Sajhamanch Archive

खाना खानेबित्तिकै नगर्नुहोस् यी सात काम, यस्ता छन् कारण

Published: (Updated: ) in स्वास्थ्य by .

खानेबित्तिकै हिँड्नु, चिया पिउनु वा धुम्रपान गर्नु स्वास्थ्यका लागि निकै खतरनाक हुनसक्छ । आउनुहोस्, खाना खानेबित्तिकै के गर्नु खतरनाक हुन्छ भन्नेबारे जानकारी लिऔं ।

१. धुम्रपान नगर्नुहोस्ः

हुन त धुम्रपानस्वास्थ्यका लागि निकै हानिकारक मानिन्छ । त्यसमा पनि खाना खानेबित्तिकै धुम्रपान गर्दा यसको असरमा थप बृद्धि हुन्छ । विशेषज्ञका अनुसार खाना खानेबित्तिकै चुरोट पिउँदा पाचन सम्बन्धी समस्या हुनसक्छ । धेरैलाई खाना खानेबित्तिकै चुरोट पिउन मनलाग्छ तर यसबाट बच्नुपर्ने हुन्छ । खाने खानेबित्तिकै चुरोट पिउँदा ग्यास्ट्रिक र एसिडिटीको समस्या हुनसक्छ ।

२. फलफूल नखानुहोस्ः

यदि खाना खानेबित्तिकै फलफूल खानुहुन्छ भने त्यो पेटमा नै अड्किन्छ र ठिक समयमा आन्द्रामा पुग्न सक्दैन । यसकारण स्वास्थ्यमा समस्या देखिन थाल्छ । खाना पेटमा नै अड्किएपछि त्यो दुषित हुन थाल्छ । त्यसकारण खाना खाएको कम्तीमा एक घण्टासम्म फलफूल नखान सल्लाह दिइन्छ ।

३. बिर्सेर पनि चिया नपिउनुहोस्ः

चियापत्तीमा एसिडको मात्रा अत्यधिक पाइन्छ । यो पदार्थले आहारमा भएको प्रोटिनलाई क्षती पुर्याउने गर्छ जसका कारण खाना पचाउन निकै समस्या हुन्छ । यदि तपाईंलाई चिया पिउनु छ भने खाना खाएको एक घण्टापछि पिउनुहोस् ।

४. बेल्ट खुकुलो नबनाउनुहोस्ः

धेरै मानिसहरु मिठो खानेकुरा देख्नेबित्तिकै आफ्नो बेल्ट खुकुलो बनाउने गर्छन् । धेरै खाने उद्देश्यसहित यसो गर्दा स्वास्थ्यमा नकारात्मक असर पर्ने गर्छ । याद राख्नुहोस्, आफ्नो भोकभन्दा कम खानेकुरा खानुपर्छ ।

५. ननुहाउनुहोस्ः

खाने खानेबित्तिकै ननुहाउनुहोस् । तुरुन्त नुहाउँदा हात, खुट्टा र शरिरमा रगतको प्रवाह बढ्ने गर्छ जसका कारण पेटको चारैतिर रगतको मात्रा कम हुने गर्छ, जुन खाना पचाउनका लािग आवश्यक पर्छ । पाचन क्रिया बलियो बनाउन चाहनुहुन्छ भने खाना खानेबित्तिकै ननुहाउनुहोस् ।

६. नहिँड्नुहोस्ः

हिँड्नु स्वास्थ्यका लागि निकै फाइदाजनक छ तर खाना खानेबित्तिकै हिँड्नु गलत हो । यसो गर्दा एसिड रिफ्लेक्स र अपचको समस्या हुनसक्छ । युनिभर्सिटी आफ साउथ क्यारोलिनाको व्यायाम विज्ञान विभागका शोधकर्ताका अनुसार खाना खाएको आधा घण्टा पछि हिँड्दा मात्र क्यालोरी राम्रोसँग बर्न हुन्छ ।

७. तुरुन्तै नसुत्नुहोस्ः

खाना खानेबित्तिकै सुत्ने मानिसहरुको खाना राम्रो तरिकाले पच्दैन । यस कारण उनीहरुलाई ग्याँस र आन्द्रामा संक्रमणको समस्या पैदा हुने गर्छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *