Sajhamanch Archive

काठमाडौंमा फेला पर्‍यो टाउको चुढिएको शव, शान्ति सुरक्षामा गम्भीर प्रश्न उठ्यो

Published: in राष्ट्रिय समाचार by .

काठमाडौं । काठमाडौंको स्वयम्भुमा टाउको चुडिएको अवस्थामा एक युवकको शव फेला परेको छ । शवलाई आफन्तले लगाएको कपडा हेरेर खनाखत गरेका छन् ।

भदौ १७ गते स्वयम्भुमा फेला परेको शवको टाउको चुडिएको अवस्थामा फेला परेको हो । शव बागलुङ जिल्ला वुर्तिबाङ निवासी २२ वर्षीय संगीत जिसीको रहेको उनको मामा मुकुट रायमाझीले जानकारी दिए ।

९ दिनदेखि बेपत्ता भएका जिसीको शव एकाएक टाउको चुडिएको अवस्थामा फेला परेपछि आफन्तहरू मर्माहत भएका छन् । जिसी अध्ययनका लागि काठमाडौंमा बस्दै आएका थिए ।

जिसीको शवलाई पोस्टमार्टमका लागि त्रिभुवन विश्व विद्यालय शिक्षण अस्पतालमा लगिएको छ । जिसीका आफन्तहरू मंगलबार बिहानै शिक्षण अस्पताल महाराजगञ्जमा जम्मा भएका छन् । उनीहरूले प्रहरीले समयमा खोज्न नसक्दा जिसीको हत्या भएको भन्दै आक्रोश व्यक्त गरेका छन् ।

जिसीका मामा मुकुट रायमाझीले अपहरणपछि हत्या भएको हुन सक्ने आफूहरूले आशंका गरेको बताए । ‘भाञ्जा हराएपछि हामीले प्रहरीलाई खबर गरेका थियौं’, उनले भने, ‘भाञ्जालाई कसैले अहपरण गरेर हत्या गरेको आशंका हामीले गरेका छौँ ।’

जिसीका आफन्तले दोषीलाई पक्राउ गरेर हदैसम्मको कारबाहीको माग गरेका छन् । प्रहरीले शव फेला पारेपछि सनाखतका लागि आफन्तलाई दुई दिन अगाडि भदौ १७ गते खबर गरेको थियो ।

काठमाडौं प्रहरी प्रमुखको जिम्मेवारी एसएसपी बसन्तकुमार लामाले सम्हालेसँगै झन् शान्ति सुरक्षा कमजोर भएको आरोप लागेको छ ।

हत्या, अपहरण, बलात्कारका घटनाहरू बढिरहेका बेला काठमाडौंमा युवकको शव फेला परेको थियो । टाउको चुडिएको अवस्थामा फेला परेको शवले धेरैको मनमा शान्ति सुरक्षालाई लिइर चिन्ता बढाइदिएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *