Sajhamanch Archive

अर्जुनधारामा गाउँघर क्लिनिक उदघाटन

Published: in राष्ट्रिय समाचार by .

खुदुनाबारी । अर्जुनधारा वडा–६ मा गाउँघर क्लिनिक उदघाटन भएको छ ।

सो वडामा समावेशी टोलमा रहेको गाउँघर क्लिनिकको रिबिन काट्दै अर्जुनधारा नगर प्रमुख हरिकुमार रानाले उदघाटन गरेका हुन् ।

गाउँ घर क्लिनिक उदघाटन गरेपछि नगर प्रमुख रानाले भने– गाउँघर क्लिनिकलाई शहरी स्वास्थ्य केन्द्र स्थापनाका लागि कार्यपालिकाले निर्णय गरी प्रदेश–१ सामाजिक विकास मन्त्रालयमा सिफारिस गरी सकिएको बताए ।

गाउँघर क्लिनिक सञ्चालन समितिका अध्यक्ष डम्बर यादवको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वडा–६ का अध्यक्ष लोकनाथ गौतम, गोमादेवी लुइटेल लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । आर्थिक प्रतिवेदन वाचन मनोरथ पाण्डेले प्रस्तुत गरेका थिए । कार्यक्रममा नवनिर्मित भवन निर्माण गर्ने दाताहरुलाई प्रशंशा पत्रद्धारा सम्मानित भएका थिए ।

कार्यक्रममा नगर सभा सदस्यहरु टुम्मानाथ काफ्ले, अर्जुन मेचे, लक्ष्मी दंगाल महतरा, माया खाँती, अर्जुनधारा स्वास्थ्य चौकी सिनियर अहेव दुर्गा प्रसाद भट्टराई लगायतको आतिथ्यता रहेका थिए । कार्याक्रम संचालन कमल प्रसाद आचार्यले गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *