Sajhamanch Archive

सहकारीले खुवाएको तिजको दर खाँदा ३ सय बिरामी

Published: in राष्ट्रिय समाचार by .

काभ्रे । काभ्रेको पाँचखाल नगरपालिका–१२ काँसकोटमा तिजको दर खाँदा ३०० जना भन्दा धेरै बिरामी भएका छन् ।

स्थानीय ग्रामीण स्वावलम्बन बहुद्देश्यीय सहकारी संस्था लिमिटेडले आज बिहान तीज विशेष दर खाने कार्यक्रम आयोजना गरी ३ सय जना भन्दा दर खुवाएको थियो ।

विषाक्त खानाका कारण बिरामी भएका उनीहरूलाई स्थानीय मेडिकलमा सामान्य उपचार गरी थप उपचारका लागि धुलिखेल अस्पताल र बनेपामा रहेको शीर मेमोरियल अस्पतालमा ल्याइएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख प्रहरी उपरीक्षक रविराज खड्काका अनुसार विषाक्त खानाबाट बिरामी भएका मध्ये बालबालिका धेरै सिकिस्त छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *