Sajhamanch Archive

२०७४ मा जस्तै एमाले र माओवादी मिल्ने चिन्ता छ डा.कोइराला

Published: in प्रदेश तह, राजनीति, राष्ट्रिय समाचार, समाज, by . Leave a Comment on २०७४ मा जस्तै एमाले र माओवादी मिल्ने चिन्ता छ डा.कोइराला.

काठमाडौं– नेपाली कांँग्रेसका नेता डा. शेखर कोइरालाले २०७४ सालमा जस्तै नेकपा एमाले र नेकपा माओवादी केन्द्र एक हुनसक्ने चिन्ता रहेको बताएका छन्। मंगलबार कोइराला निवासमा आयोजित चुनावी गीत सार्वजनिकीकरण कार्यक्रममा उनले त्यसतर्फ ध्यान पुर्‍याउनुपर्ने बताए। उनले गठबन्धन केका लागि गर्ने भन्ने प्रष्ट हुनुपर्ने बताए। अरु पार्टीहरुलाई जिताउनका लागि गठबन्धन हो कि ती पार्टीहरुले नेपाली कांँग्रेसलाई […]

एमसीसी टुंगो नलगाए सरकार, गठबन्धन र कांँग्रेसमाथि गम्भीर प्रश्न : नेता कोइराला

Published: in राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on एमसीसी टुंगो नलगाए सरकार, गठबन्धन र कांँग्रेसमाथि गम्भीर प्रश्न : नेता कोइराला.

काठमाडौं- नेपाली कांँग्रेसका नेता शेखर कोइरालाले एमसीसी टुंगो नलगाए सरकार, गठबन्धन र कांग्रेसमाथि गम्भीर प्रश्न खडा हुने बताएका छन्। कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठकमा शुक्रबार नेता कोइरालाले एमसीसी परियोजना अब सहयोग र अनुदानमा मात्रै सिमित नरहेर यो विषय निकै माथी उठिसकेको बताउँदै यसप्रति निकै गम्भीर बन्नु पर्ने परिस्थिति रहेको बताए। ुयो परियोजनासँगै हाम्रो कुटनीतिक कौशलता […]

कांँग्रेस नेता डा.कोइराला एमाले अध्यक्ष ओली भेटन बालकोटमा

Published: (Updated: ) in प्रदेश तह, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on कांँग्रेस नेता डा.कोइराला एमाले अध्यक्ष ओली भेटन बालकोटमा.

काठमाडौं– नेपाली कांँग्रेसका नेता डा। शेखर कोइराला प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी ओलीलाई भेट्न उनको निवास बालकोट पुगेका छन्। कोइराला आज (मंगलबार) साँझ ओली निवास पुगेको ओलीको सचिवालयका एक सदस्यले जानकारी दिएका छन्। दुई नेताबीच पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल भइरहेको बताइएको छ।

आउने निर्वाचनमा गठबन्धन हुँदैन : नेता कोइराला

Published: in राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on आउने निर्वाचनमा गठबन्धन हुँदैन : नेता कोइराला.

काठमाडौं , नेपाली कांँग्रेसका नेता डा. शेखर कोइरालाले आउने निर्वाचनमा कांँग्रेसको कुनै पनि राजनीतिक दलसँग गठबन्धन नहुने बताएका छन्। शनिबार सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले अब हुने स्थानीय, प्रदेश र संघीय निर्वाचनमा कुनै पनि राजनीतिक दलसँग कांँग्रेसको गठबन्धन नहुने स्पष्ट पारेका हुन्। नेता कोइरालाले भने, अब कांँग्रेस एक्लै चुनाव लड्छ। कांँग्रेसका नेता तथा कार्यकर्ताले अबको निर्वाचनमा […]

सभापतिको मनोमानी बढ्दै गए कांँग्रेस दुर्घटनामा पर्ने शेखर कोइरालाको चेतावनी

Published: (Updated: ) in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on सभापतिको मनोमानी बढ्दै गए कांँग्रेस दुर्घटनामा पर्ने शेखर कोइरालाको चेतावनी.

काठमाडौ, नेपाली कांँग्रेसका नेता डा. शेखर कोइरालाले चौधौं महाधिवेशनबाट सभापतिमा निर्वाचित भएपछि पनि शेरबहादुर देउवाले पार्टीमा मनोमानी गर्ने क्रमलाई नरोकेको आरोप लगाएका छन्। सिंहदरबार अगाडिस्थित होटल बसेरामा बिहीबार आयोजित आफ्नो समूहको भेलालाई सम्बोधनका क्रममा उनले देउवाले विधि, सिद्धान्त र नीतिलाई मिचेर अघि बढेकाले पार्टी दुर्घटनामा पर्न सक्ने चेतावनी पनि दिएका छन्। देउवाले आफू इतरका नेता […]

शेखर कोइरालाले बोलाए आफू पक्षीय नेताहरूको बैठक

Published: (Updated: ) in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on शेखर कोइरालाले बोलाए आफू पक्षीय नेताहरूको बैठक.

काठमाडौं – नेपाली कांँग्रेसका नेता शेखर कोइरालाले आफू पक्षीय नेताहरूको बैठक आह्वान गरेका छन्। कांँग्रेसको १४औं महाधिवेशनमा सभापति पदमा शेरबहादुर देउवासँग पराजित भएका नेता कोइरालाले आफूनिकट नेतालाई छलफलका लागि बोलाएका हुन्। महाधिवेशनको विस्तृत रूपमा समीक्षा गर्न कोइरालाले आफ्नो प्यानलबाट पदाधिकारी तथा केन्द्रीय सदस्य उठेका नेताहरूलाई बोलाएको कोइरालाको सचिवालयले जनाएको छ। कोइरालाको सचिवालयका अनुसार आज दिउँसो […]

पौडेलले देउवालाई सघाएको शेखरपक्षको ठहर

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on पौडेलले देउवालाई सघाएको शेखरपक्षको ठहर.

काठमाडौं– नेपाली कांँग्रेसका नेता डा. शेखर कोइरालापक्षले वरिष्ठ नेता रामचन्द्र पौडेलले सभापति शेरबहादुर देउवालाई सघाएको ठहर गरेको छ। मंगलबार अनुपम फुडल्याण्डमा बसेको शेखरपक्षका शीर्ष नेताको बैठकले पौडेलले देउवालाई सघाएको निष्कर्ष निकालेको हो। सभापति देउवाले पहिलो र दोस्रो चरणमा केन्द्रीय समिति सदस्यमा एकलौटी रुपमा मनोनित गरेकोप्रति शेखरपक्षले असन्तुष्टि जनाएको छ। राष्ट्रियसभाको निर्वाचनमा दलबाट बनाइएका उम्मेदवारका विषयमा […]

शेखरले बोलाए आफूनिकट नेताहरूको भेला

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on शेखरले बोलाए आफूनिकट नेताहरूको भेला.

काठमाडौ, नेपाली कांँग्रेसका नेता डा. शेखर कोइरालाले आफूनिकट नेताहरूलाई छलफलका लागि बोलाएका छन् । पार्टीको १४ औं महाधिवेशनमा पदाधिकारीको उम्मेदवार बनेका नेतालाई शेखरले छलफलका लागि बोलाएका हुन् । नेताहरूसँग शेखरले आजै छलफल गर्न लागेको एक नेताले बताए । सभापति शेरबहादुर देउवाले आफू निकट नेताहरूलाई केन्द्रीय सदस्यमा मनोनीत गरेपछि शेखर असन्तुष्ट देखिएका छन् । देउवाले १४ […]

पुस्तातरण र रुपान्तरणको एजेण्डा लिएर महाधिवेशनमा प्रतिस्पर्धा गरें : डा.कोइराला

Published: in राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on पुस्तातरण र रुपान्तरणको एजेण्डा लिएर महाधिवेशनमा प्रतिस्पर्धा गरें : डा.कोइराला.

काठमाडौं । नेपाली कांँग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीको १४ औं महाधिवेशनमा आफूले हारेर पनि जितेको बताएका छन् । शनिबार भएको कोइराला सेवा समाजको २६ औं बार्षिक साधारणसभामा उनले आफू पुस्तातरण र रुपान्तरणको एजेण्डा लिएर महाधिवेशनमा प्रतिस्पर्धा गरेको बताए । आफूले सभापतिमा चुनाव हारेपनि आफ्नो एजेण्डा जितेको भन्दै कोइरालाले भने, ‘कहिलेकाहीँ हारेर पनि जितिँदोरहेछ । […]

शेखरले गरे जिल्ला सभापतिहरुसँग छलफल

Published: in राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on शेखरले गरे जिल्ला सभापतिहरुसँग छलफल.

काठमाडौं ,  नेपाली कांँग्रेसका नेता डा. शेखर कोइरालाले १४ औं महाधिवेशनमा साझा उम्मेदवार तय गर्नेबारे नवनिर्वाचित एवं निवर्तमान जिल्ला सभापतिहरुसँग छलफल गरेका छन् । बसुन्धारास्थित दियालो फुडल्याण्डमा कोइरालाले विभिन्न जिल्लाका सभापतिहरुसँग सभापतिमा आफ्नो दावी, साझा उम्मेदवारको सम्भावना लगायतका विषयमा छलफल गरेको कोइरालाका सहयोगी दिनेशचन्द्र थपलियाले जानकारी दिए । छलफलमा कोइरालाले सभापतिमा साझा उम्मेदवार बनाउन भइरहेका […]