Sajhamanch Archive

शिवसताक्षीको झिलझिलेमा भेट्रान फुटबल प्रतियोगिता हुने

Published: (Updated: ) in खेलकुद by .

दूधे । झापाको झिलझिलेमा वडास्तरीय भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ । समाज सेवी युवा क्लकको आयोजनामा स्व. रुखमाया लिम्बुको स्मृतिमा विजया दशमीको अवसर पारेर प्रतियोगिताको आयोजना गरिएको शनिबार पत्रकार सम्मेलन गरी जानकारी गराइएको हो ।

प्रतियोगिता २०७५ आसोज १७ गतेदेखि २७ गतेसम्म हुने आयोजक समाज सेवी युवा क्लकका अध्यक्ष राजु त्रिखत्रीले जानकारी दिए ।

खेलमा ११ वटै वडाका टिम र १ प्रत्रकारको टिमसहित १२ टिमको सहभागिता रहने अध्यक्ष त्रिखत्रीले बताए ।

प्रतिोगितामा विजेता टिमले ३० हजार नगदसहित ट्रफी प्रमाण पत्र प्रदान गर्ने छन् भने उपविजेता टिमले २० हजार नगद र ट्रफी, प्रमाण पत्र प्राप्त गर्ने जानकारी गराइएको छ । त्यस्तै प्रत्येक खेलको म्यान अफ दी म्याच ५ सय, मेन अफ दी टुर्नामेन्ट १५ सय, वेस्ट गोलकिप्पर १५ सय र वेस्ट डिफ्रन्डर १५ सयसहित ट्रफी प्राप्त गर्ने छन् ।

प्रतियोगिताको प्रथम र दोस्रो पुरस्कार स्व. रुकमाया लिम्बुको परिवारले दिइने आयोजकले जनाएको छ ।

प्रतियोगिता २ लाख ५० हजारमा सम्पन्न गर्ने क्लबका अध्यक्ष राजु त्रिखत्रीले बताए । उनले प्रत्येक वडाबाट ५÷५ हजार र अन्य विभिन्न संघ संस्था, विदेशमा रहेका साथीभाईको सहयोगमा प्रतियोगिता सम्पन्न गर्ने जानकारी दिए ।

खेल गणेशमान अध्ययन प्रतिष्ठनको खेल मैदान शिवसताक्षीको झिलझिलेमा हुने भएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *