Sajhamanch Archive

अर्जेन्टिनामा आर्थिक संकट नियन्त्रण गर्न मन्त्रालयको संख्यामा आधा कटौति गरिने

Published: (Updated: ) in राष्ट्रिय समाचार, by .

काठमाडौं । अर्जेन्टिनाले बढ्दो आर्थिक संकट नियन्त्रणका लागि विद्यमान मन्त्रालयको संख्यामा आधा कटौति गर्ने भएको छ ।

खारेज गरिने वा गाभिने मन्त्रालयको सम्बन्धमा भने स्पष्ट नभएको अधिकारीहरुले जनाएका छन् । यसैगरी केही खाद्यान्न र उत्पादनको निर्यातमा कर बढाउने योजनामा पनि सरकारले अघि सारेको छ ।

मुलुकमा आपतकाल जस्तो स्थिति आएकाले अर्जेन्टिनाको मुद्रा पिसो लगातार ओरालो लागेको छ । राष्ट्रपति मारीसियो म्याक्रीले जनताले आम्दानी भन्दा खर्च बढी गर्ने बानी कायम राख्न अब नसक्ने बताए ।

महंगी नियन्त्रण गर्ने सरकारको सुस्त गतिले नतिजा ननिस्केको भन्दै उहाँले यसलाई तिब्रता दिइने प्रतिबद्धता व्यक्त गरे । अर्जेन्टिनाले अन्तर्राष्ट्रिय मुद्रा कोषसँग ५० अर्ब डलर ऋण सहायता माग गरेको छ ।

पछिल्लो समय अमेरिकी डलरको तुलनामा अर्जेन्टिनाको मुद्रामा ४० प्रतिशतले कमी आएको छ । यसले अर्जेन्टिना चरम मुद्रास्फितिबाट गुज्रिएको छ ।

आईएमएफले सन् २०१९ को शुरुमा अर्जेन्टिनाको अर्थव्यवस्था स्थिर हुने अनुमान गरेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *