Sajhamanch Archive

बुद्ध आदर्शले स्मारिका प्रकाशन गर्ने

Published: in राष्ट्रिय समाचार by .

बुधबारे । बुद्धशान्ति गाउँपालिकाको जेठो तथा श्रोतकेन्द्र विद्यालयको रुपमा परिचित बुद्ध आदर्श माध्यमिक विद्यालय स्मारिका प्रकाशन गर्ने तयारीमा जुटेको छ ।

विद्यालयले सोमबार पत्रकार सम्मेलन गरी आफ्नो ५८ बर्षे इतिहास समेटेर स्मारिका प्रकाशन गर्ने तयारी गरेको जानकारी गराएको हो ।

स्मारिका प्रकाशनका लागी प्रधानाध्यापकको संयोजकत्वमा २१ सदस्यीय स्मारिका प्रकाशन समिति रहेको छ भने विद्यालयले स्थापना कालदेखि हालसम्मको प्रधानाध्यापकहरुका ९ सल्लाहकार तथा बिभिन्न उपसमिति समेत तयार गरेको सम्मेलनमा जानकारी गराइयो ।

जसमा इतिहास लेखन उपसमितिको संयोजकमा पूर्व प्र.अ गणेश निरौला, तथ्याङक तथा सुचना सङकलन उपसमितिको संयोजकमा पूर्व प्र.अ धनबहादुर श्रेष्ठ, स्वतन्त्र लेखन तथा सङकलन उपसमितिको संयोजकमा सह प्र.अ मुनाराज शेर्मा, समग्र पुस्तकको सम्पादन उपसमितिको संयोजकमा पूर्व शिक्षक बेनुप्रसाद पनेरु, र फोटो ग्राफी अर्थात फोटो सङकलन उपसमितिको संयोजकमा शिक्षक बिष्णुमाया खतिवडा, आर्थिक, प्रचारप्रसार तथा बिज्ञापन उपसमितिको संयोजकमा सल्लाहकार सदस्य केशव सापकोटालाई चयन गरिएको प्रधानाध्यापक कृष्णराज भण्डारीले बताए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मनोरथ तिवारीले पुराना ऐतिहासिक पृष्ठभूमीलाई संकलन गर्ने र सबैलाई समेट्नकै लागी सबैमा जानकारी गराउनका लागी पत्रकार सम्मेलनको आयोजना गरिएको बताए । सम्मेलनमा विद्यालय संग सम्बन्धित जानकारी गराउनुका साथै समुदायमा भएका आम मानिसहरुमा पहँच नभएको ठाउँमा समेत जानकार होस भनी स्मारिका प्रकाशन तयारी रहेको पूर्व प्रधानाध्यापक गणेश निरौलाले बताए ।

विद्यालय संग सम्वन्धित कुुनै संस्मरण तथा लेख रचना, पुराना अभिलेख, सन्दर्भ सामाग्री भएमा समेत विद्यालयका सम्बन्धित व्यक्ति वा सचिवालयमा सम्पर्क राख्न सह प्रधानाध्यापक मुनाराज शर्माले बताए । उनका अनुसार सिर्जनात्मक बिकास लेखन र संस्मरणात्मक लेखलाई बढी महत्वका साथ राखिने जनाएका छन् ।

विद्यालयले प्रकाशन गर्ने स्मारिका करिव एक बर्ष भित्रमा प्रकाशन गर्ने उद्देश्य राखेको छ । जसका लागि पूर्व विद्यार्थी, व्यवसायी, शिक्षप्रेमी, विद्यालय संग सरोकार राख्ने सरोकारवालाहरु संग भएका पुराना विदालयसंग सम्बन्धित तथ्याङक का साथसाथै आर्थिक सहयोगको समेत अपेक्षा रहेको आर्थिक उपसमितिका संयोजक केशव सापकोटाले बताए । आर्थिक सहयोग गर्ने दाताहरुको समेत छुटै दस्ताबेज राखिने जानकारी गराइएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *