Sajhamanch Archive

स्थानीय तहका न्यायाधिकारीहरु भन्छन् कानूनी ज्ञान र इजलाश नै भएन

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, समाज, स्थानीय तह, by . Leave a Comment on स्थानीय तहका न्यायाधिकारीहरु भन्छन् कानूनी ज्ञान र इजलाश नै भएन.

झापा । स्थानीय तहमा न्यायिक समिति गठन भएसँगै प्रहरीकहाँ पुग्ने मुद्धाको चाप घटेको पाइएको छ । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा १६ को उपदफा ४(ख) मा गाउँपालिकाका उपाध्यक्ष र नगरपालिकाका उपप्रमुखको आठवटा काम, कर्तव्य र अधिकार उल्लेख छन् । जसमा न्यायिक समिति पनि एक हो । उपाध्यक्ष वा उपप्रमुख न्यायिक समितिको संयोजक भई […]

झापामा प्रथम मेचीनगर खेलकुद महोत्सव शुरु, म्याराथनमा अञ्जित दर्जी प्रथम

Published: (Updated: ) in खेलकुद, by . Leave a Comment on झापामा प्रथम मेचीनगर खेलकुद महोत्सव शुरु, म्याराथनमा अञ्जित दर्जी प्रथम.

मेचीनगर । १२ औँ गणतन्त्र दिवसको अवसर पारेर झापाको मेचीनगरमा पहिलो पटक प्रथम मेचीनगर खेलकुद महोत्सव शुरु भएको छ । महोतसव अन्तर्गत बुधबार म्याराथन प्रतियोगिता सम्पन्न भएको हो । मेचीनगर— १२ स्थित चारआली चोकबाट शुरु म्याराथनको नगरप्रमुख विमल आचार्यले विधिवत उद्घाटन गरेका थिए । प्रतियोगतामा पुरुष र महिला सहभागी म्याराथनमा चारआलीदेखि धुलावारीसम्मको ६ किलो मिटरको […]

‘सोई ढोले सोई, किरात राज्य खोई’ !

Published: in टिप्स/जानकारी, समाज, by . Leave a Comment on ‘सोई ढोले सोई, किरात राज्य खोई’ !.

मेचीनगर । किरातहरुको महान चाड येलेदोङ ५०७९ एवम् साकेला उँभौली भूमि पूजा २०७६ र साकेला सिलीको प्रदर्शन जताततै भइरहेको छ । आफ्नै साँस्कृतिक कलाका माध्यमबाट किरात समुदायले प्रदेश १ लाई किरात प्रदेश नामाकरण गर्न माग गरिरहेका छन् । यतिखेर जताततै ढोल र झ्याम्टाको ताल गुञ्जयमान छ । अझ छिलीङ्गको धुनले त सबैलाई एकपटक ननचाई छाड्दैन […]

भारतीय भूमिमा रोकिएका ७३ वटा ट्याङकरहरु नेपाल छिरे

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, by . Leave a Comment on भारतीय भूमिमा रोकिएका ७३ वटा ट्याङकरहरु नेपाल छिरे.

काँकरभिट्टा । अनलाइन माध्यमबाट भन्सार इन्ट्री सिस्टम सुरु भएपछि चार दिनदेखि भारतको पश्चिम बंगलास्थित पानीट्याँकी भन्सारमा रोकिएका तेलवाहक नेपाली ट्याङकरहरु मंगलबार विहानदेखि नेपाल प्रवेश गरेका छन् । यो सँगै केही समयअघि पूर्वमा देखिएको पेट्रोलियम पदार्थको अभाव टरेको छ । मेची भन्सार कार्यालय काँकरभिट्टाका प्रमुख भन्सार अधिकृत टेकबहादुर अर्यालले भारतले पूर्वी नाकाबाट पेट्रोलियम पदार्थ बोकेर नेपाल […]

पूर्वी नाकाबाट दशमहिनामा नौ हजार बढी पर्यटक भित्रिए 

Published: (Updated: ) in राष्ट्रिय समाचार, by . Leave a Comment on पूर्वी नाकाबाट दशमहिनामा नौ हजार बढी पर्यटक भित्रिए .

मेचीनगर । पर्यटकहरुका लागि पर्यटकीय मौसम शुरु भएसँगै यतिखेर नेपालका धार्मिक, ऐतिहासिक र पर्यटकीय क्षेत्रमा आन्तरिक एवम् बाह्य पर्यटकहरुको चहल पहल शुरु भएको छ । अहिले नेपालका यी स्थानमा आन्तरिकमात्र होइन वाह्य पर्यटकको समेत आर्कषण बढेको छ । चालु आर्थिक वर्ष २०७५—२०७६ को दशमहिनामा पूर्वीनाका भएर करीव दशहजार विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन् । […]

काँकरभिट्टाबाट करोड रुपैयाँको जडीबुटी भारततर्फ निर्यात

Published: (Updated: ) in अर्थतन्त्र, राष्ट्रिय समाचार, by . Leave a Comment on काँकरभिट्टाबाट करोड रुपैयाँको जडीबुटी भारततर्फ निर्यात.

मेचीनगर । नेपालका पूर्वी पहाडी जिल्लामा उत्पादित जडीबुटीको माग पछिल्लो समय भारतमा निक्कै बढेको छ । माग बढेसँगै पूर्वीनाकाबाट जडीबुटी निर्यातमा समेत बृद्धि भएको क्षेत्रीय प्लान्ट क्वारेन्टाइन कार्यालय काँकरभिट्टाले जनाएको छ । सो नाका भएर विशेष गरी चिराइतो, रिठ्ठो, पदमचाल, सतवरी, मजेठोजातका नेपाली जडीबुटी भारततर्फ निर्यात हुने गरेको क्वारेन्टाइनका अधिकारीहरु बताउँछन् । चालू आर्थिक वर्ष […]

किरणलाई न्याय माग्दै पूर्वीनाकामा प्रदर्शन

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, by . Leave a Comment on किरणलाई न्याय माग्दै पूर्वीनाकामा प्रदर्शन.

काँकरभिट्टा । बालमैत्री हिरासत कायम र मृतक किरण कार्की डोली दर्जीलाई न्यायको माग गदैं बुधबार पूर्वीनाकामा विद्यार्थीहरुले प्रदर्शन गरेका छन् । मेचीनगर नगर स्तरीय बाल सञ्जालको अगुवाईमा मेचीनगर— ६ स्थित भट्टराई चोकबाट सरकार तिमी कहाँ छौ बालक यहाँ पीडित छ, बालमैत्री हिरासत कायम गर, बाल अधिकारको सुनिश्चित गर, पिडीतलाई न्याय दे, बाल हिसाँ अन्त्य गर, […]

तिब्र गतिमा बन्दै, नेपाल भारत जोड्ने मेची नदीमा ‘मितेरी पुल’

Published: (Updated: ) in राष्ट्रिय समाचार, by . Leave a Comment on तिब्र गतिमा बन्दै, नेपाल भारत जोड्ने मेची नदीमा ‘मितेरी पुल’.

मेचीनगर । दुई वर्ष अघि तत्कालिन प्रधानमन्त्री शेरवहादुर देउवाको पाँचदिने भारत भ्रमणका क्रममा नेपाल भारत जोड्ने मेची नदीमा ‘मितेरी पुल’ निर्माणको सम्झौता भयो । नेपाल र भारतका प्रधानमन्त्रीबीच भएको सहमति पछि भारतले मेची नदीमा २०७४ फागुनदेखि पिल्लर गाड्ने काम शुरु गर्यो । दक्षिण एशियाली उप क्षेत्रीय आर्थिक सहयोग सडक सञ्जाल परियोजना अन्तर्गत एसियाली विकास बैंक […]

महिला जनप्रतिनिधिहरुको गुनासोः पुरुषको तुलनामा काम गर्न गाह्रो, चुनाव जितियो, अधिकार पाइएन

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, by . Leave a Comment on महिला जनप्रतिनिधिहरुको गुनासोः पुरुषको तुलनामा काम गर्न गाह्रो, चुनाव जितियो, अधिकार पाइएन.

मेचीनगर । झापाका स्थानीय तहका महिला जनप्रतिनिधिहरुले पुरुष जनप्रतिनिधिको तुलनामा आफुहरुलाई काम गर्न समस्या भएको दुःखेसो व्यक्त गरेका छन् । उनीहरुले जनताले मत दिएर जिताए पनि अधिकार नपाएको गुनासो गरेका छन् । अधिकार विहीन भएपछि चुनावताका जनतालाई दिएको आश्वसन पुरा गर्न नसकेको भन्दैं चिन्ता समेत व्यक्त गरेका छन् । विहीबार मेचीनगरस्थित नेपाल बहुउद्देश्यीय सहकारी संस्थाको […]

स्थानीयतहमा पर्याप्त रुपमा कानुनी ज्ञान नहुँदा न्याय सम्पादनमा समस्या

Published: in राष्ट्रिय समाचार, by . Leave a Comment on स्थानीयतहमा पर्याप्त रुपमा कानुनी ज्ञान नहुँदा न्याय सम्पादनमा समस्या.

मेचीनगर । झापा जिल्लाका अधिकाँश न्यायिक समितिमा इजलासको व्यवस्था, कानुनी सल्लाहकारको नियुक्ती, कानुन प्रशासक, समितिका संयोजकहरुलाई पर्याप्तरुपमा कानुनी ज्ञान नहुँदा न्याय सम्पादनमा समस्या पैदा भएको छ । यो समस्या जिल्लाका प्रायः सवै स्थानीय तहमा रहेका न्यायिक समितिहरुको साझा हो । नयाँ संविधानले स्थानीय सरकारलाई २२ प्रकारको विशेषाधिकार प्रदान गरेको छ । जसमा न्यायिक समिति पनि […]