतिखेर सर्लक्कै फेरिएको छ । कुनै बेला लागुऔषधको कुलतमा थिए उनी । त्यसवेला समाजले उनीप्रति हेर्ने दृष्टिकोण कहिल्यै सकरात्मक बनेन् । समाजमा राम्रा राम्रा काम गरेर यो लागुऔषधको कुलतमा फसेर विगारेको आफ्नो परिचय बद्ल्न चाहान्थे शेर्पा । तर समाजले उनको यो कुरालाई कहिल्यै पत्याएन् । यस कुराले कहिले […]

फरक शैलीमा धान दिवस, जहाँ असारे गीत र कविता गुञ्जियो

Published: (Updated: ) in मुख्य समाचार, शिक्षा, समाज, by . Leave a Comment on फरक शैलीमा धान दिवस, जहाँ असारे गीत र कविता गुञ्जियो.

मेचीनगर । आइतबार कतै वेठी लगाएर धान रोपाई गदैं असार १५ वा राष्ट्रिय धान दिवस मनाइयो त कतै सामुहिकरुपमा धान रोपेर । त्यसदिन के नेता के अभिनेता सवै धान रोप्न र हिलो छयापाछयाप गर्न व्यस्त थिए । कृषकहरुले अवश्य धान रोप्ने ने भए । जताततै यसरी असार १५ वा राष्ट्रिय धान दिवस मनाइरहँदा झापाको मेचीनगरमा […]

नेपाल–भारत सीमानाकामा क्वारेन्टाइनको कन्तविजोकः प्रयोगशाला छ, छैनन् प्राविधिक

Published: in अर्थतन्त्र, राष्ट्रिय समाचार, स्वास्थ्य, by . Leave a Comment on नेपाल–भारत सीमानाकामा क्वारेन्टाइनको कन्तविजोकः प्रयोगशाला छ, छैनन् प्राविधिक.

मेचीनगर । तरकारी र फलफूलमा अनिवार्य विषादी अवशेष परीक्षणको व्यवस्था गरिएपछि यतिखेर तरकारी र फलफूल बोकेका मालबाहक ट्रक देशका विभिन्न भन्सार परिसरमा थन्किएका छन् । नयाँ व्यवस्थाले तरकारी तथा फलफूल आयातकर्ताले विषादीरहित प्रमाण ल्याएपछि मात्रै भन्सार कार्यालयले सम्बन्धित ठाउँसम्म लैजाने अनुमति दिने नियम बनाएको छ । तर, झापाको काँकरभिट्टामा विषादीको परीक्षण गर्ने प्रयोगशाला विषादी अवशेष […]

दश महिनाको राजस्व नौ महिनामै पूरा, लक्ष्यको तुलनामा २३ लाख रुपैयाँ बढी राजस्व संकलन

Published: (Updated: ) in अर्थतन्त्र, मुख्य समाचार, राष्ट्रिय समाचार, by . Leave a Comment on दश महिनाको राजस्व नौ महिनामै पूरा, लक्ष्यको तुलनामा २३ लाख रुपैयाँ बढी राजस्व संकलन.

झापा । सिमित स्रोत, साधन र जनशक्तिका बावजुत पनि भद्रपुर भन्सार कार्यालय झापाले १० महिनाको लक्षित राजस्व भन्दा बढी नौ महिनामै पुरा गरेको छ । यस अघि मेची भन्सार कार्यालय काँकरभिट्टा अन्तर्गत छोटी भन्सारको रुपमा रहेको भद्रपुर भन्सार कार्यालय ९ महिना अघिमात्र मुख्य भन्सार कार्यालयको रुपमा स्थापित भएको हो । २०७५ भदौ १९ गते अर्थमन्त्री […]

मेचीनगरको चारआली र धुलावारी डेंगुको उच्च जोखिममा

Published: in राष्ट्रिय समाचार, समाज, by . Leave a Comment on मेचीनगरको चारआली र धुलावारी डेंगुको उच्च जोखिममा.

मेचीनगर । झापाको मेचीनगरको चारआली तथा धुलावारी डेंगुको उच्च जोखिममा रहेका छन् । केही दिनदेखि नगरमा डेंगु रोग नियन्त्रणका लागि लामखुट्टेको बासस्थान खोजी नष्ट गर्ने अभियानमा सक्रिय स्वास्थ्यकर्मीहरुको टोलीले यस्तो निष्कर्श निकालेको हो । १३ नम्बर वडाको चारआलीमा अत्याधिकरुपमा रहेका ग्यारेज तथा टायर रिसोलिङ गर्ने ठाउँमा प्रश्स्त लामखुट्टेका लार्भा फेला परेको कारण चारआली डेंगुको उच्च […]

मेचीनगर नगरपालिकाले दियो २ सय ५२ जनालाई रोजगार

Published: in राष्ट्रिय समाचार, स्थानीय तह, by . Leave a Comment on मेचीनगर नगरपालिकाले दियो २ सय ५२ जनालाई रोजगार.

मेचीनगर । मेचीनगर नगरपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत २ सय ५२ जनाले रोजगारी पाएका छन् । रोजगार संयोजक कृपा रेग्मीका अनुसार रोजगारीका लागि नगरभित्रबाट ४ हजार १ सय ६७ वटा आवेदन परेको थियो । जसमा २ सय ५२ जना रोजगार कार्यक्रमको मापदण्ड अनुसार छनोट भएको रोजगार संयोजक रेग्मीले जानकारी दिईन् । नगरपालिका प्रेस संयोजक लक्ष्मी […]