Sajhamanch Archive

शिक्षा दिवसमा निबन्ध लेखन

Published: in राष्ट्रिय समाचार by .

कमल । ३९ औ राष्ट्रिय शिक्षा दिवसको अवसरमा आज कमल गाउँपालिका भित्र रहेका माध्यमिक विद्यालय स्तरीय निवन्ध लेखन कार्यक्रम सम्पन्न भएको छ ।

“राष्ट्र निर्माणमा विद्यार्थी भुमिका” विषयक निवन्ध लेखन प्रतियोगितामा निहारीका अंग्रेजी विद्यालय कमल २ की छात्रा सृष्टिका भट्टराई प्रथम, शहिद धर्मभक्त माध्यमिक विद्यालय, कमल ३ की छात्रा दिपिका सुवेदी द्वितीय, मुनसुन अग्रेजी माध्यमिक विद्यालय, कमल ७ की पुस्पा रिजाले तृतीय स्थान हासिल गरेका छन् ।

कमल गाउँपालिका शिक्षा शाखाको आयोजनामा भएको कार्यक्रममा विजेता विद्यार्थीलाई शिक्षा विभाग प्रमुख भोलानाथ दाहालले प्रमाण पत्रका साथै पुरस्कार प्रदान गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *