Sajhamanch Archive

‘नियतवस मारे मात्र फौजदारी’

Published: in मिडियाबाट साभार by .

काठमाडौं । सर्वोच्च अदालतले उपचारका क्रममा चिकित्सकबाट हुनसक्ने गल्ती तथा लापरबाहीमा कारबाही गर्दा संयम र होशियारी अपनाउन राय दिएको छ।

उपचारमा लापरबाही भएको भन्दै क्षतिपूर्ति दाबीसहित परेको एउटा मुद्दामा अदालतले यस्तो निचोड निकालेको हो। बिरामी मार्ने वा अंगभंग गर्ने नियत राख्ने तथा लापरबाहीका घटनाबाहेक चिकित्सकलाई फौजदारी दायित्व नलाग्ने सर्वोच्च अदालतको व्याख्या छ।

‘फौजदारी आरोप पुष्टि हुने, आरोप लगाइएको चिकित्सक भागिहाल्ने वा उसले प्रमाण लुकाउने वा नष्ट गर्ने अवस्था छैन भने जथाभावी पक्रिने, थुनामा राख्ने काम गर्नु हुँदैन’, फैसलामा भनिएको छ, ‘यस्तो गरिए उसको प्रतिष्ठामा त असर पर्छ नै, अन्य चिकित्सकमा वनि त्रास पैदा गर्छ।’

कान्तिपुर दैनिकबाट ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *