Sajhamanch Archive

पत्रकार सुब्बासहित दर्जन बढी सम्मानित

Published: (Updated: ) in विविधा by .

दमक । नेपाल निजामति कर्मचारी यूनियन ( संघ ) ले पत्रकार विष्णु सुब्बालाई सम्मान गरेको छ । संघले वर्षेनी वितरण गर्दै आएको सम्मानबाट यसवर्ष  पत्रकार सुब्बा सम्मानित भएका हुन् ।

सुब्बालाई निजामति क्षेत्रमा कलम चलाएवापत यूनियनले दोसल्ला, सम्मान पत्रसहित सम्मानित गरिएको हो । दुई दशकदेखि जिल्लामा क्रियाशील पत्रकार सुब्बा विस.२०५६ सालदेखि राससको जिल्ला स्ट्रिङगरसहित हाम्रो दमक अनलाइन डटकमका सम्पादकका रुपमा कार्यरत छन् ।

भद्रपुरमा मंगलवार एक कार्यक्रम गरि यूनियनले उनीसहित एक दर्जन बढी सेवानिवृत कर्मचारी, उत्कृष्ट कर्मचारी, सामाजिक व्यक्तित्वहरुलाई सम्मान प्रदान गरिएको यूनियनका जिल्ला अध्यक्ष कविन्द्रविक्रम नेम्बाङले बताए ।
त्यसैगरि, कार्यक्रममा उत्कृष्ट व्यक्तित्वका रुपमा रेडक्रस झापाका सभापति लोकराज ढकाल, सामाजिक व्यक्तित्वका रुपमा मञ्जु सिटौला ( पोखे्रल ) सहित उत्कृष्ट कर्मचारीका रुपमा विष्ण प्रसाद नेपाल, सिता सुब्बा, मणिकुमार दाहाल, पूर्णबहादुर मगरलाई सम्मान गरिएको छ । त्यस्तै,यूनियनले सेवानिवृत भएका रिमा पाण्डे, भिमा पाण्डे, शसीविक्रम भट्टराई, पदम न्यौपाने, खड्क कार्की ,पासाङ शेर्पा र कृष्णप्रसाद भट्टराईलाई प्रंशसापत्र प्रदान गरेको थियो ।

उहाँहरुलाई राष्ट्रिय सभामा नेपाली कांग्रेसकी सचेतक सरिता प्रसाई, झापाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल, कांग्रेस झापाका कार्यवाहक सभापति राम कट्टेल,यूनियनका पूर्वाञ्चल संयोजक दिपेन्द्र खत्रीलगायतले संयुक्त रुपमा सम्मान प्रदान गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *