काठमाडौं, सभामुख अग्निप्रसाद सापकोटाले बोलाउनु भएको सर्वदलीय बैठकमा संसदलाई कसरी सुचारु बनाउने विषयमा छलफल भएको छ । बैठकमा संसदमा नागरिकका जीवनसँग जोडिएका कतिपय विधेयकहरु रहेको र कतिपय राष्ट्रिय महत्वका विषयमा समेत संसदमा छलफल गर्नु पर्ने भएकाले संसदलाई निरन्तर चलाउन विपक्षिहरुसँग छलफल गर्नु पर्ने कुरामा सहमागी नेताहरुले जोड दिनुभएको बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै सभामुख सापकोटाले बताए […]
काठमाडौं, निर्वाचन आयोगको आह्वानमा शुक्रबार बसेको सर्वदलीय बैठक सम्पन्न भएको छ । राष्ट्रियसभा र स्थानीय तहको निर्वाचनका बारेमा छलफल गर्न बसेको बैठक भर्खरै सम्पन्न भएको हो । बैठकपछि पत्रकारसँग कुरा गर्दै एमाले नेता विष्णु रिमालले समयमै स्थानीय तहको निर्वाचन गर्न आयोगलाई आग्रह गरेको जानकारी दिए । ‘राष्ट्रियसभाको निर्वाचन तोकिएकै स्थानमा हुन्छ’, रिमालले भने, स्थानीय तहको […]
काठमाडौ, स्थानीय तहको चुनावबारे छलफल गर्न निर्वाचन आयोगले आज (शुक्रबार) सर्वदलीय बैठक आयोजना गर्दै छ। बैठकमा स्थानीय तहको निर्वाचन कहिले गर्ने भन्ने मिति निर्धारणका साथै आउने माघ १२ गते गर्न लागिएको राष्ट्रिय सभा सदस्य निर्वाचन तथा मतदाता नामावली अद्यावधिक गर्नेबारे छलफल हुने आयोगले जनाएको छ। आयोगका अनुसार बिहान ११ बजेपछि सुरु हुने सर्वदलीय बैठकमा प्रतिनिधि […]
काठमाडौं, प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सर्वदलीय बैठक सुरु भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले सङ्घीय संसदको गतिरोध अन्त्यका लागि बोलाएको सर्वदलीय बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले बाहेकका सबै दलहरु सहभागी भएको प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव भानु देउवाले जानकारी दिए । बैठकमा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल, नेकपा ((एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार […]
काठमाडौ, प्रधानमन्त्री शेरबहादुर देउवाको आह्वानमा आज (आइतबार) सर्वदलीय बैठक बस्ने भएको छ। शनिबार साँझै स्रोतले दिएको जानकारीअनुसार संसद् बैठकमा एमालेले निरन्तर जारी राखेको अवरोध खुलाउने विषयमा छलफल गर्न आज अपराह्न ४ बजे सर्वदलीय बैठक बस्ने भएको हो। बैठकमा आउन प्रधानमन्त्री देउवाले संसदमा प्रतिनिधित्व गर्ने सबै दललाई बोलाएका भए पनि एमालेले भने शनिबारै आफू नआउने बताइसकेको […]