Sajhamanch Archive

द एभरेष्ट शाकोसमा पुनः खरेल

Published: in सहकारी by .

दमक । दमक–६ स्थित द एभरेष्ट बचत तथा ऋण सहकारी संस्थाले विभिन्न कार्यक्रमहरु गरि विहिबार आफनो ७ औ वार्षिक साधारणसभा सम्पन्न गरेको छ ।

स्थानीय कस्मिक पार्टी प्यालेशमा एक कार्यक्रम गरि उत्कृष्ट कारोवारी, कर्मचारी तथा पत्रकार पुरस्कृत गरि आफनो बर्षिक साधारणसभा सम्पन्न गरेको हो । त्यस्तै,वन्द सत्रले आगामी वर्षका लागि सञ्चालक तथा लेखा समिति समेत सर्वसम्मत निर्वाचित गरेको छ ।

जिल्ला सहकारी संघका अध्यक्ष गणेश ढकालको प्रमुख आतिथ्यतामा भएको साधारणसभाको उद्घाटन सत्रमा संस्थाका अध्यक्ष दिपक खरेलले सञ्चालक समितिको र लेखा संयोजक ताराप्रसाद अधिकारीले लेखा प्रतिवेदन प्रस्तुत गरेका थिए । दुवै प्रतिवदन वन्द सत्रले सुझाव सहित पारित गरिएको थियो ।

सो अवसरमा संस्थाले उत्कृष्ट कर्मचारीतर्फ वजार प्रतिनिधि कृष्ण निरौला र लेखापाल सरोज फूयललाई नगद,प्रशंसापत्रसहित पुरस्कृत गरेको थियो । त्यस्तै वालबचत तर्फ ८ जना, उत्कृष्ठ कारोवार गर्ने ५४ जना शेयर सदस्यहरुलाई समेत पुरस्कृत गरिएको संस्थाका व्यवस्थापक नवराज वाँस्तोलाले बताए ।

साधारणसभामा प्रमुख अतिथि ढकाल, नगर प्रमुख रोमनाथ ओली, दमक उद्योग वाणिज्य संघका अध्यक्ष राजेन्द्र ढकाल, मेची सहकारीका अध्यक्ष नारायण भट्टराई लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

संस्थाले गएको वर्ष कुल ३३ करोड ७४ लाख ५ हजार २ सय २९ रुपैयाको कारोवार गरेको छ भने त्यस वर्ष ८४ लाख १० हजार ४ सय ४ रुपैया खुद मुनाफा गरेको संस्थाको पारित प्रतिवेदनमा जनाईएको छ । संस्थाले आफना शेयर सदस्यहरुको सुविधाका लागि सुरुङा, केर्खामा सेवा केन्द्र सञ्चालनमा ल्याएको संस्थाका उपाध्यक्ष रोशनकुमार गौतमले जानकारी दिए ।

सञ्चालक समितिमा पुनः खरेल
संस्थाको वन्दसत्रले पुनः खरेलको अध्यक्षतामा ७ सदस्यीय सञ्चालक समिति र राजकुमार न्यौपानेको संयोजकत्वमा तीन सदस्यीय लेखा समिति सर्वसम्मत गठन गरेको छ ।

सञ्चालक समितिको उपाध्यक्ष रोशनकुमार गौतम,सचिवमा ज्ञाननाथ पौडेल,कोषाध्यक्षमा यामजी श्रेष्ठ र सदस्यहरुमा ताराप्रसाद अधिकारी,इन्दिरा काफ्ले र तुलसीराम न्यौपाने रहेका छन् । त्यस्तै लेखा समितिका सदस्यद्धयमा रविन न्यौपाने र जमुना खरेल दुलाल सर्वसम्मत निर्वाचित भएका छन् । संस्थाको निर्वाचन कार्यक्रम अनुसार ७ सदस्यहरुवीच पदाधिकारी वाडफाँड गरिएको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *