Sajhamanch Archive

नारायण गोपाल स्मृति प्रतिष्ठान झापामा पुनः सिवाकोटी

Published: (Updated: ) in समाज by .

विर्तामोड । नारायण गोपाल स्मृति प्रतिष्ठान झापाको शनिबार सम्पन्न प्रथम अधिवेशनले मोहन सिवाकोटीको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति चयन गरेको छ ।

समितिका उपाध्यक्ष भीष्म उप्रेती, सचिव रुद्रप्रसाद सिटौला, सहसचिव नारायण शिवाकोटी र कोषाध्यक्ष पर्शुराम सिटौला रहेका छने भने सदस्यहरुमा श्याम गुरुङ, टीकाराम ढकाल, अर्जुनकुमार पाठक, अम्विका कटुवाल, सुरभी गुरुङ र यशोदा दाहाल भण्डारी रहेका छन् ।

कार्यक्रम उद्घाटन समारोहमा बोल्दै विर्तामोड नगरपालिका, वडा नं. ३ का अध्यक्ष भोजराज सिटौलाले स्वयंसेवी भावनाको कमी हुँदै गएको अवस्थामा प्रतिष्ठानले संगीतको उत्थान र समाज सेवामा अग्रसर भएकोमा खुशी व्यक्त गरे । संगीत, कला र साहित्यको समृद्धिका लागि वडा र नगरपालिका तहबाट आवश्यक सहयोग र साझेदारी गर्ने प्रतिवद्धता समेत उनले व्यक्त गरे ।
प्रगति एवम् कार्यक्रम प्रस्तुत गर्दै कार्यक्रमका अध्यक्ष मोहन सिवाकोटीले नारायण गोपाल स्मृति प्रतिष्ठानको अक्षय कोषमा १३ लाख ४० हजार रुपैयाँ जम्मा भएको र यसलाई बढाउँदै २५ लाख रुपैयाँ पु¥याउने जानकारी दिए । प्रतिष्ठानका कार्यक्रमलाई राष्ट्रिय तहको कार्यक्रमको रुपमा विस्तार गर्ने योजना समेत उनले सुनाए ।

गणेश ओली, उमानाथ ओली, रुद्र सिटौला, लगायतले संस्थाको कार्यक्रमलाई विस्तार गर्दै लैजानुपर्नेमा जोड दिए ।

२०६८ सालदेखि प्रत्येक वर्ष झापामा नारायण गोपाल स्मृति साँझ आयोजना गर्दै आएको प्रतिष्ठानले यस वर्ष काठमाण्डौमा नारायण गोपाल स्मृति साँझ आयोजना गर्ने समेत निर्णय गरेको सचिव रुद्र सिटौलाले जानकारी दिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *