रिस, हामी मान्छे हौं सबैलाई उठ्छ । रिस, प्रत्येक व्यक्तिभित्र हुने एक किसिमको प्राकृतिक उपज हो । त्यसकारण मान्छेलाई रिस उठ्नु स्वभाविक नै हो । रिसले आफैंलाई हानी गर्छ । थाहा पनि छ, थाहा हुँदाहुँदै पनि हामी रिसाउँछौ । कहिले काहीँ हामीलाई बाहिरी कारणले पनि हामी भित्रको रिसलाई जगाइदिन्छ । कहिले काहीँ हामी आफ्नै कारण […]
जिन्दगी सबैको हुन्छ । फरक यत्ति हो कसैको छोटो अनि कसैको लामो । जीन्दगी आफूले चाहेजस्तो अनि सोचेजस्तो पनि हुँदैन । तर मनले सोचेजस्तो र चाहेजस्तो बनाउने कोशिस गर्नु चाहिँ सफल जीन्दगी हो सायद । जब मान्छे उमेरसँगै व्यवहारिक हुँदै जान्छ । जीवन के हो ? भनेर बिस्तारै बुझ्दै जान्छ तब उसलाई धेरै कुराको अभाव […]
विर्तामोड । नेपालीहरुको महानचाड बडादशैं संघारमा नै आइसकेको छ । अघिल्ला वर्षहरुमा यो समयमा गाउँ शहर सबैतिर दशैँको रमझम शुरु भइसक्थ्यो । गाउँघरमा पिङ हाल्नेदेखि घर सरसफाई गर्ने, डेकोरेशन गर्ने, किनमेल लगायतका काममा सबै व्यस्त हुने गर्थे । व्यापार व्यवसायका शिलसिलामा टाढा पुगेका छोराछोरी अनि आफन्तहरु दशैँ मान्न गाउँघर फर्किसक्थे भने कोही फर्कने क्रममा हुन्थे […]
झापा । विश्वभर फैलिएको कोरोना भाइरसका कारण आम मानिसको जनजीवन प्रभावित भएको छ । चीनको वुहानबाट सुरु भएको यो भाइसरले विश्वमा लाखौंको ज्यान लिइसकेको छ । नेपालमा पनि तीन सयभन्दा बढीको मृत्यु भइसकेको छ । यस्तो माहामारीको बेलामा सबैको आम्दानी खुम्चिइरहेको छ । यस्तो सँकटको घडीमा महंगीले झनै समस्या पारिरहेको छ । एकातिर कोरोना अर्काेतिर […]
चीनको वुहान शहरबाट गत डिसेम्बर अन्तिममा देखिएको कोरोना भाइरस (कोभिड–१९)–को माहामारी विश्वभर फैलिइरहेको छ । शक्तिशाली क्षेप्यास्त्र निर्माणमा होडबाजी गरिरहेको आधुनिक युगलाई अदृश्य भाइरसले चुनौती दिइरहेको छ । आठ महिना भयो भाइरसको संक्रमण फैलिएको तर वैज्ञानिकहरुले धेरै प्रयास गर्दा पनि यसको खोप तथा औषधी उत्पादन गर्न सकिरहेका छैनन् । औषधी बनाएको दावी त धेरैतिरबाट भएका […]
तालिम या औपचारिक कार्यक्रमहरुमा म त्यति धेरै जान रुचाउँदिन । बेला मौका मनमिल्दा साथीहरुसँग जानु अलग्गै कुरा हुन्थ्यो । तर आज लागिरहेछ, मैले तालिम, गोष्ठी र कार्यक्रमहरुमा सहभागी हुन रुचि नराख्दा धेरै कुरा गुमाइरहेकी रहेछु । पछिल्लो पटक माघ १९ गते धुलाबारीमा नारी सञ्चार गृह झापाको आयोजनामा भएको कार्यक्रममा जान पनि हाम्रा सम्पादक कै निर्देशन […]
झापा । ऐतिहासिक, धार्मिक तथा पर्यटकीय क्षेत्र झापाको सताक्षीधाममा कात्तिक २७ गतेदेखि सञ्चालित १०८ कुण्डीय कोटिहवन तथा धार्मिक महोत्सव हजारौं श्रद्धालुको उपस्थितिमा निरन्तर भइरहेको छ । पर्यटन वर्ष २०२० का लागि देशका घुम्नयोग्य ठाउँहरुको सूचीमा रहेको सताक्षीधामको प्रबर्धनका लागि सताक्षीधाम धार्मिक महोत्सव आयोजना गरिएको आयोजक समितिका सदस्य महेन्द्र भट्टराई बताउँछन् । २०४२ सालमा झापाको सुरुङ्गा […]
मेचीनगर नगरपालिकाका कार्यपालिका सदस्य निरु परियारको बाल्यकालमा बिहान र बेलुका खानको लागि त्यति दुख नभए पनि विवाह पछिका शुरुवाती दिनहरुमा उति खुसी मिलेन । कक्षा १० मा पढ्दै गर्दा विवाह गरेकी निरुलाई विवाह पछि दुई छाक खान र एकसरो लगाउन निकै धौधौ भएको अझै झल्झली सम्झना आउँछ । त्यतिखेरका दिनमा पेटभर खाना खाएको उनलाई त्यति […]
कृषि पेशामा आश्रित भए पनि नेपाल परिवारको आफ्नै जमिन थिएन । अर्काको अधियाँ खेती गर्दा उब्जिएको र आफ्नो भागमा परेको अन्नले हातमुख जोर्नु पथ्र्यो । तर पनि वर्षभरि पुर्याउन धौधौ हुन्थ्यो । हाल अर्जुनधारा ८ झापामा बसोबास गरी बिर्तामोडको पुरानो भद्रपुररोड किनारको सटरमा सेनिटरी पसल गर्ने रमेश नेपाल (३८)–को बाल्यकाल उति सुखद थिएन । बाल्यवस्थामात्र […]
आज १०९औं अन्तर्राष्ट्रिय नारी दिवस । अन्तर्राष्ट्रिय महिला दिवस अथवा नारी दिवस महिला जागरूकता सम्बन्धी दिवस हो । हरेक वर्ष ८ मार्चमा यो दिवस विश्वभर मनाइन्छ । राजनीतिक तवरबाट शुरु भएको भएता पनि हाल महिला अधिकार, महिला सशक्तिकरण र समानता आदि सवालहरू अन्तराष्ट्रिय महिला दिवसका विषयहरू बन्ने गरेका छन् । यो दिवस सर्वप्रथम १९०९ फेब्रुअरी […]