Sajhamanch Archive

सुरुङ्गामा अन्तर प्रदेश नक आउट क्रिकेट प्रतियोगिता हुने

Published: (Updated: ) in खेलकुद by .

सुरुङ्गा । आगामी भदौ ३० गतेदेखि असोज ६ गतेसम्म झापाको सुरुङ्गामा प्रथम अन्तरप्रदेश नक आउट क्रिकेट प्रतियोगिता हुने भएको छ ।

स्थानीय कनकाई माविको खेल मैदानमा हुने प्रतियोगिता स्थानीय सचेत युवाक्लव र ह्वाइट वास क्रिकेट क्लवको संयुक्त आयोजनामा हुने पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दिइएको छ ।

प्रतियोगितामा आयोजक टिम सहित , विर्तामोड , विराटनगर , मकवानपुर , दाङ , उदयपुर , भैरहबा र पुर्वाञ्चल क्रिकेट क्लव विराटनगरका टिमले सहभागिता जनाउने आयोजक समितिका अध्यक्ष निमेश ओलीले बताए ।

प्रतियोगितामा प्रथम र दोस्रो हुने टिमले नगद ५१ ह्जार र ३१ हजार पाउने छन भने हरेक दिन उत्कृष्ट खेलाडीलाई २ हजार रुपैँयाको पुरस्कार स्थानीय समाज सेवी प्रविण तिम्सिनाले गर्ने समेत कार्यक्रममा जानकारी गराइएको थियो ।

फाइनलमा विधागत उत्कृष्ट खेलाडीलाई जनही ५ हजारका दरले पुरस्कार दिने निर्णय भएको खेल संयोजक प्रदिप गजमेरले बताए । प्रतियोगिता संचालनका लागि ६लाख रुपैँया लाग्ने र कनकाई नगरपालिकाको मुख्य सहयोग रहने रुद्र गौरी अम्बिका ओली प्रतिष्ठान र टिभिएस मोटरसाइकलबाट प्रथम र द्धितिय पुरस्कार सौजन्य हुने आयोजकले बताएको छ ।

प्रतियोगिता संचालनका लागि विभिन्न उप समिति समेत निर्माण गरिएको छ । प्रतियोगिताले पुर्व क्षेत्रको क्रिकेट खेललाई मद्धत पुग्ने प्रचार समितिका संयोजक लीलाराज झापालीले बताए । केही स्पोन्सरहरुले लगानीको लागि कुरा भइरहेकोले समेत पुरस्कार राशीमा केहि बृद्धि हुनसक्ने आयोजक समितिका हरि कार्कीले जानकारी दिए । पत्रकार सम्मेलन कनकाई सुरुङ्गा प्रेस क्लवका अध्यक्ष राम निरौलाको सभापत्वि तथा सचिव मनोज बस्नेतको संचालनमा भएको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *