Sajhamanch Archive

कचनकवल गाउँपालिकाको सभाहलमा तालाबन्दी

Published: in राष्ट्रिय समाचार by .

भद्रपुर । झापाको कचनकवल गाउँपालिकामा प्रर्दशनकारीहरुले तालाबन्दी गरेका छन्।

गाउँपालिकाका अध्यक्ष अञ्जार आलमले बहुमतको आधारमा एकलौटी ढंगबाट दोस्रो गाउँसभा गर्न खोजेपछि आन्दोलित बनेका प्रर्दशनकारीले आइतबार दोस्रो दिन तालाबन्दी गरेको हुन्।

शनिवार गाउँपालिकाका जनप्रतिनिधि बीच गाउँसभामै हातपात भएपछि अध्यक्ष आलमले आइतबार बिहान ८ बजेसम्म सभा स्थगन भएको घोषणा गरेका थिए। आइतबार बिहान पुनः गाउँसभा गर्न खोजपछि असन्तुष्ट पक्षका जनप्रतिनिधि, नेपाल कम्प्युनिष्ट पार्टी (नेकपा) र नेपाली कांग्रेसका कार्यकर्ताहरुले तालाबन्दीसहित विरोध प्रदर्शनमा उत्रिएको कांग्रेसका महासमिति सदस्य भूमिप्रसाद राजवंशीले जानकारी दिए।

वडा नं. ६ स्थित बनियानी बजारमा भेला भएका प्रदर्शनकारीले सडकमा टायर बाल्दै विरोध र्याली निकालेका छन्। र्यालीसहित गएका प्रर्दशनकारीले गाउँसभास्थलमा सूचना टाँस गर्दै तालाबन्दी गरेको छ। माग सम्बोधन नभएसम्म तालालाई जबरजस्ती खोल्न खोजे यसको जवाफदेही सम्बन्धित निकायले लिनुपर्ने नेकपाका नवराज भट्टराईले चेतावनी दिए।

गाउँपालिकामा नेपाल प्रहरी र सशस्त्र प्रहरीको सुरक्षा घेरामा रहेको छ। प्रदर्शनकारीले गाउँपालिकामा ताला लगाउन खोजेपनि प्रहरीले बल प्रयोग गरेर उनीहरुलाई बाटैमा रोकेपछि घटनास्थल तनावग्रस्त बनेको छ। असन्तुष्ट पक्षले विरोध प्रदर्शनलाई जारी राखेका छन्।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *