Sajhamanch Archive

गोपाल गौरी दिगो विकासको तीज कार्यक्रम

Published: in समाज by .

दूधे । शिवसताक्षीको झिलझिले स्थित गोपाल गौरी दिगो विकास प्रतिष्ठन झापा शाखा र सिस्टर हुडको संयुक्त आयोजनामा तीज कार्यक्रम सम्पन्न गरेको छ ।

झिलझिले स्थित किराँत भवनमा ३ सय महिला दिदी बहिनीहरुको उपस्थितिमा शनिबार तीज कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रमकी प्रमुख अतिथि तथा शिवसताक्षी नगरपालिकाकी उपमेयर भोजकुमारी नेपालले महिला दिदीबहिनीहरुलाई तिजको शुभकामना दिएकी थिइन् । उनले तिजलाई संस्कृति परम्पराको संरक्षणको रुपमा मनाउन् पर्ने बताइन् । भड्कििलो तिजलाई निरुसाहित गर्दै आफ्नो अवस्था हेरी सामाजिक मुल्य मान्यतालाई कायम राख्दै मनाउनु पर्नेमा उनले जोड दिइन् ।

संस्थाकी केन्द्रिय अध्यक्ष इन्दिरा गौतमले सबै दिदी बहिनीहरुसँगको आत्मियतालाई अझ उच्च राख्न राख्दै महिला उद्यम कार्यक्रम मार्फत आय आर्जन गर्न प्रेरित गर्ने उद्देश्यले तिज कार्यक्रमको आयोजना गरेको बताइन् । उनले वर्ष दिनसम्म चुला चौकमा दिन विताउने कतिपय दिदीबहिनीहरुलाई सवै कुरा विर्सेर रमाइलो गरेको जानकारी दिइन् ।

संस्थाले कार्यक्रममा उपस्थित दिदी बहिनीहरुलाई ढकने पकाएर खुवाएको थियो भने तिजका गीतमा छम छमी नाचेर दिदी बहिनीहरुले रमाइलो गरेका थिए ।

कार्यक्रममा उद्यमी महिलाहरुले उत्पादन गरेका मोती माला, व्याग, धागो, रानी हार, चुरा, औठी, टप लगायतका विभिन्न डिजाइनका सामाग्रीहरु राखिएका थिए ।

कार्यक्रममा शिवसताक्षी नगरपालिका वडा नं. ८ वडाध्यक्ष केयरसिंह वस्नेत, पशुपति एकाडेमीका चन्द्रप्रसाद खनाल लगायतको उपस्थिति रहेको थियो ।

संस्थाका केन्द्रिय अध्यक्ष इन्दिरा गौतमको अध्यक्षतामा भएको कार्यक्रममा झापा शाखा उपाध्यक्ष भद्रधमी राईले सञ्चालन रहेको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *