Sajhamanch Archive

मोरङ जिल्ला औलोको उच्च जोखिममा

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज, by . Leave a Comment on मोरङ जिल्ला औलोको उच्च जोखिममा.

काँकरभिट्टा । प्रदेश नम्बर १ अन्तर्गतका १४ वटा जिल्ला मध्ये मोरङ औलोको उच्च जोखिममा रहेको एक तथ्याङ्कले देखाएको छ । विहीबार २५ औँ विश्व औलो दिवसका अवसरमा स्वास्थ्य कार्यालय भद्रपुर झापाले मेचीनगरस्थित काँकरभिट्टा स्वास्थ्य केन्द्रमा आयेजना गरेको पत्रकारसँगको अन्तरक्रियामा प्रस्तुत तथ्याङ्कले मोरङ्ग जिल्ला औलोको उच्च जोखिम रहेको देखाएको हो । नेपाल औलो रणनीतिक योजना २०१४—२०२५ […]

मेची भन्सारद्वारा अवैधरुपमा हुने चोरी निकासीमा कडाई

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, by . Leave a Comment on मेची भन्सारद्वारा अवैधरुपमा हुने चोरी निकासीमा कडाई.

मेचीनगर । भन्सार विभागले दिएको राजस्व असुलीको वार्षिक लक्ष्य पुरा नहुने भएपछि मेची भन्सार कार्यालय काँकरभिट्टाले अबैधरुपमा हुने चोरी निकासी नियन्त्रणका लागि गस्ती परिचालन गरेको छ भने, चेकजाचमा समेत कडाई गर्न थालेको छ । यसअघि व्यवसायिकरुपमा आयात भएका थोरै मुल्यका सामानको भन्सार गर्ने काम यात्रुशाखाबाट भएपनि त्यसलाई समेत बन्द गरेर अहिले सवैखाले काम मुख्य भन्सार […]

मेचीनगर गोल्डकप २०७६ः १० टिम सहभागी, विजयीले १० लाख पाउने 

Published: (Updated: ) in खेलकुद, मुख्य समाचार, by . Leave a Comment on मेचीनगर गोल्डकप २०७६ः १० टिम सहभागी, विजयीले १० लाख पाउने .

मेचीनगर । यही वैशाख १२ गतेदेखि हुने मेची नेत्रालय मेचीनगर गोल्डकपको चौथो संस्करण सम्पन्न गर्न मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्यले आग्रह गरेका छन् । गोल्डकपको संरक्षकमा मेचीनगर नगरपालिका रहेको छ । झापाको मेचीनगरमा आज आयोजक संस्था काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरले प्रतियोगिताको तयारीका बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा नगरप्रमुख आचार्यले यस्तो आग्रह गरेका हुन् । […]

धुलाबारी खानेपानीमा नेकपा र नेपाली काँग्रेसको संयुक्त प्यानल, उम्मेद्वारी घोषणा

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, by . Leave a Comment on धुलाबारी खानेपानीमा नेकपा र नेपाली काँग्रेसको संयुक्त प्यानल, उम्मेद्वारी घोषणा.

धुलावारी । संघीय सरकाको नेतृत्व गरिरहेको नेकपा र त्यसको कडा प्रतिपक्षका रुपमा रहेको नेपाली काँग्रेस झापामा भने एक भएर नेतृत्व हुत्तयाउने दाउमा लागेका छन् । यसअघि अन्य दलसँग साँठगाँठ गदैं अस्तित्वको लडाई लड्दैं आएका यी दुई ठुला दल अहिले अन्य साना दललाई एकतातिर पारेर शनिबार हुन गईरहेको धुलावारी खानेपानी उपभोक्ता समितिको निर्वाचनका लागि नेकपा र […]

मेचीनगरका अधिकांश सामुदायिक विद्यालयको अवस्था दयनिय

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, by . Leave a Comment on मेचीनगरका अधिकांश सामुदायिक विद्यालयको अवस्था दयनिय.

मेचीनगर । मेचीनगरका अधिकांश सामुदायिक विद्यालयको अवस्था दयनिय रहेको छ । धेरै विद्यालयमा दरबन्दी अनुसारका विषयगत शिक्षक नहुँदा ज्यादैं ठुलो समस्या व्यहोर्नु परेको विद्यालयको भनाई छ । यो समस्या नगरका हरेक सामुदायिक विद्यालयको साझा हो । कति वटा विद्यालयमा एकजनामात्र माध्यमिक विद्यालयका शिक्षकको दरवन्दी छ । ती शिक्षकले एक्लै विद्यालय धान्नु परेको तीतो याथर्थ स्थानीय […]

मजदुरका माग पुरा गर्ने प्रतिवद्धतासँगै खुल्यो राज स्टेट

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, by . Leave a Comment on मजदुरका माग पुरा गर्ने प्रतिवद्धतासँगै खुल्यो राज स्टेट.

मेचीनगर । दुईसाताअघिदेखि बन्द भएका पूर्वका चिया बगानहरु खुलाउन संघीय र प्रदेश सरकार निष्क्रिय भईरहेका वखत स्थानीय सरकारको पहलमा झापाको मेचीनगर—६ र ७ मा रहेको राज तथा सतिघट्टा टि स्टेटका केही भाग मंगलबारबाट खुलेको छ । मेचीनगर— ६ मा रहेको सतिघट्टा र ७ मा रहेको राज टि स्टेट मंगलबार खुलेका हुन् । सरकारले तोकेको ज्याला […]

प्याज विशेष कार्यक्रम असफल हुँदा करोडौं रुपैयाँ बाहिरियो

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, by . Leave a Comment on प्याज विशेष कार्यक्रम असफल हुँदा करोडौं रुपैयाँ बाहिरियो.

मेचीनगर । आयात घटाउने र निर्यात बृद्धि गर्ने उद्देश्यसहित सरकारले ल्याएको प्याज विशेष कार्यक्रम असफल भएको छ । यसले आत्मनिर्भर अर्थतन्त्रको गफ हाँक्ने सरकारी असफलता पनि प्रष्ट गर्छ । हरेक नेपालीको भान्सामा विहान वेलुका चाहिने प्याजमा मात्र वर्षेनी करोडौं रुपैयाँ विदेशिने गरेको छ । काँकरभिट्टा नाकाबाट मात्रै एक वर्षमा १६ करोड रुपैयाँ बराबरको प्याज नेपाल […]

बगान सञ्चालक र मजदुरबीचको समस्या समाधानका लागि मेचीनगरको पहल

Published: (Updated: ) in राष्ट्रिय समाचार, by . Leave a Comment on बगान सञ्चालक र मजदुरबीचको समस्या समाधानका लागि मेचीनगरको पहल.

मेचीनगर । विगत दश दिनदेखि बन्द रहेका चिया बगान खुलाउन मेचीनगर नगरपालिकाले पहल शुरु गरेको छ । सरकारले तोकेको ज्याला नपाएको भन्दैं मजदुर आन्दोलनमा उत्रिएपछि पूर्वी नेपालका संयौ चिया बगान चैत १७ गतेदेखि ठप्प छन् । श्रम ऐन २०७५, सामाजिक सुरक्षा ऐन २०७५ र नेपाल सरकारले तोकेको चिया श्रमिकहरुको न्यूनतम ३ सय ८५ रुपैयाँ २०७५ […]

नसर्ने रोगहरुका कारण विश्वमा प्रत्येक वर्ष ३ करोड ८० लाख मानिसको मृत्यु

Published: (Updated: ) in स्वास्थ्य, by . Leave a Comment on नसर्ने रोगहरुका कारण विश्वमा प्रत्येक वर्ष ३ करोड ८० लाख मानिसको मृत्यु.

मेचीनगर । नसर्ने रोगहरुका कारण विश्वमा प्रत्येक वर्ष ३ करोड ८० लाख मानिसको मृत्यु हुने गरेको एक तथ्याङ्कले देखाएको छ । आइतबार काँकरभिट्टामा सम्पन्न स्वास्थ्य प्रवद्र्धन मेरो वर्ष अभियान, महामारी, सर्ने नसर्ने रोकथाम प्रजनन तथा बाल वातारण स्वास्थ्य आदि स्वास्थ्य चेतना सम्बन्धि अभिमुखीकरण गोष्ठीमा प्रस्तुत प्रतिवेदन यस्तो देखाएको हो । विश्व स्वास्थ्य संगठनको आधारमा कार्यक्रमका […]

सामाजिक संघ संस्थामा दलिय प्रतिस्पर्धाको अन्त्य गरौः सांसद् कार्की

Published: (Updated: ) in राष्ट्रिय समाचार, by . Leave a Comment on सामाजिक संघ संस्थामा दलिय प्रतिस्पर्धाको अन्त्य गरौः सांसद् कार्की.

धुलावारी । संघीय सांसद सुरेन्द्रकुमार कार्कीले स्थानीय तथा सामाजिक संघ संस्थाको निर्वाचनमा दलिय भागवण्डा वा प्रतिस्पर्धा गर्नु नहुने बताएका छन् । शुक्रबार धुलावारी खानेपानी उपभोक्ता समितिको १८ औँ वार्षिक साधारण सभाको उद्घाटन गदैं आगामी २०७६ बैशाख १४ गते हुन गइरेहको संस्थाको निर्वाचनतर्फ इकिंत गदैं सांसद् कार्कीले भने—‘ अब हामी राष्ट्रिय राजनीतितर्फको निर्वाचनमा दलिय प्रतिस्पर्धा गरौ […]