Sajhamanch Archive

अब झापा प्रहरी नयाँ अभियानमा :एसपी ढकाल

Published: in विविधा, समाज by .

बिर्तामोड । झापा प्रहरीले अपराध नियन्त्रण गर्न नयाँ कार्यको थालनी गरेको छ ।

आर्थिक तथा वित्तिय कारोवार हुने क्षेत्र तथा विशेष खालमा संङखास्पद भएका क्षेत्रहरुमा प्रहरीको कार्यक्षेत्र बनाएर प्रहरी अगाडि बढेको जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक एसपी भीमप्रसाद ढकालले बताए ।

सोमबार प्रत्रकार सम्मेलनमा बोल्दै ढकालले भाद्र २१ गतेबाट प्ररम्भिक सुरक्षा अभिमुखिकरण अभियानका रुपमा बजार क्षेत्रमा मात्र नभएर टोल टोलमा प्रहरीहरु परिचालन गरी योवनजन्य हिंसा र अन्य अपराधिक घटना घट्न नदिन विशेष सूरक्षा अपनाउँन पनि एसपी ढकालले प्रष्ट पारे ।

टोलटोलमा प्रहरी अभियान सुरु गरेपछि केही अपराध कम भएको भन्दै अब झापा प्रहरी यसमा गम्भिर भएर लागी परेको बताउँदै कुनै पनि अपराध घट्न सक्ने सम्भावना भएका स्थानहरुका बारेमा प्रहरीहरुलाई खबर गर्ने पनि आग्रह गरिएको छ ।

कार्यक्रममा इलाका प्रहरी कार्यलयका प्रहरी उपरीक्षक कूष्ण प्रसाद कोइरालाले सिसि क्यामरा जडान पश्चात अपराधिक कार्य बजार क्षेत्रमा कम भएको भन्दै टोलटोलमा जडान गर्ने प्रहरी लागि परेको प्रष्ट पारेका छन ।

त्यस्तै जिल्ला ट्राफिक प्रहरी कार्यलय प्रमुख राईले दुर्घटना न्यूनिकरणका ट्राफिक प्रहरीले गरेका कार्य तथा जोखिमका बारेमा प्रष्ट पारेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *