Sajhamanch Archive

वैदिक बचत तथा ऋण सहकारीको नयाँ कार्य समिति चयन

Published: (Updated: ) in राष्ट्रिय समाचार by .

भद्रपुर । वैदिक बचत तथा ऋण सहकारी संस्था लिमिटेड भद्रपुर १० चन्द्रगढीको तेस्रो अधिवेशनले अरूण बस्नेतको अध्यक्षतामा ११ सदस्यीय नयाँ सञ्चालक समिति गठन गरेको छ ।

आगामी ४ वर्षे कार्यकालका लागि गठित समितिको उपाध्यक्षमा प्रकाश निरौलाा, सचिव द्रोण अधिकारी, सहसचिव अनिता खनाल र कोषाध्यक्षमा डिल्लीराम अधिकारी सर्वसम्मत चयन भएका हुन् । यसैगरी समितिका सदस्यहरूमा क्रमशः गोविन्द खतिवडा, तारा खनाल, सुमित्रा चौधरी, तारा दाहाल, शेखर बुढाथोकी र विदुर ढुंगाना रहेका छन् । त्यस्तै मुरारी न्यौपानेको संयोजकत्वमा ३ सदस्यीय लेखा समिति समेत गठन गरिएको छ । समितिका सदस्यहरूमा कविता नेपाल र रेवन न्यौपाने रहेका छन् ।

अरूण बस्नेतको अध्यक्षता तथा बचत तथा ऋण सहकारी संघका केन्द्रीय सदस्य घनश्याम अधिकारीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा कोषाध्यक्ष मुरारी न्यौपानेले वार्षिक आय व्यय प्रस्तुत गर्दै ३ करोड २९ लाख ४० हजार ७ सय ६३ रुपैयाँको कारोवार सहितको विवरण प्रस्तुत गरेका थिए ।

उपाध्यक्ष कविता नेपालले स्वागत गरेको कार्यक्रममा भद्रपुर १० का वडाध्यक्ष टेकबहादुर खड्का काजी, एकता मूल कृषि सहकारी भद्रपुर ९ का अध्यक्ष भगिरथ नेपाल लगायतले शुभकामना मन्तव्य राखेका थिए । प्रकाश निरौलाले सञ्चालन गरेको कार्यक्रममा उत्कृष्ट ऋण कारोवार सम्मानबाट सुमित्रा चौधरी र उत्कृष्ट बचत कारोवारबाट कमलादेवी सुवेदीलाई सम्मान गरिएको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *