Sajhamanch Archive

छुट्टा-छुट्टै ठाउँमा बेहोस भएर तीन जनाको मृत्यु

Published: in राष्ट्रिय समाचार by .

काठमाडौं। काठमाडौं र बैतडीमा बिहीबार बेहोस भएर ३ जनाको मृत्यु भएको छ । काठमाडौंबाट धादिङ जाने बसमा सवार नुवाकोट कुमारी गाउँपालिका–३ घर भई धादिङ धुनिबेशी गाउँपालिका–४ बस्ने ६५ वर्षीय जयबहादुर तामाङ चन्द्रागिरी नगरपालिका–१२ स्थित सानो मन्दिरमा पुग्दा अचानक बेहोस भएका थिए ।

बेहोस भएको उलनाई उपचारको लागि ओम समाज अस्पताल सतुंगल पठाइएकोे थियो । उनको उपचारको क्रममा मृत्यु भएको हो ।

यसैगरी काठमाडौं महानगरपालिका–९ तिलगंगा स्थित होटल सुनौलो ईनको कोठा नम्बर ४०५ मा बस्दै आएका भारत महाराष्ट्र घर भएका ७४ वर्षीय सुदाकार बाबु वानी होटलमा अचानक बेहोस भएका थिए । उनलार्इ केएमसी अस्पताल सिनामंगल लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।

यस्तै बैतडी पाटन नगरपालिका–६ लामातोला बस्ने ४५ वर्षीय बलदेव अवस्थी पाटन बजारबाट घर फर्कने क्रममा खोडपे भन्ने स्थानमा बेहोस अवस्थामा फेला परेका थिए । उनलाई उपचारको लागि प्राथमिक स्वास्थ्य केन्द्र पाटनमा लगिएको उपचारको क्रममा मृत्यु भएको हो।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *