Sajhamanch Archive

तीज कार्यक्रममा अनाथ बालबालिकालाई सहयोग

Published: in राष्ट्रिय समाचार by .

अर्जुनधारा । युवा संघ र वाइसिएल झापाले यस बर्षको तीज अनाथ आश्रममा मनाएका छन ।

अर्जुधारा ६ मा अवस्थित अपाङ्ग वाल शिक्षा सरोकार केन्द्रमा रहेका वालवालिकालाई तीजको दर खुवाउनका साथै उक्त केन्द्रका बालवालिकाको शिक्षा र खानाका लागि नगद २५ हजार समेत नगद सहयोग हस्तानतरण गरिएको वाइसिएल झापाका उपाध्यक्ष कुमार आचार्यले बताए ।

कार्यक्रममा युवा संघका केन्द्रिय सदस्य पर्वत भण्डारी , जिल्ला अध्यक्ष संम्भु भण्डारी, महिला विभाग प्रमुख निरु आचार्य, वाइसिएलका जिल्ला उपाध्यक्ष कुमार आचार्य, महिला विभाग प्रमुख कल्पना मुखिया लगायातको सहभागिता रहेको थियो ।

युवाले उक्त रकम सरोकार केन्द्रका संचालक कृष्ण दुलाललाई हस्तानतरण गरेका थिए । सो वाल सरोकार केन्द्रमा अपाङ्ग र स्कुल जाने उमेरका २० जना वालवालिकालाई संरक्षण गरि राखिएको छ । समाजमा वढ्दो तीजको भड्किलो चलनलाई तोड्दै चाडलाई पनि समाज सुधार र समाज कल्याणमा जोड्न युवा संगठनले यस कार्यक्रमको आयोजना गरिएको युवा संघका केन्द्रिय सदस्य पर्वत भण्डारीले बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *