Sajhamanch Archive

अरिङगालको टोकाइबाट बालिकाको मृत्यु, दुई घाइते

Published: (Updated: ) in राष्ट्रिय समाचार by .

बैतडी । बैतडी जिल्लामा अरिङगालको टोकाइबाट सोमबार एक बालिकाको मृत्यु भएको छ भने दुई घाइते भएका छन् ।

अरिङगालको टोकाइबाट पाटन नगरपालिका–४ चिल्लेपानीका तीन वर्षीया सम्झना लुहारको मृत्यु भएको हो ।

बारीमा मकै भाचिँरहेका बेला उनलाई अरिङ्गालले टोकेको हो । स्थानीयवासी राजेन्द्र विष्टका अनुसार अरिङगालको टोकाइबाट पाँच वर्षीया दीपा लुहार र नौ वर्षीय जगदीश लुहार रहेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *