काठमाडौं । संघीय संसदको पाँचौ दल लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले ३० वैशाखमा हुन लागेको स्थानीय तह निर्वाचनका लागि मंगलबारदेखि प्रशिक्षण कार्यक्रम शुरू गरेको छ। जनकपुरमा आयोजना भएको कार्यक्रममा मधेश प्रदेशका स्थानीय तहका प्रतिनिधि, कार्यकर्ता सहभागी छन्। त्यस्तै, आगामी १० गते वीरगञ्ज, १२ गते भैरहवा र १४ गते नेपालगञ्जमा प्रशिक्षण कार्यक्रम तय भएको छ। स्थानीय […]
काठमाडौं- लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले एमसीसीको पक्षमा मतदान गर्ने भएको छ। बालकुमारीमा जारी पार्टीको बैठकले एमसीसीको पक्षमा मतदान गर्ने निर्णय गरेको नेता केशव झाले जानकारी दिए। महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीले यसअघि नै पक्षमा मतदान गर्ने संकेत गरेको थियो। बुधबार बसेको बैठकले औपचारिक रुपमा निर्णय गरेको हो। लोसपामा रहेका १४ सांसदहरुमध्ये १ निलम्बित छन्।
काठमाडौं । पार्टी बनेको चार महिना पूरा नहुँदै लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा) भित्र विवाद सुरु भएको छ । अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोबीचको विवाद सतहमा देखिएको हो । पार्टी बनेको चार महिना बितिसक्दा पनि लोसपाले केन्द्रीय कार्य समिति बनाउन सकेको छैन । तीन तहको निर्वाचन सुरु हुन केही महिना बाँकी रहँदा केन्द्रीय कार्यकारिणी […]