बेगनास तालमा डुङगा पल्टियो ५ जना बेपत्ता
Published:
by .
पोखरा । पोखरा महानगरको लेखनाथस्थित बेगनासतालमा आज डुङगा दुर्घटना भएको छ ।
डुङ्गामा सवार नौजना यात्रुमध्ये ४ जनाको जीवितै उद्धार गरिएको छ भन्ने ५ जना बेपत्ता भएको प्रहरीले जनाएको छ ।
डुङ्गा पल्टिएको खबर पाउने बित्तिकै प्रहरी टोली उद्धारका लागि बेगनास तालमा पुगेको थियो । सोही क्रममा ४ जनाको उद्धार गरिएको हो । अन्यको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।
थप विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
Comments