Sajhamanch Archive

चुलाचुलीमा गाउँपालिकामा दर्जन बढी सम्मानित

Published: (Updated: ) in राष्ट्रिय समाचार by .

चुलाचुली । समाजवाद उन्मुख सम्वृद्ध राष्ट्रिय निर्माणको आधार दक्ष जनशक्ति विकास एवं दिगो शैक्षिक पुर्वाधार भन्ने नाराका साथ चुलाचुली गाउँपालिले विभिन्न कार्यक्रम गरी ३९ औ राष्ट्रिय शिक्षा दिवस मनाएको छ ।

चुलाचुली गाउँपालिकाको आयोजनामा सम्पन्न कार्यक्रममा शिक्षा क्षेत्रमा उत्कृष्ट योगदान गर्ने विद्यालय, शिक्षक, विद्यार्थीलाई सम्मान गरिएको थियो ।

सम्मानित हुनेहरुमा विद्यालय व्यवस्थापन समिती अध्यक्ष सेतु प्रकास राई र हिरा श्रेष्ठ शिक्षक अविभावक संघका अध्यक्ष होम प्रसाद फुएल, संदेश राई, वाल शिक्षक खडिमाया श्रेष्ठ, टिकादेवी भट्टराई, र स्काउट शिक्षक खग्रेन्द्र निरौला र रुद्र प्रसाद गिरीलाई सम्मान गरिएको चुलाचुली गाउँपालिकाले जनाएको ।

त्यसैगरी उत्कृष्ट शिक्षकमा शतिस कुमार शाह, अनिता राई, भक्तेश्वरी सापकोटा तथा २०७४ सालको एसईई परिक्षामा सामुदायकि विद्यालयतर्फ उत्कृष्ट नम्वर ल्याएर सफल छात्र सुमन तामाङ्ग, सुजता न्यौपाने, आयुषमा भट्टराई र मुना कार्कीलाई समेत पुरस्कृत गरिएको थियो ।

गाउँपालिकाका अध्यक्ष प्रदिप चन्द्र राईको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि ईलाम क्षेत्र नम्वर २ (ख) का संसद धिरेन शर्मा (रमण), जिल्ला समन्वय समिति सदस्य हेमकला बस्नेत सामाजिक विकास शाखाका रामप्रसाद राई राजनीतिक दलका प्रतिनिधी लगायतले ३९ औ राष्ट्रिय शिक्षा दिवसका बारेमा बोलेका थिए ।

स्रोतव्याक्ति उपेन्द्रप्रसाद सापकोटाले सन्चालन गरेको कार्यक्रममा गाउँपालिकाका शिक्षा शाखा प्रमुख सुर्य न्यौपानेल स्वागत गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *