Sajhamanch Archive

अपराधिक कार्य रोक्न हरेक समुदाय जिम्मेवारी पूर्वक लाग्नुपर्नेः मन्त्री घिमिरे

Published: (Updated: ) in विविधा by .

मेचीनगर । मानव बेचबिखन रोक्न कसैको एक्लो प्रयासले मात्र सम्भव नहुने प्रदेश नम्बर १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले बताएका छन् ।

बुधबार झापाको काँकरभिट्टामा सामाजिक विकास मन्त्रालय प्रदेश नम्बर १ र मेचीनगर नगरपालिकाले मानव ओसार पसार विरुद्धको १२ औँ राष्ट्रिय दिवसका अवसरमा ‘संघीयताको महत्वपूर्ण सारः मानव बेचविखनका लागि जिम्मेवार र सहकार्य सहित गरौ खवरदारी’ भन्ने मुल नारासहित संयुक्तरुपमा आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री घिमिरेले आपराधिक कार्य रोक्न हरेक समुदाय जिम्मेवारी पूर्वक लाग्नुपर्ने बताए ।

पछिल्लो समय वैदेशिक रोजगार मानव बेचबिखनको मुख्य कारण भएको भन्र्दै मन्त्री घिमिरेले यसलाई अब समाजले प्रोत्साहन नभई हत्तोतसाहित गर्नुपर्ने बताए । अब सामाजिक चेतना ल्याउनुपर्ने भन्र्दै डीभी र पीआर पर्यो भन्र्दै विदेशिनेलाई समेत समाजले नकरात्मक दृष्णिकोणले हेर्नुपर्ने  उहाँको भनाई थियो । प्रदेश सभा सदस्य श्रीप्रसाद मैनालीले प्रहरी प्रशासन पनि यसलाई रोक्न चनाखो रुपमा लागि परेको भन्र्दै अब यस्ता चेतनामुलक कार्यक्रम शहरभन्दा पनि ग्रामीणक्षेत्र केन्द्रित हुनुपर्ने उनले बताए ।

कार्यक्रममा माइती नेपालका पूर्वाञ्चल संयोजक गोविन्द घिमिरेले मानव बेचबिखन तथा ओसार पसारको अवस्था तथा स्थितीः विषयक कार्यपत्र प्रस्तुत गर्नु भएको थियो भने मन्त्रालयका सचिव ज्ञानराज सुवेदीले बेचबिखनका चूनौती र समाधानका उपायका विषयमा आफ्नो प्रस्तुती दिएका थिए ।

मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्यको सभापतित्वमा भएको कार्यक्रममा उपप्रमुख मिना पोखरेल उप्रेतीले स्वागत गरेकी थिईन । कार्यक्रमको सञ्चालनसामुदायिक विकास अधिकृत अनन्तप्रकाश वस्तीले गरका थिऐ । कार्यक्रमको सहयोगी संस्थाका रुपमा माइती नेपाल रहेको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *