Sajhamanch Archive

पार्टी एकता र सरकारको कामबारे समीक्षा

Published: in राजनीति by .

काठमाडौं ।  प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ ।

बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा पार्टी एकता र सरकारको कामबारे समीक्षा भएको छ । तल्लो तहको पार्टी एकतालाई छिटै टुंगोमा पुर्याउने र सरकारको काम प्रभावकारी बनाउनेबारे दुई अध्यक्षबीच छलफल भएको प्रधानमन्त्री निकट स्रोतले जनाएको छ ।

यसअघि मंगलबार बेलुकी पनि उहाँहरुबीच भेटवार्ता भएको थियो । नेकपाले प्रभावकारी काम गर्न नसक्ने आफ्ना मन्त्री हेरफेर गर्ने तयारी पनि गरेको छ ।

सरकारको काम प्रभावकारी हुन नसकेको गुनासो बढिरहेको बेला कार्यसम्पादन राम्रो गर्न नसक्ने मन्त्रीहरु हेरफेर गर्ने तयारी भएको हो । दुई अध्यक्षबीचको छलफलमा यसबारे पनि कुरा भएको बुझिएको छ ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *