Sajhamanch Archive

निष्पक्ष र भयरहित वातावरणमा चुनाव गराउन सरकार प्रतिबद्ध : प्रधानमन्त्री देउवा

Published: in प्रदेश तह, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on निष्पक्ष र भयरहित वातावरणमा चुनाव गराउन सरकार प्रतिबद्ध : प्रधानमन्त्री देउवा.

विराटनगर- प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहको निर्वाचन स्वच्छ, मर्यादित, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन्। तोकिएकै समयमा निर्वाचन सम्पन्न गराउन सबैको सहयोग र सहकार्य आवश्यक रहेको देउवाको भनाइ थियो। निर्वाचन गराउने काम निर्वाचन आयोगको भएको बताउँदै उनले सरकारले निर्वाचनका लागि आयोगलाई सहयोग गर्ने मात्र भएको बताए। उनले स्थानीय तहले जनताको […]

स्वास्थ्य मापदण्ड अपनाएर फागुपूर्णिमा मनाउन प्रधानमन्त्रीको आग्रह

Published: in राष्ट्रिय समाचार, विविधा, समाज, स्वास्थ्य, by . Leave a Comment on स्वास्थ्य मापदण्ड अपनाएर फागुपूर्णिमा मनाउन प्रधानमन्त्रीको आग्रह.

काठमाडौ, प्रधानमन्त्री शेरबहादुर देउवाले फागुपूर्णिमाको अवसरमा सम्पूर्ण नेपालीमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गरेका छन् । होलीमा खेलिने विविध रङहरूजस्तै नेपाली समाज पनि जातीय, भाषिक र सांस्कृतिकरूपमा विविधतापूर्ण रहेको उल्लेख गर्दै प्रधानमन्त्री देउवाले यही विविधताबीचको एकता नै नेपालीको पहिचान बनेको बताएका छन् । उनले कोभिड–१९ को सङ्क्रमण अझै पूर्णरूपमा नियन्त्रण भइनसकेको अवस्थामा स्वास्थ्यका मापदण्ड […]

सुरक्षा नीति, प्रतिरक्षा नीतिलगायतका नीतिलाई सरकारले कार्यान्वयनमा ल्यायो : प्रधानमन्त्री देउवा

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, by . Leave a Comment on सुरक्षा नीति, प्रतिरक्षा नीतिलगायतका नीतिलाई सरकारले कार्यान्वयनमा ल्यायो : प्रधानमन्त्री देउवा.

काठमाडौ, प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय सुरक्षा नीतिलाई थप सुदृढ बनाउन आवश्यक रहेको बताएका छन् । उनले सरकारले राष्ट्रिय सुरक्षा नीति र यस क्षेत्रको प्रभावकारिताका लागि एकीकृत कार्ययोजना तयार गरी सम्बन्धित मन्त्रालय तथा निकायहरुमा कार्यान्वयनका लागि पठाएको पनि बताए । प्रधानमन्त्री देउवाले राष्ट्रिय सुरक्षा नीतिलाई प्रभावकारी रुपमा कार्यान्वयन गरी राष्ट्रिय सुरक्षा नीति र प्रतिरक्षा नीतिलाई थप […]

प्रधानमन्त्री देउवा कांँग्रेस टोली लिएर लागे ओली निवास बालकोटतिर

Published: in प्रदेश तह, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on प्रधानमन्त्री देउवा कांँग्रेस टोली लिएर लागे ओली निवास बालकोटतिर.

काठमाडौ, प्रधानमन्त्री शेरबहादुर देउवा लामो समयदेखि प्रतिनिधि सभामा जारी प्रमुख प्रतिपक्षी एमालेको अवरोध खुलाउन फेरि एमाले अध्यक्ष केपी ओलीको निवास प्रस्थान गरेका छन्। प्रधानमन्त्री देउवासँगै कांग्रेसका नेता एवं सञ्चारमन्त्री कार्की, कांँग्रेसका उपसभापति पूर्णबहादुर खड्का र महामन्त्री गगनकुमार थापा पनि बालकोट लागेका छन्। गतभदौ २३ गतेदेखि प्रतिनिधिसभामा एमालेले गरिरहेको अवरोध खुलाउन देउवा भक्तपुरको बालकोटस्थित अध्यक्ष ओलीको […]

कांँग्रेस नेतालाई बालुवाटार बोलाए प्रधानमन्त्री देउवाले, एमसीसी बारे छलफल हुने

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on कांँग्रेस नेतालाई बालुवाटार बोलाए प्रधानमन्त्री देउवाले, एमसीसी बारे छलफल हुने.

काठमाडौ, आइतवार प्रतिनिधिसभामा पेश गरिएको अमेरिकी सहायता परियोजना एमसीसीसम्बन्धी विधेयक पास गर्ने रणनीति बनाउन प्रधानमन्त्री शेरबहादुर देउवाले छलफल अघि बढाएका छन्। कांँग्रेस सभापतिसमेत रहेका देउवाले त्यसका लागि सोमबार दिउँसो आन्तरिक छलफल गर्दैछन्। त्यसका लागि उनले सोमबार दिउँसो कांँग्रेस पदाधिकारीसहित शीर्ष नेताहरुलाई बालुवाटार बोलाएका छन्। संसदमा एमसीसी टेबल भए पनि सत्ता साझेदार माओवादी केन्द्र र एकीकृत […]

संविधान निर्माणमा कोइरालाले खेलेको भूमिका प्रेरणादायी : प्रधानमन्त्री देउवा

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on संविधान निर्माणमा कोइरालाले खेलेको भूमिका प्रेरणादायी : प्रधानमन्त्री देउवा.

काठमाडौँ, प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पूर्वप्रधानमन्त्री तथा काँग्रेसका तात्कालीन सभापति सुशील कोेइरालाको सातौँ स्मृति दिवसका अवसरमा उहाँप्रति श्रद्धा सुमन अर्पण गरेका छन् । प्रधानमन्त्री देउवाले आज सामाजिक सञ्जालमार्फत काँग्रेसका पूर्व सभापति कोइरालाप्रति श्रद्धा सुमन अर्पण गर्र्दै स्व. कोइरालाले पार्टीमा पु¥याएको भएको अथक योगदान र संविधान निर्माणमा निर्वाह गर्नुभएको नेतृत्वदायी भूमिका सबैका लागि […]

प्रधानमन्त्री देउवा भेट्न बालुवाटार पुगे माओवादी अध्यक्ष दाहाल र समाजवादी अध्यक्ष नेपाल

Published: (Updated: ) in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on प्रधानमन्त्री देउवा भेट्न बालुवाटार पुगे माओवादी अध्यक्ष दाहाल र समाजवादी अध्यक्ष नेपाल.

काठमाडौं– प्रधानमन्त्री तथा नेपाली कांँग्रेसका सभापति शेरबहादुर देउवासँग सत्ता साझेदार दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले छलफल गरेका छन्। आज बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा तीन नेताबीच छलफल भएको हो। बैठकमा हालै सम्पन्न राष्ट्रियसभाको निर्वाचन तथा यसै वर्ष हुनुपर्ने स्थानीय, प्रदेश र संघीय निर्वाचनबारे छलफल भएको थियो। निर्वाचन […]

प्रधानमन्त्री देउवा सहभागी हुने भनिएको ‘भाइब्रेन्ट गुजरात’ समिट स्थगित

Published: (Updated: ) in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on प्रधानमन्त्री देउवा सहभागी हुने भनिएको ‘भाइब्रेन्ट गुजरात’ समिट स्थगित.

काठमाडौँ, प्रधानमन्त्री शेरबहादुर देउवा उपस्थित हुने भनिएको भारतको ‘भाइब्रेन्ट गुजरात’ समिटको मिति सरेको छ । भारतीय पत्रिका ‘द हिन्दू’का अनुसार कोरोना भाइरस (कोभिड–१९) संक्रमण ह्वात्तै बढेपछि गुजरात सरकारले समिटको मिति सारेको हो । जनवरी १० देखि हुने भनिएको समिटको मिति सरे पनि अर्को मिति भने तोकिएको छैन । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उद्घाटन गर्ने भनिएको […]

निर्वाचनमा गठबन्धनको सरकारले आपसी तालमेल गर्नेछ : प्रधानमन्त्री देउवा

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on निर्वाचनमा गठबन्धनको सरकारले आपसी तालमेल गर्नेछ : प्रधानमन्त्री देउवा.

काठमाडौँ, प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचनमा गठबन्धन सरकारले आपसी तालमेल गर्दै जाने विश्वास व्यक्त गरेका छन् । बुधबार सिंहदरबारमा मन्त्री र सचिवसँगको छलफलमा निर्वाचन निष्पक्ष हुनुपर्नेमा जोड दिँदै प्रधानमन्त्री देउवाले यस्तो विश्वास व्यक्त गरेका हुन् । ‘निर्वाचन आयोगले निर्वाचनको तयारी गरिराखेको छ । निर्वाचनको सम्बन्धमा हामीले आयोगलाई सक्दो सहयोग गर्नुपर्छ । निष्पक्ष निर्वाचन होस् भन्ने हाम्रो […]

पार्टीलाई एकढिक्का बनाउन सबैको सहयोग आवश्यक : प्रधानमन्त्री देउवा

Published: (Updated: ) in प्रदेश तह, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on पार्टीलाई एकढिक्का बनाउन सबैको सहयोग आवश्यक : प्रधानमन्त्री देउवा.

धरान, प्रधानमन्त्री एवं नेपाली कांँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीलाई एकढिक्का बनाउन सबैको सहयोग आवश्यक रहेको बताएका छन् । प्रधानमन्त्री देउवा धरान–२ मा नवनिर्मित नेपाली कांँग्रेसको क्षेत्र नं १ को पार्टी कार्यालय उद्घाटन गरेपछि आयोजित समारोहलाई सम्बोधन गर्दै उनले नेपाली कांँग्रेस पार्टीलाई एकढिक्का बनाएर लैजानुपर्ने र यसका लागि देशैभरिका सबै कार्यकर्ताको सहयोग आवश्यक रहेको बताए । […]