Sajhamanch Archive

दाइजो नपाएको निहुँमा श्रीमतीको हत्या

Published: (Updated: ) in राष्ट्रिय समाचार by .

जनकपुर । दाइजो नपाएको निहुँमा धनुषा माइती भएकी एक महिलाको भारतमा आफ्नै श्रीमानले हत्या गरेका छन् । मागेजति दाइजो नपाएपछि धनुषाकी २० वर्षीया कृति झालाई भारतमा उनको घरमा हत्या गरिएको हो ।

धनुषाको विदेह नपा–८, वैदेही गाउँनिवासी ममता झा र स्व. राजकुमार झाकी छोरी कृतिलाई शनिबार भारतको मधुवनी जिल्लामा पर्ने रहिका गाउँस्थित घरमा पति र सासूले हत्या गरेका हुन । उनीहरूले हत्यापछि शव पोको पारेर पोखरीछेउमा फालेका थिए ।

आइतबार बिहान कृतिको शव गाउँकै पोखरीछेउमा देएिपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । मृतकका श्रीमान रन्धीर मिश्राले शवलाई दाहसंस्कार गर्न खोजेको तर कृतिका दाइ राजीवकुमार झा र अन्य नातेदारले घटनास्थलबाटै शव नियन्त्रणमा लिएको बताइएको छ ।

अहिले मृतक कृतिको शव परीक्षणका लागि सदर अस्पताल मधुवनी पठाइएको छ । शवको प्रकृति हेर्दा कृतिको घाँटी थिचेर हत्या गरिएको देखिएको मृतककी काकाको छोरो अरविन्द झाले बताए ।

घटनापछि सासू रन्जुला मिश्रलाई पक्राउ गरिएको छ । तर, पति रन्धीर भने फरार भएका छन् । कृतिको र रन्धीरको २ वर्षघि मात्रै मागी बिहे भएको थियो । तर, मागेजति दाइजो नपाएको निहुँमा पतिले आफ्नी आमासँग मिलेर पत्नीको हत्या गरे । प्रहरीले घटनाको थप अनुसधान गरिरहेको छ ।

कृतिको ५ महिनाका दुधे छोरा माइतीले जिम्मा लिएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *